प्यारा भाइबहिनीहरू,
मैले तिमीहरूको चिठी बरोबर पाउने गरेको छु । तिमीहरूको चिठीले मलाई कहिले खुसी तुल्याउँछ, कहिले दुःखी । तिमीहरूको कुरा मेरो मनले खाएन भने मेरो चिठी लेख्ने जाँगर पनि हराएजस्तो हुन्छ । चिठीको उत्तर नपाएर तिमीहरू ‘दाजुलाई केही आपत् पन्यो कि भनेर सोधपुछ गर्दा रहेछौ वा ‘सन्चो पो हुनुभएन कि भन्ने शङ्का र पीर मान्दा रहेछौ । चिठीको चाङले मलाई बारम्बार उत्तर दिन कर लगाउँछ । हावापानी फेरिएपछि स्थाखोकी लाग्नु त स्वाभाविक हो, सालाखाला शारीरिकरूपले म अहिले स्वस्थ छु ।
अँ, अस्तिको चिठीमा तिमीहरूमध्ये कोहीले आफ्नो जीवनको मुख्य उद्देश्य नै डाक्टर, इन्जिनियर, रसायनशास्त्री, वैज्ञानिक, सिनेमा कलाकार आदि बनी खूब पैसा र इज्जत कमाएर आनन्दपूर्वक जीवन बिताउने र मानिसको चोला सार्थक बनाउने बतायौ । देश, जनता, शोषक, शोषित, क्रान्ति, वर्गसङ्घर्ष, बन्दुक, पत्रपत्रिका, साहित्य, समाजवाद र राजनीतिबाट पूरै अलग रहने इच्छा जाहेर गयौ । कान्छी बहिनीले मात्रै देश र जनताको निम्ति निःस्वार्थरूपले राजनीतिक कार्यकर्ता, लेखक वा क्रान्तिकारी बन्ने आफ्नो जीवनको उद्देश्य बताइन् । यो हाम्रो देशको उज्यालो भविष्यको सङ्केत हो । तिमीहरूले चिठीमा डाक्टर, इन्जिनियर, रसायनशास्त्री, वैज्ञानिक र कलाकार बनेर मोजसित जीवन बिताउन र मानव जीवनलाई सार्थक बनाउन खोजेर “हामीले के नराम्रो बिराम गौँ, दाजु ?” भनेर एकै मुखले प्रश्न गयौ ।
हो, तिमीहरूको प्रश्न-गराइ तिमीहरूको उमेर र अनुभवअनुसार मनासिब छः यसमा तिमीहरूको कुनै दोष देख्दिनँ । तिमीहरू अहिले हरेक कुरालाई बाहिरबाट मात्रै हेर्ने गछौं। त्यसको गहिराइमा गएर हेर्ने बानी बसिसकेको छैन । डाक्टर, इन्जिनियर, सिनेमा कलाकार, वैज्ञानिकहरूलाई तिमीहरू बाहिरबाटै हेर्छौं । तिनका मोटरसाइकल, कार, चिटिक्क परेका नयाँ घर, लुगा र झिलिमिली मात्रै देख्छौ । तर, तिनको ठूलो जिम्मेवारी, महत्त्व र आवश्यकता, अनि तिनीहरूबीच पाइने भ्रष्टाचार, हीनता, अनैतिकता, लापरबाही र अनेक दयनीय परिस्थितिलाई तिमीहरूले बुझिसकेका छैनौ । बाहिरबाट हेर्दा साहै राम्रो देखिने कति कुरा भित्रभित्र साहै नराम्रो, फोहर र कमसल हुन्छ । बाहिरबाट हेर्दा नराम्रो र खस्रो देखिने कति कुरा भित्र साहै राम्रो, गुनिलो र असल हुन्छ । तिमीहरू अहिले आइएस्सी, बिएस्सी, बिए, बिकम पढ्दै छौ। ती कलेज र विश्वविद्यालयका पढाइ एवम् प्रमाणपत्रहरू बाहिरी ज्ञानका प्रमाणपत्र मात्र हुन् । हाम्रो मानव समाज कति ठूलो र विशाल छ भने त्यो कलेज र विश्वविद्यालयको कक्षा अनि त्यसको पढाइभित्र अटाउँदैन । न त त्यो प्रमाणपत्रले मानव समाजलाई व्यवहारिकरूपले गहिरिएर हेर्ने आँखा नै दिन सक्छ । हाम्रो मानव समाज र वर्गसङ्घर्ष नै संसारमा सबभन्दा ठूलो र महान् विश्वविद्यालय हो । यो वास्तविक सत्यलाई बुझेपछि कलेज र विश्वविद्यालयको शिक्षा अनि प्रमाणपत्रहरू केटाकेटीको खेल हो भन्ने बुझ्नेछौ । बाहिरी इज्जत र प्रतिष्ठा झूटो हो भन्ने देख्नेछौ ।
