spot_img

गिष्मकालिन हिल स्टेशनमा थप एड्भेञ्चर कार्यक्रम घोडा सवारको शुरुवात

गिष्मकालिन हिल स्टेशनमा थप एड्भेञ्चर कार्यक्रम घोडा सवारको शुरुवात
गिष्मकालिन हिल स्टेशनको रुपमा विकशित लुम्बिनी केबलकारको टप स्टेशन तिनाउ –३ पाल्पा बशन्तपुरमा एड्भेन्चर कार्यक्रम अन्तरगत पर्यटकहरुलाई घोडा सवार यात्राको शुरुवात गरिएको छ । यस अघि केबलकारको यात्रा गरी टप स्टेशनमा जाने पर्यटक यात्रुहरुलाई लक्षित गरी एड्भेञ्चर कार्यक्रम अन्तरगत जिप लाईन, स्काई साईक्लिङ्ग, कपल स्विङ्ग, जाईन्ट स्विङ्ग, ३६० डिग्री क्यामरा लगायतका एड्भेञ्चर गतिविधि रहेकोमा थप कार्यक्रम अन्तरगत पर्यटक यात्रुहरुलाई घोडा सवार यात्राको शुभारम्भ गरिएको लुम्बिनी केबलकारको अपरेशन म्यानेजर डिएन कायस्थले बताउनु भयो ।


लुम्बिनी केबलकारको बटम स्टेशन बुटवल उपमहानगरपालिका वडा नं.–३ बमघाटमा अवस्थित छ भने टप स्टेशन तिनाउ –३ पाल्पा बशन्तपुर समुद्री सतहबाट १ हजार मिटरको उचाईमा रहेको छ । टप स्टेशन बशन्तपुरको उचाईबाट मनोरम प्राकृतिक दृश्यहरुको दृश्यालोकन गर्न सकिने र मौसम सफा भएको समयमा उत्तरतर्फको अन्नपूर्ण हिम श्रृखला र दक्षीण तर्फ गौतम बुद्धको जन्मस्थल लुम्बिनी एवं तराईको भूभाग हुदै भारत उत्तरप्रदेश सम्मको दृश्यालोकन गर्न सकिने लुम्बिनी केबवलकार लिमिटेडका म्यानेजर प्रज्वल घिमिरेले बताउनु भयो ।


टप स्टेशनको मौसममा विविधता
लुम्बिनी केबलकारको बटम तथा टप स्टेशनको भौगोलिक उचाईको कारण मौसममा समेत विविधता रहेको छ । टप स्टेशन बशन्तपुरमा गिष्मकालिन समयमा बटम स्टेशनको भन्दा १० डिग्री तापक्रम कम हुने गरेको छ । बटम स्टेशनमा ४०–४२ डिग्री तापक्रम हुदाँ टप स्टेशनमा २८–३० डिग्री तापक्रम हुने गर्दछ । बशन्तपुर पहाडको चुचुरोबाट चारैतिरको खुल्ला दृश्यालोकन हरियाली वनजंगल समय –समयमा प्रवाह हुने प्रकृतिको चिसो हावाले शितलताको अनुभुति दिन्छ भने असार, साउन र भाद्र महिनाभर करिब १–२ घण्टाको समयमा घरिघरी कुहिरो लाग्ने र घरिघरी घाम लाग्ने कुहिरो घामको लुकामारीले गिष्मकालिन हिलस्टेशनमा प्रकृतिको आनन्दको अनुभुति गराउने लुम्बिनी केबलकार लिमिटेडले जनाएको छ ।


भारतीय पर्यटकको आर्कषक गनतव्य
पछिल्लो समय लुम्बिनी केबलकार भारतीय पर्यटकहरुको लागि आर्कषक गनतव्य बन्न पुगेको छ । विषेश गरी भारत उत्तर प्रदेशका पर्यटकहरुको मुख्य आर्कषक गन्तव्यको रुपमा लुम्बिनी केबलकार देखा परेको छ । विषेशगरी शनिवार र आईतबार साप्ताहिक बिदाको रुपमा परिवार सहित घुमफिर गर्नका लागि भारतीय पर्यटक लुम्बिनी केबलकारमा आउने गरेको लुम्बिनी केबलकार लिमिटेडमा म्यानेर प्रज्वल घिमिरेले बताउनु भयो ।


राजश्वमा केवलकारको योगदान
उद्योग एवं व्यवशायको बिस्तार संगै राज्यको आम्दानीको स्रोत पनि बढ्ने गर्दछ । पर्यटन उद्योगको रुपमा स्थापित लुम्बिनी केबलकारको सञ्चालन संगै स्थानीय तथा देशको राजश्वमा पनि केबलकारले योगदान पु–याउदै आएको छ । लुम्बिनी केबलकारको प्रति टिकटमा मूल्य अभिवृद्धि करको साथसाथै २ प्रतिशत स्थानीय करको पनि व्यवस्था रहेको छ । उक्त स्थानीय कर मासिक समानुपातिक रुपमा बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकामा बुझाउदै आएको लुम्बिनी केबलकार लिमिटेडले जनाएको छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर