मानवअधिकार वर्ष २०२२ पुस्तक प्रकाशनका लागि वार्षिक समीक्षा

बुटवल । नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ का लागि रुपन्देहीमा सङ्कलित घटनाहरूको प्रकाशनपूर्व समीक्षा गरिएको छ । रुपन्देहीको जिल्ला प्रशासन कार्यालयमा सोमबार पुस्तक प्रकाशनका लागि समीक्षा गरिएको हो ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि रीमा बि.सी.ले जिल्लामा सन् २०२२ को जनवरीदेखि डिसेम्बरसम्म अभिलेख गरेका घटनाहरू प्रस्तुत गरेकी छन् । जसमा बलात्कारका ६०, बलात्कार प्रयासका १४, यौन दुर्व्यवहारका १२, मानव बेचबिखन तथा ओसार पसारका २, बहु बिवाहका ५, बाल विवाहको १, पारिवारीक हत्याका ८, आत्महत्या दुरुत्साहनका २ वटा लगायतका घनाहरु समावेश गरिएका छन् । यसैगरी गर्भपतन सम्बन्धि १, अपहरण तथा शरिर बन्धक १ र घरेलु हिंसाका ५ सय ५५ ओटा गरी कूल ६ सय ५५ओटा घटना समेटिएको तथ्याङ्क प्रस्तुत गरिएको थियो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले इन्सेकको प्रतिवेदन र कार्यप्रति प्रशंसा गर्दै मानव अधिकारको संरक्षण र प्रवर्द्धनका लागि आफूहरु संवेदनशिल भएर लागेको बताए । पाण्डेले कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राख्नु आफूहरुको बाध्यता भएकोले कारागारको स्थान्तरण गर्ने गरी ओमसतिया गाउँपालिकासँग समन्य तथा प्रक्रिया अगाडि बढेको जानकारी गराए । छिटोभन्दा छिटो कागागारलाई स्थान्तरण गरी सुधार गृहका रुपमा विकास गर्नुपर्ने उनले बताए ।

बालसुधार गृहको अहिलेको अवस्था सुधार गृहभन्दा पनि यातना गृहको जस्तो भएकोले यसलाई नीतिगत रुपमै सुधार गरेर अगाडि बढ्नु पर्ने उनले बताए । बालसुधार गृह स्थानीय प्रशासन अन्तरर्गत नभएकोले प्रशासनिक हिसाबले केही गर्न नसकिने अवस्थामा रहेको समेत उनले गुनासो गरे ।

कार्यक्रममा सशस्त्र प्रहरी बल सीमा सुरक्षाका प्रहरी उपरीक्षक गगन श्रेष्ठले पहिलेको र अहिलेको प्रहरी धेरै फरक भएको बताउँदै किसानहरुलाई मलखाद ल्याउने क्रममा धरपकड गरेको होइन उनीहरुको मर्कालाई बुझेर सहजीकरण गरेको बताए । जिल्ला शिक्षा समन्वय इकाई रुपन्देहीका शाखा अधिकृत धनिश्वर पन्थीले बालमैत्री शिक्षाका लागि आफूहरु प्रतिवद्ध भएकोले राज्यले गरेको व्यवस्थालाई कार्यान्वयन गर्नका लागि आफूहरुले स्थानीय तहलाई सहजीकरणगर्ने बताए । राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेशका निमिक्त प्रमुख दिपक ठाकुरले इन्सेकले गरेको अभिलेखमा सबै कुरा समेटिएकोले त्यसको निरन्तरता र किसानका सवालहरुलाई पनि अभिलेख गर्न सुझाब दिए ।

जिल्ला बार एशोसिएसन रुपन्देहीका अध्यक्ष शिवहरी अधिकारीले पछिल्लो समयमा जवरजस्ती करणीका मुद्दाहरु बढेको र यो बढ्नुको कारण जनचेतनाको कमी भएको उल्लेख गरे । बरिष्ठ पत्रकार माधव ढुंगानाले स्वास्थ्य क्षेत्र र शिक्षा क्षेत्रमा सेवाको भावनाभन्दा पनि व्यापारिकरणको भएकोप्रति चिन्ता व्यक्त गरे । यी विषयहरुमा समेत इन्सेकले अभिलेखिकरण गर्नुपर्ने सुझा दिए । कार्यक्रममा विभिन्न संघ–संस्था तथा अधिकारकर्मीहरुको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

सम्बन्धित खबर