ठूली बहिनी, तिमीले चिठीमा ऐस-आरामको जिन्दगी बिताउन डाक्टर बन्ने उद्देश्य बताएकी छ्यौ । आफ्नो सुविधा र फाइदाको निम्ति डाक्टर बन्ने तिम्रो उद्देश्य राम्रो होइन, डाक्टर बन्ने उद्देश्य रोगी जनताको सेवा गर्ने हुनुपर्छ । लौ भैगो, वर्गसङ्घर्ष, क्रान्ति र राजनीतिबाट अलग्गिएर रोगीको निम्ति तिमी डाक्टर बन्यौ रे ! तर के तिमीलाई थाहा छ – आज हाम्रो देश र समाजमा एक सयजना रोगीमध्ये मुश्किलले ३० जना अस्पताल, हेल्थसेन्टर, हेल्थपोस्ट, क्लिनिक र औषधालयसम्म पुग्न पाउँछन् । ती ३० जना रोगीमध्ये ५ जनाले पनि तिमीले लेखेको पुर्जीअनुसार औषधी किनेर उपचार गर्न सक्दैनन् । ती रोगीहरू तिमीले लेखेको पुर्जी टुलुटुलु हेरेर मर्ने गर्छन् । त्यो तिम्रो कागजको पुर्जा धामी, झाँक्री र वैद्यको तन्त्रमन्त्रजस्तै खल्ती वा घाटीमा झुन्ड्याएर मरेकोमा फरक के रह्यो ? देशमा अहिले ७० प्रतिशत जनतालाई पुग्ने न सुविधासम्पन्न अस्पतालको बन्दोवस्त छ, न त बाहै महिना मोटर गुड्ने बाटो छ, न त तिमी आफै पैदल गाउँगाउँ जानेछ्यौ । सबै जनतासँग मोटरसाइकल र गाडी हुन्न, न त फिस दिने पैसा हुन्छ । त्यतिमात्रै होइन, एकजना रोगीलाई साधारण हेल्थपोस्ट पुग्न २-३ दिन लाग्छ । रोगीले काम नगरेको दिन ऊ भोको बस्नुपर्ने हुन्छ अथवा एकजना रोगीलाई हेल्थपोस्ट पुयाउन २-३ जना अरू सहयोगी चाहिन्छ । २-३ जना थप मानिसको काम पनि बिग्रन्छ । काम गर्न सक्ने हरेक व्यक्तिको एक दिनको काम खेर जानु देशको उत्पादन कार्यमा कम्तीमा ५०० रुपियाँ घटी हुनुजत्तिकै हो । काम नगरी खान पाइन्न । एकजना रोगीलाई हेल्थपोस्ट पुऱ्याउँदा परिवारका थप २-३ जना भोकै बस्नुपर्ने हुन्छ र ती फेरि रोगी बन्छन् ।
हाम्रो देशमा चीन र अरू समाजवादी देशमा जस्तो खेत र गाउँ, जङ्गल र कारखानासम्मै गएर उपचार गर्ने ‘खाली खुट्टे डाक्टर को बन्दोवस्त छैन, जसले गर्दा रोगीलाई हेल्थपोस्ट र अस्पताल पुगिरहनु पर्दैन, समयमै उपचार सेवा पाएर रोग बढ्न पाउँदैन र देशको श्रमशक्ति खेर जाँदैन । काम गरेर खानुपर्ने रोगी जनतालाई यसले धेरै फाइदा हुन्छ । (हेर यहाँ राजनीति आइपुग्यो ।) मानौँ, तिमी हेल्थपोस्ट छोडेर गाउँगाउँमा समयमै पुगेर सेवा
गर्थ्यो रे ल । तर, १० हजारभन्दा बढी जनतामा एकजना मात्रै डाक्टर पुग्ने हाम्रो देशमा, त्यो पनि पातलो जनसङ्ख्या भएका गाउँहरू छन् भने तिमी पहिले कहाँ पुग्छ्यौ, एक गाउँमा तिमी दोहो-याएर पुग्न कति महिना लाग्नेछ, हिसाब गर । एउटा एउटा पात टिपेर तिमी पिपलको बोटलाई उखेल्न सक्दिनौ । तिमी आफै गाउँमा गएर रोगीको जाँचमात्र गर्न सक्छ्यौ तर तिमीले औषधी त सबैलाई दिन सक्दिनौ । विनापैसा उपचार गर्न सरकारले व्यवस्था गरेकै छैन । तिमी भन्नेछ्यौ – मैले पाउने तलब पनि म रोगीको सेवामा लगाउनेछु । (हेर, अब तिमी देश र जनताको राजनीतिमा ‘फस्यौ !) तिम्रो त्यो तलबले एउटा सानो गाउँका जनतालाई पनि पुग्नेछैन । हाम्रो देशमा अहिले पनि एकजना डाक्टरले हजारौं जनतालाई हेर्नुपर्छ । तिम्रो यो विचार सेवाभावले राम्रो भएपनि त्यसले देशभरिको समस्या समाधान हुन्न । तिमीले जस्तै सबै डाक्टरहरू त्यसो गर्न सक्दैनन् र मान्दैनन् पनि । फेरि डाक्टरहरूको सबै पैसा जम्मा गर्दा पनि सबै रोगीलाई उपचार गर्न पुग्दैन । त्यो त सारै सानो रकम हुन्छ । यो काम, पूरै पोखरीको पानी सफा नगरी एक गिलास पानी सफा गर्नु जत्तिकै हो । एक गिलास पानी सारा गाउँ र सहरका जनतालाई खान पुग्दैन । पूरा पोखरी सफा नभएसम्म रोग फैलिने डर त भइ नै रहन्छ । एक गिलास पानी सफा गरेर पोखरीको सबै पानी सफा हुन्छ भन्ने कुरा त पूरै उल्टो र खोटो विचार हो । बरु पोखरी नै सफा गरे सबै पानी सफा हुनेछ ।
अब तिमी आफै भन – के गरिब, भोका-नाङ्गा र काम गरेर खानुपर्ने जनतालाई तिम्रो औषधीले मात्र जिउँदो राख्न सक्छ ?
