बुटवल तिलोत्तमा नगरपालिका–२ जानकिनगर दुर्गापथ मा रहेको बुटवल वाटर पार्क तथा पार्टी प्यालेस अब नयाँ व्यवस्थापनसहित फेरि सुचारु भएको छ, जसले स्थानीयस्तरमै नयाँ ऊर्जा थपेको छ। युवा व्यवसायी टिका बहादुर क्षेत्रीको व्यक्तिगत लगानी र नेतृत्वमा सञ्चालनमा आएको यो वाटर पार्कले “एउटै छातामुनि सबै सेवा” दिने लक्ष्य लिएको छ।


यस वाटर पार्कमा आधुनिक र अत्यन्तै सुविधा सम्पन्न
Swimming Pools, Wave Pools, Water Slides, Fountains, Family Slides, Kids Pool निर्माण गरिएको छ।

जहाँ बालबालिका देखि वयस्कसम्म सबै उमेर समूहका लागि सुरक्षित र रमाइलो वातावरण तयार गरिएको छ। साथै, हाइजेनिक र गुणस्तरीय सेवा दिने रेस्टुरेन्ट, ब्याडमिन्टन खेलप्रेमीहरूको लागि कवड हल, र विभिन्न कार्यक्रमका लागि व्यवस्थित सेमिनार हल पनि उपलब्ध छन्। यहाँ जन्मदिन, पार्टी, गोष्ठी, सेमिनार जस्ता कार्यक्रमहरू सजिलै आयोजना गर्न सकिन्छ।

विशेषगरी अहिले गर्मी सिजन सुरु भइसकेको अवस्थामा, चिसोपन र मनोरञ्जन खोज्नेहरूका लागि यो वाटर पार्क उत्कृष्ट रोजाइ बन्ने देखिएको छ। नयाँ व्यवस्थापनसँगै यसले केवल मनोरञ्जन मात्र होइन, स्थानीय अर्थतन्त्रमा टेवा पुर्याउने, रोजगारी सिर्जना गर्ने र आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

परिवारसँग खुसीका पलहरू सँगाल्न, साथीहरूसँग रमाइलो गर्न वा सहकर्मीहरूसँग नयाँ ऊर्जा लिन चाहनेहरूका लागि तिलोत्तमा -२ जानकिनगर दुर्गापथ मा रहेको यो वाटर पार्क एक उपयुक्त गन्तव्य बनेको छ।