रोगीलाई तिमीले गर्ने निःशुल्क परीक्षण र २-४ चक्की औषधी, मलमपट्टी अनि इन्जेक्सनले भोका नाङ्गा र गरिब जनतालाई जिउँदो राख्न सक्दैन । तब तिम्रो उपचारले के फाइदा भयो ? यसकारण, डाक्टर हुने र रोगीको सेवा गर्ने तिम्रो उद्देश्य घुमाइफिराइ पैसावाला र शोषक वर्गको मात्रै विशेष सेवा गर्नु हुनेछ । साँच्चै भनूँ भने, डाक्टरहरू धेरैजसो धनीका छोराछोरी हुने भएकाले गरिब जनताको दुःख त्यति राम्रोसँग बुझेका हुँदैनन् । फेरि, कुनै-कुनै डाक्टर त गरिबहरूलाई दया-माया गर्दै गर्दैनन् । उनीहरू जमिनदारहरूले किसानहरूसँग बाली उठाएझै झगडा गरी-गरी फिस लिन्छन् र पैसा सोहर्छन् । एकजना किसान र ज्यामीले दिनभरि काम गरेर ६००-८०० रुपियाँ पाउँछ । एकचोटि डाक्टर देखाउँदा, ६ मिनेटभित्रै कम्तिमा ५००-६०० रुपियाँ फिस तिर्नुपर्ने हुन्छ । यसकारण, गरिबहरूको आँखामा डाक्टरी विद्या पनि पैसा झार्ने मन्त्र विद्या नै हो । डाक्टरले उपचार गरेर जीवनदान दिए पनि चित्त दुख्नेगरी पैसा लिने भएकोले डाक्टर पराइ र शोषक वर्गकै जस्तै प्रतीत हुन्छन् ।
अति खराब डाक्टरलाई त जनताले ‘शोषक’, ‘ठग’ र ‘गरिबमारा डाक्टर’ भनेर घृणा गर्छन् । हेल्थसेन्टर, हेल्थपोस्ट, अस्पताल र औषधालयहरूमा डाक्टर र वैद्यहरूले जनतालाई निःशुल्क वितरणको निम्ति आएको सरकारी औषधीसमेत बेपत्ता पार्छन् र पैसा लिएर बेच्ने गर्छन् । घुस खाएर आफ्नै मान्छेलाई सित्तैमा औषधी बाँडिदिन्छन्, गरिबहरूलाई नदिई धनीहरूलाई मात्रै वितरण गर्छन् । मुद्दा मामिला र चिरफारको बेलामा पनि बेइमानी गरेर पैसा बटुल्छन् । जनतालाई हप्कीदप्की गर्छन् । अब जनतामा बिस्तारै चेतना आउँदै छ, अधिकार र कर्तव्यबारे बुझ्न थालेका छन् । त्यस्ता बेइमान र जनतालाई छाडा व्यवहार गर्ने भ्रष्टाचारी डाक्टरहरूलाई ठाउँ-ठाउँमा गरिब र किसान जनताले उठेर घेरा दिन्छन्, मार-मुक्काले सजाय पनि गर्छन् । सुविस्ता र इमानदारीले तिमी पैसा कमाउन सक्दिनौ । पैसा कमाउन बेइमानी
गर्नासाथै जनताले तिमीलाई सम्मान होइन घृणा गर्नेछन्; मार-मुक्काले सजाय गर्नेछन्; जुत्ताको माला लगाएर सहर र गाउँ घुमाउनेछन् । अनि, पैसा कमाउने, इज्जत र प्रतिष्ठापूर्ण आनन्दको जीवन बिताउने तिम्रो धोको कसरी पूरा होला ?
सबै डाक्टर खराब हुँदैनन् । हाम्रै नेपालमा ५-१० जना राम्रा डाक्टरहरूको नाम मलाई कण्ठ छ । तिनीहरूले पुलिस र ठूलाबडाको दबाबबाट हत्यालाई भवितव्यको मृत्यु लेख्दैनन्; झूटो बिरामीको सिफारिस वा रोगीलाई सु-स्वास्थ्यको प्रमाणपत्र दिँदैनन् । ठूलाबडाको दबाबमा पैसा लिएर साधारण जनताको औषधी धनीहरूलाई बेच्दैनन् । बरु आफूलाई नमुनाको रूपमा आएका औषधी पनि गरिब रोगीहरूलाई बाँड्छन् । गरिबको घरमा बिरामी जाँच्न जाँदा फिस लिँदैनन्; घरमा गएर बिरामी जाँच्नुपर्दा पनि दिक्क नमानी जाँचिदिन्छन्; रोगीहरूसँग नम्र व्यवहार गर्छन् । हाम्रो देशमा त्यस्ता पुरूष डाक्टरका साथै महिला डाक्टरहरू पनि नभएका होइनन् । तिनीहरू राति पनि सुत्केरी वा सिकिस्त रोगी हेर्छन् । यहाँसम्म कि आफैले लगेको औषधीसमेत दिएर आउँछन्, फिसको त कुरै छोडौं । तर, त्यस्ता असल डाक्टरहरू साहै कम छन् ।
मलाई थाहा छ, यो चिठी पढ्ने बित्तिकै तिम्रो गहभरि आँसु आउनेछ । तिमीले रोएर चिठी लेन्नेछ्यौ – ‘दाजु, मैले रात-दिन मिहिनेत गरेर साइन्स पढेको के काम लाग्यो त ? बहिनी, तिमी मिहिनेती छ्यौ; स्कुल-कलेजमा पनि सबभन्दा बढी नम्बर ल्याउँछ्यौ । सबै ठीक हो; त्यो राम्रो कुरा हो । तर, तिमीले हाम्रो देशमा डाक्टरहरूको साह खाँचो छ भन्ने कुरामा ध्यान देऊ । देशभरि नै अहिले २८ हजारभन्द बढी डाक्टर छैनन् । साधारण विद्यार्थीहरूले छात्रवृत्ति पनि पाउँदैनन् धेरैजसो छात्रवृत्ति देशका शोषक, सामन्त, जमिनदार र माथिल्लो पदम बस्ने सरकारी कर्मचारीहरूकै छोराछोरीले मात्रै पाउँछन् । हामी चाहन्छौं देशका सबै गरिबका छोराछोरीहरूले पनि शिक्षा हासिल गर्ने समान अधिकार र अवसर पाऊन् । केही प्रजातन्त्रवादी भनाउँदा सामन्त र शोषकहरू यस कुरालाई ढाकछोप गर्न ‘पहाडी सामन्त र शोषक वर्गका छोराछोरीले मात्रै छात्रवृत्ति पाउँछन्’ भनेर हल्ला मच्चाउँछन् । हामी भन्छौँ ‘सबै ठाउँको काग कालै हुन्छ, चाहे त्यो पहाडको होस् वा तराईको । त्यस्तै, जहाँका सामन्त र जमिनदारहरू पनि उस्तै हुन्छन् । गरिबको सम्पत्तिले नै तिनीहरूको महल ठडिन्छ । पहाड र तराईका शोषकहरू मिलेर देशका मजदुर-किसानलाई चुस्छन् । तराईका शोषकहरूले तराईकै मजदुर किसानलाई धोका दिन र आफ्नो शोषण कायम गर्न मात्रै पहाडी शोषकको कुरा गर्छन् । किसान र मजदुरहरूको निम्ति शोषक पहाडमा बस्ने होस् वा तराईमा, सबै शोषक नै हुन् । कुकुर चाहे कालो होस् वा सेतो, त्यसले कुनै फरक पर्दैन । त्यसकारण, सबै गरिबका छोराछोरीले डाक्टर पढ्ने अवसर पाउनको निम्ति यस व्यवस्थालाई नै फेर्नुपर्छ । (बहिनी, लौ हेर यहाँ पनि राजनीति आइपुग्यो !)
हाम्रो समाजको व्यवस्था नै शोषणमा आधारित र दोषपूर्ण भएकोले तिमीले डाक्टर बनेर जनताको सेवा गर्न सक्नेछ्यौ भन्ने कुराको कुनै ग्यारेन्टी छैन । किनभने, तिमी ठूलाबडा र सामन्तहरूको परिवारमध्येकी होइनौ; सरकारी ओहदाका भ्रष्ट अधिकारीहरूको अगाडि तिमी झुक्दिनौ; चाकरी र चाप्लुसी गर्दिनौ । डाक्टरी पढ्न नपाउँदैमा तिम्रो मिहिनेत सित्तै गयो भन्नु पनि ठीक होइन । प्राध्यापक, लेखिका, इन्जिनियर, वैज्ञानिक, अड्डाको कर्मचारी नबने पनि सामाजिक कार्यकर्ता त बन्न सकिहाल्छ्यौ । हाम्रो देशका जनता साट्टै पछाडि परेका हुनाले झाँक्री, भूत-प्रेत, बोक्साबोक्सी, चन्द्रग्रहण, सूर्यग्रहण, बिफर, झाडाबान्ता आदि विभिन्न विषयमा अन्धविश्वास राख्छन् । विज्ञान पढेका सामाजिक कार्यकर्ताले त्यसबारे अझ राम्रो बताउन सक्नेछन् । तर, तिमीले भन्नेछ्यौ, हाम्रा विज्ञानका शिक्षक वा फिजिक्स, केमिस्ट्री वा बायोलोजीका प्राध्यापकले विज्ञानका विद्यार्थीले राजनीतिमा लाग्नु हुँदैन भनेर सिकानुभएको छ; राजनीति त राजनीतिशास्त्र विषयका विद्यार्थीको काम हो ।
बहिनी, कुनै विज्ञानका शिक्षक वा प्राध्यापकले त्यस्तो कुरा गर्छन् भने त्यो सोहै आना अवैज्ञानिक र बेठीक कुरा हो । त्यस्ता विज्ञानका शिक्षकहरूले विज्ञानको किताब त पढ्न र पढाउन जानेका हुन्छन् तर विज्ञान के हो भन्ने बुझेका हुँदैनन् । त्यस्ता विज्ञानका शिक्षक वास्तवमा जनविरोधी राजनीतिमा लागिरहेका हुन्छन् । जनताका छोराछोरीलाई विज्ञान र कला विषय लिएका भनेर अलमल्याउने र जनताको राजनीतिमा भाग लिन नदिने तिनको राजनीति हो। यसो गरेर शासनमा बसेका शोषक वर्गको सेवा गर्नु नै तिनको राजनीति र स्वार्थ हो । यसकारण, तिम्रा विज्ञानका शिक्षक सबभन्दा खराब र जनविरोधी राजनीति गर्दै छन् भन्ने बुझ्नुपर्छ ।
इतिहासलाई राम्रोसँग पढेको खण्डमा तिमीले देख्नेछ्यौ विज्ञानले राजनीतिमा ठूलो मद्दत मात्रै गरेको होइन, राजनीतिको धारलाई नै व्यापक र वैज्ञानिक बनाइदिएको छ। चुम्बक र दिशा पत्ता लगाउने यन्त्र (कम्पास) को आविष्कारले टाढा-टाढासम्म जहाजको आवतजावत भयो । पृथ्वी गोलो छ भन्ने सिद्धान्तका कारण कोलम्बस कम्पासकै सहाराबाट एकै दिशातिर लाग्दै अमेरिका पुगे। त्यसपछि, युरोपबाट भारत र चीन पुग्ने समुद्री बाटो पत्ता लाग्यो । नयाँ देशहरू पत्ता लागेपछि युरोपेली राजाहरूले एसिया, अफ्रिका र अमेरिकी देशहरूमा लुटपाट गर्ने, बस्ती बसाल्ने र देशहरू कब्जा गर्ने उपनिवेशवादी नीति लिँदै गए । उपनिवेशकै निम्ति युरोपेली देशहरूबीच आपसमा लडाइँ हुन थाल्यो । नयाँ-नयाँ उपनिवेशले व्यापारमा ठूलो वृद्धि गर्यो । बेलायत र फ्रान्सजस्ता युरोपका देशमा पूँजीपति वर्गको विकास भयो, कलकारखानाको आविष्कार भयो । बाफको शक्ति पत्ता लाग्यो । बाफले कलकारखाना एवम् जहाज चल्न थाल्यो र त्यसले गर्दा कपडा तथा अरू सामानको उत्पादन गर्न साहै कम ज्याला लाग्यो । कम ज्याला र काम छिटो सिधिनाले सामान सस्तो भयो । सस्तो सामानले भारत, चीन, नेपालजस्ता देशको घरेलु उद्योग खत्तम गरिदियो । युरोपले एसिया, अफ्रिका र अमेरिकी देशहरूमा सस्तो सामान बेच्न र कच्चा सामान सस्तोमा ल्याउन ती देशहरू कब्जा गर्ने काममा तीव्रता ल्याउन थाल्यो । अब एक देशको राजनीति अरू देशहरूसँग सम्बन्धित हुन थाल्यो । बारुदको उपयोग गर्न सिके । वाण, तरबार र भालाले लड्ने ठाउँमा अब लुकेर बन्दुकले लड्न सकिने भयो । त्यसको मद्दतले कम मानिसले पनि ठूलो सेनासँग लड्न सक्ने भए ।
बेलायतको पूँजीपति वर्गले सामन्त वर्गलाई गद्दीबाट फालिदियो । उपनिवेश कब्जा गर्न तोप र बन्दुकको प्रयोग झन् बढ्यो । एकैजना मजदुरले पनि नयाँ-नयाँ मेसिन प्रयोग गरेर १०० जना मजदुरको काम गर्न सक्ने भयो । अब ९९ प्रतिशत मजदुरहरूले कम ज्याला पाउन थाले र बेरोजगार हुन थाले । यसले मजदुर आन्दोलन बढ्दै गयो । डार्विनले जीव विकासको नियम पत्ता लगाए । त्यसकै आधारमा समाज विकासको नियम पनि पत्ता लाग्यो । भौतिकवादी सिद्धान्त अगाडि बढ्यो । मार्क्स र एंगेल्सले द्वन्द्वात्मक भौतिकवादी दर्शन अघि सार्नुभयो र त्यसलाई मजदुर आन्दोलनसँग गाँस्नुभयो । मजदुर आन्दोलनले समाजवाद र साम्यवादी सिद्धान्त आविष्कार गयो । त्यसैलाई मार्क्सवाद भन्छन् ।
जहाज, रेल, मोटर, हवाइजहाज, टेलिफोन, छापाखाना, कलकारखानाले सबै ठाउँमा मजदुर र पूँजीपति वर्ग जन्माइदियो र त्यही बाटोबाटै सबै ठाउँमा मार्क्सवाद पनि पुग्यो । यसरी विज्ञानले राष्ट्रिय राजनीतिलाई अन्तर-राष्ट्रिय राजनीतिमा फेरिदियो । त्यतिमात्र होइन, डाक्टर एडवर्ड जेनरले बिफरको किटाणु पत्ता लगाउनुका साथै ‘सितला माजु जस्ता अन्धविश्वास हट्यो । अन्धविश्वासविरोधी विज्ञानको प्रचारले ईश्वर र राजा-महाराजाको सामन्तवादी व्यवस्था ध्वस्त पारिदियो । बहिनी, अब तिमी नै भन विज्ञानले समाजमा कस्तो ठूल्ठूलो उथलपुथल ल्याउँदो रहेछ र राजनीतिलाई कसरी त्यसले व्यापक बनाउँदो रहेछ ! भन, के विज्ञान र वैज्ञानिकहरूलाई राजनीतिबाट अलग्याउन सकिन्उहा तिम्रो मनमा फेरि खुल्दुली र शङ्का उठ्नेछ – ‘डाक्टरको काम त रोगीको उपचार गर्नु हो; उसलाई धनी र गरिब वर्ग, शासक र शोषितसँग कुनै सरोकार कसरी हुन सक्छ र ! डाक्टरहरू राजनीतिमा लाग्ने प्राणी नै होइनन् ।
बहिनी, तिम्रो ठम्याइ अवैज्ञानिक छ । समाजमा रहेसम्म कुनै पनि मानिस प्रत्यक्ष वा अप्रत्यक्षरूपले कुनै न कुनै वर्गको वा राजनीतिको पक्षमा रहेकै हुन्छ, उसले जुनसुकै पेशा लिएको किन नहोस् । व्यापार, सरकारी नोकरी, ज्यामी, खेतीपाती, अध्यापन आदि सबै पेशा हुन् । मानिसको पेशा, आर्थिकस्तर अथवा उत्पादनको सम्बन्धले ऊ कुन वर्गमा छ भन्ने प्रस्ट्याउँछ । डाक्टरी पनि एक पेशा हो । डाक्टरहरूलाई पनि माथिल्लो र तल्लो वर्गमा विभाजित गर्न सक्छ्यौ । ठूलो, सानो र बीचको पूँजीपति वर्ग भएजस्तै डाक्टर, इन्जिनियर, वकिल आदि बुद्धिजीवीहरू पनि विभिन्न वर्गमा विभाजित छन् । साधारण हिसाबले डाक्टर, वकिल, इन्जिनियर, प्राध्यापक, लेखक, कवि, कलाकारहरू बौद्धिक मजदुरहरू हुन । तिनीहरू महिनाको ४०-५० हजार रुपियाँ कमाउँछन् । तिनीहरू धनी हुन त चाहन्छन् तर आफूभन्दा ठूलाले तिनीहरूलाई उठ्नै दिँदैनन्; जस्तो, ठूलो पूँजीको अगाडि सानो पूँजी उठ्न सक्दैन ।
बौद्धिक पेशा गर्नेहरूलाई मध्यम, सानो पूँजीपति र अर्ध-सर्वहारा वर्गमा विभाजित गर्न सकिन्छ । त्यस्तै, क्रान्तिप्रति तिनीहरूको दृष्टिकोण पनि अलग-अलग नै हुन्छ । मध्यम र साना पुँजीपति वर्गले क्रान्तिप्रति चमेरो नीति लिन्छन् । क्रान्ति सफल होलाजस्तो देखेमा क्रान्तिकारी बन्छन् र क्रान्ति असफल हुन थालेपछि क्रान्तिबाट पर भाग्छन् अनि क्रान्तिविरोधी पनि हुन पुग्छन् । तिनीहरूले मजदुर किसानलाई अलि तल्लो आँखाले हेर्छन् । अर्ध-सर्वहारा बुद्धिजीवी वर्ग चाहिँ मजदुर, किसान र क्रान्तिकारीहरूको अलि नजिक हुन्छन् किनभने क्रान्तिले मात्रै तिनीहरूको जीवनलाई सुखमय र इज्जतपूर्ण बनाइदिन्छ । सरल भाषामा भन्ने हो भने – डाक्टर पनि धनी अथवा गरिब परिवारको हुन्छ । उसमा आफ्नो परिवारको वा साथीभाइ (परिस्थिति) र गरिबहरूको प्रभाव पनि परेको हुन्छ । ऊ धनी वर्गको प्रभावमा छैन भने गरिब वर्गको प्रभावमा छ भन्ने बुझ्नुपर्छ र ऊ गरिबको पक्षमा छैन भने धनीको पक्षमा छ भन्ने कुरा बुझ्नुपर्छ ।
कुनै व्यक्तिले गरिबको राजनीतिको विरोध गर्छ भने उसले घुमाउरो वा सोझो हिसाबले धनी वर्गको राजनीतिलाई समर्थन गर्छ। उसले धनी वर्गको राजनीतिको विरोध गर्छ भने उसले गरिब वर्गको राजनीतिलाई समर्थन गरेको हुन्छ । यसकारण, वर्गभेद भएको समाजमा डाक्टर, इन्जिनियर, प्राध्यापक, लेखक, कवि, कलाकार कोही पनि व्यक्ति वर्गीय राजनीतिबाट अलग्ग बस्न सक्दैन । कहिलेकाहीँ आफूले थाहा नपाइकनै पनि उसले एक न एक वर्ग र राजनीतिको समर्थन वा विरोध गरिरहेकै हुन्छ । हावामा बस्ने प्राणी हावाविना जसरी अलग्ग बस्न सक्दैन, त्यस्तै समाज र समाजमा बस्ने मानिस, चाहे त्यसले जुनसुकै पेशा गरेको होस्, वर्ग र वर्गीय राजनीतिबाट अलग्ग रहन सक्दैन । यसकारण, डाक्टर पढ्नेहरू पनि वर्ग र राजनीतिबाट अलग्ग हुन्नन् ।
के तिमीले लु सुनको नाम सुनेकी छ्यौ ? लु सुन हाम्रो उत्तरतिरको छिमेकी देश चीनका ठूला क्रान्तिकारी लेखक हुनुहुन्छ । विद्यार्थी जीवनमा उहाँ जापानमा डाक्टरी पढ्न जानुभएको थियो । छात्रवृत्ति पाएर डाक्टरी पढ्न त थाल्नुभयो तर जापानमा चिनियाँहरूलाई साहै हेला गरेको देख्नुभयो । त्यसबेला चीनलाई सबै साम्राज्यवादी देशहरूले थिचोमिचो गरिराखेका थिए । सुगौली सन्धिमा नेपाल हारेर नेपाली जनता थिचोमिचोमा परेजस्तै चीन पनि सुगौली सन्धिजस्ता थुप्रै सन्धिहरूले हारेको थियो । गोर्खालीहरू भारतको गल्ली-गल्लीमा काम खोजेर हिँडेजस्तै चिनियाँहरू पनि विदेशमा काम खोजी-खोजी हिँड्थे । गोर्खालीहरू जस्तै तिनीहरू पनि दरबान, कुल्ली, पिउन र पल्टनमा भर्ती भएर विदेशीको खटन पटनमा दलिनु र मर्नुपर्थ्यो । आज नेपालीहरूलाई हेला गरिएजस्तै चिनियाँहरूलाई पनि
विदेशमा हेला गरिन्थ्यो । लु सुनको युवा मन कमलो थियो । आफ्नो देश र देशवासीलाई हेला गरिएको उहाँले सहन सक्नुभएन । एक मामुली डाक्टरमात्र भएर आफ्नो देश र जनतालाई उठाउन सकिएला जस्तो उहाँलाई लागेन । आफ्नो देश र जनतालाई हेला गरिन्छ भने जाबो डाक्टर भएरै के इज्जत हुने होला भन्ने मनमा पन्यो । मनमाबधेरै कुरा खेलाउनुभयो, अन्तमा डाक्टरीको पढाइ छोड्नुभयो, चिरफार गर्ने कैंची र रोगी जाँच्ने स्टेथेस्कोपको सट्टा कलमलाई रोज्नुभयो ।
साहित्यले अनपढलाई शिक्षित बनाउँछ, सुतेकालाई उठाउँछ, हेपिएका र पछाडि परेका देश र जनतालाई उठाउँछ । गहिरिएर विचार गर्यो भने देख्नेछौं – जुन देश र जातिको साहित्य गरिब छ, त्यो देश र जाति पछाडि परेको हुन्छ र अरूको थिचोमिचोमा परेकै हुन्छ । साहित्य समाजको गिदी हो । सबै लिखित कागजपत्र साहित्य हो – चाहे त्यो राजनीति होस् वा विज्ञान । साहित्यविना कुनै ज्ञानविज्ञान अगाडि बढ्न सक्दैन । यसकारण, लु सुनले कलम रोज्नुभयो र क्रान्तिकारी साहित्यमार्फत चिनियाँ जनतालाई उठाउन घच्घच्याउनुभयो । उहाँकै साहित्य अध्ययन गरेर हजारौं डाक्टर, इन्जिनियर, रसायनशास्त्री र वैज्ञानिकहरू क्रान्तिको पक्ष लिएर क्रान्तिकारी बने । क्रान्तिले आज चीनमा हजारौं-लाखौँ डाक्टर, इन्जिनियर, वैज्ञानिक र कृषि वैज्ञानिक तयार पार्दै छ । लु सुनले गरिबको राजनीति र क्रान्तिको राजनीति अपनाउनुभएको थियो । आज संसारमा लाखौं-करोडौं पढेलेखेका जनताले लु सुनका रचना पढ्छन् र उहाँलाई मन पराउँछन् । नेपाली भाषामा पनि लुसुनका केही रचना उल्था भएका छन् । लु सुनजस्ता क्रान्तिकारी साहित्यकारको रचनालाई क्रान्तिकारी साहित्यकारले मात्रै जिउँदो ढङ्गले उल्था गर्न सक्छ । प्रतिक्रान्तिकारीले प्रगतिशील साहित्यको उल्था गर्दा त्यसको चमक र तिखारलाई धमिलो र काम नलाग्ने बनाइदिन सक्छ । नेपालीमा गरिएको उल्था त्यस्तै भएको छ । उल्थाकार ‘नक्कली नागको सौखिन हो । उसले क्रान्ति गर्न होइन, पैसा कमाउन लु सुनका रचना उल्था गरेको हो । त्यस्ता उल्थाकारलाई क्रान्तिकारी साहित्यकारहरूले प्रगतिशील साहित्यको फाँटबाट दुधमा परेको सिँगालाई जस्तै टिपेर फालिदिनुपर्छ । ‘नक्कली नागका सौखिनहरू’ लाई क्रान्तिकारी साहित्य उल्था गर्ने अधिकार छैन ।
बहिनी, यो त भयो डाक्टरी पढ्ने विद्यार्थीको कथा । अब सुन, डाक्टर नर्मन बेथुनको कथा । नर्मन बेथुन क्यानडाका साहै नाउँ चलेका र चिरफार गर्ने एक खप्पिस डाक्टर हुनुहुन्थ्यो । सन् १९३६ मा जर्मनी र इटालीका फासिस्टहरूले स्पेनको गृहयुद्धमा हस्तक्षेप र आक्रमण गरेका थिए । स्पेनी जनताले अत्याचारी शासकको विरोधमा सङ्घर्ष गर्दै थिए । क्यानडाको कम्युनिस्ट पार्टीको आदेशमा डा. बेथुन स्पेन पुग्नुभयो । दिलोज्यानले क्रान्तिकारी जनताको सेवा गर्नुभयो । त्यस लडाइँमा जनताको हार भयो र अत्याचारीहरूको जित भयो । दोस्रो विश्वयुद्ध चर्किंदै गइरहेको थियो । स्पेनी क्रान्तिको हारपछि पार्टीको आदेशमा उहाँ चीन पुग्नुभयो । चिनियाँ जनताले जापानी आक्रमणको विरोधमा सङ्घर्ष गरिरहेका थिए । डा. बेथुनले त्यहाँ घाइते र रोगीहरूको रातदिन सेवा गर्नुभयो । लडाइँको नजिकै पुगेर उहाँले घुम्ती अस्पतालको बन्दोवस्त गर्नुभयो । बम र बन्दुकको गड्गडाहट र लडाइँको कोलाहलबीच उहाँले आफ्नो चिरफारको काम अगाडि बढाउनुभयो । घाइतेहरूको चिरफारको बेला उहाँ आफै अघि सरेर आफ्नो रगत दिनुहुन्थ्यो । बम खस्ने खतरा हुँदाहुँदै पनि उहाँ घाइतेहरूलाई छाडेर भाग्नुहुन्थेन र भन्नुहुन्थ्यो, “डाक्टर रोगीको निम्ति बाँच्छ, ऊ रोगीहरू छोडेर भाग्दैन ।’ काम गर्दागर्दै उहाँ चीनमै बित्नुभयो । आज चीनका लाखौं डाक्टर उहाँकै निःस्वार्थरूपले सेवा गर्ने र अन्तर्राष्ट्रिय भावनाबाट सिक्छन् अनि प्रेरणा प्राप्त गर्छन् । उहाँ क्यानडाको कम्युनिस्ट पार्टीको एक सदस्य हुनुहुन्थ्यो ।
तिमीले चे ग्वेभाराको नाम सुनेकी हौली । उहाँ अर्जेन्टिनाका डाक्टर हुनुहुन्थ्यो । सानैदेखि उहाँको मन क्रान्ति र समाजवादतिर ढल्केको च थियो । उहाँ कुष्ठरोगबारे अनुसन्धान गर्न चाहनुहुन्थ्यो । उहाँले ग्वाटेमालाको अस्पतालमा काम गर्नुभयो । संयुक्त राज्य अमेरिकी साम्राज्यवादको एकलौटी पूँजीले ग्वाटेमालामा थिचोमिचो गरिरहेको थियो । त्यसको विरोधमा • उहाँले भित्रभित्र युवा-विद्यार्थीहरूलाई सङ्गठित गर्नुभयो । ग्वाटेमालामा साम्राज्यवादविरोधी सङ्घर्ष चर्किंदै गयो । शत्रुका दलालहरूले त्यो सङ्घर्ष दबाइदिए र चेको सुराक पनि पत्ता लगाए । चे शत्रुको गिरफ्तारीबाट जोगिएर मेक्सिको पुग्नुभयो र त्यहाँ फोटोग्राफरको रूपमा काम गर्नुभयो । विद्यार्थी जीवन विदेश भ्रमण जाँदा आफ्नो खर्च टार्न उहाँ भरिया, कुल्ली, माझी, फुटबल सिकाउने प्रशिक्षक (कोच) बन्नुहुन्थ्यो र भाँडा माझ्ने काम पनि गर्नुहुन्थ्यो । काम कहिले पनि सानो हुँदैन भन्ने उहाँको विचार थियो ।
क्युवाली विद्रोहीहरूले मेक्सिकोमा क्रान्तिको तयारी गर्दै थिए। तिनीहरूसँग क्रान्ति र समाजवादबारे चेको छलफल भयो र क्युवाको क्रान्तिलाई समाजवादी क्रान्तिमा फेर्ने वचन दिएपछि चे क्रान्तिमा साथ दिन राजी हुनुभयो । विद्रोही सेनामा उहाँले डाक्टरको रूपमा सेवा गर्नुभयो । लडाइँमा उहाँ घाइते हुनुभयो । उहाँको दायाँ-बायाँका साथीहरू सहिद भए । शत्रुले विमानबाट बम खसाल्न थाल्यो । उपचारको थैलो बोक्ने हो कि सहिदले छोडेको बन्दुक सम्हाल्ने हो; दुविधा र सङ्कट आइलाग्यो । उहाँले बन्दुक सम्हाल्नुभयो र अनेक लडाइँ जित्दै जानुभयो ।
चे डाक्टरबाट सिपाही र कमान्डर बन्नुभयो । क्युवाको अमेरिकी दलाल सरकार उल्टियो । क्रान्ति सफल भयो । क्रान्तिपछि उहाँ राष्ट्र बैङ्कको अध्यक्ष, राष्ट्रिय योजना परिषद्को निर्देशक, उद्योग वाणिज्यमन्त्री, पूर्वी क्युवाको क्षेत्रीय सेनानायक, क्रान्तिकारी सेनाको निर्देशन विभागको अध्यक्ष भएर क्युवाली क्रान्तिलाई विभिन्न सङ्कटबाट जोगाउनुभयो । संयुक्त राष्ट्र सङ्घलगायत धेरै राजनीतिक र आर्थिक अन्तर्राष्ट्रिय सम्मेलनहरूमा उहाँले क्युवाली प्रतिनिधिमण्डलको नेतृल गर्नुभयो । देशको उत्पादन बढाउन उखुबारीमा किसानसँग र कारखानाम मजदुरहरूसँगै काम गर्नुभयो । उहाँ क्युवाली कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य हुनुहुन्थ्यो । पछि उहाँले भन्नुभयो, “क्युवा र क्युवाको क्रान्तिप्रति मैले गर्नुपर्ने कर्तव्य पूरा गरिसकेको अनुभव गर्छु ।’ चे अचानक बेपत्ता हुनुभयो । ‘स्वतन्त्रता वा मृत्यु’ उहाँको नारा थियो । उहाँले भन्नुभयो, ‘हाम्रो मृत्यु कहीँ पनि किन नहोस्, हामी त्यसको स्वागत गछौं । त्यसको निम्ति एउटै मात्र सर्त छ – हाम्रो नारा कसैको कानमा परोस्, उसले हाम्रो हतियार सम्हालोस् ।१० महिनापछि चे बोलिभियाको जङ्गलमा गुरिल्ला युद्ध गर्दै हुनुहुन्छ भन्ने खबर आयो । शत्रुले उहाँलाई जिउँदो वा मुर्दा समाल सक्नेलाई ५० हजार पाउन्डको पुरस्कार घोषणा गरे । १८ हजार प्रतिक्रियावादी सेनाको घेरामा उहाँले जीवन-मरणको सङ्घर्ष गर्नुभयो । एक-एक गर्दै साथीहरू सहिद भए, घाइते भएर छुट्टिए । एक्लै भए पनि उहाँ लड्दै जानुभयो । सानैदेखिको दम र खोकीले उहाँमाथि चर्को आक्रमण सुरु गर्यो । शत्रु सेनासँगको मुठभेड झन् झन् नजिकिँदै गयो; सङ्घर्षमा उहाँ घाइते हुनुभयो । अन्तिम गोली पनि सिद्धियो, बन्दुक बिग्रियो तर सङ्घर्ष चलि नै रह्यो । त्यसपछि उहाँले रक्षात्मक उपाय अपनाउनुभयो; पहाड र जङ्गल तथा गाउँ र गोरेटो रगतका छिटाहरूले राता भए । त्यही रगतका छिटाहरूको पिछा गर्दै शत्रु सेनाले उहाँलाई भेट्टायो तर उहाँले आत्मसमर्पण गर्नुभएन । १९६७ अक्टोबर ८ का दिन बोलिभियाको युरी भन्ने गाउँमा शत्रुको गोलीबाट उहाँ सहिद हुनुभयो । ३९ वर्षका डाक्टरले आफूलाई क्रान्तिको बलिवेदीमा होमिदिनुभयो ।
चेको हत्याको समाचारले सारा ल्याटिन अमेरिकामा क्रोधको लहर फैलियो । स्कुल, कलेज र विश्वविद्यालय बन्द भए; छात्रछात्राहरू सडकमा निस्के; संरा अमेरिकाको
दुताबास र संस्थाहरुमा ईटा, ढुङ्गा र हातेबम प्रहार गरे । ठाउँ-ठाउँका विरोध प्रदर्शनहरूमा प्रदर्शनकारी र प्रतिक्रियावादी पुलिसहरूबीच भिडन्त भयो । आज चे ग्वेभारालाई ल्याटिन अमेरिकी युवकहरूको हृदय-सम्राट भनिन्छ ।
माथिका एक-दुई उदाहरणले नै साइन्स पढ्ने विद्यार्थी र डाक्टरले राजनीतिमा भाग लिनुहुन्न भन्ने तिम्रो धारणा सोहै आना खोटो साबित हुन्न र ? साइन्स र डाक्टरी पढ्नु खराब होइन; असल, साहै असल कुरा हो तर त्यसको मुख्य उद्देश्य पैसा कमाउने, धक्कु लगाएर अरूलाई हेला गर्ने, मोजमज्जा गर्ने नाममा छाडा भएर हिँड्ने हुनुहुँदैन । त्यसको ठिक उल्टो विज्ञान र डाक्टरी पढेर देश र जनताको सेवा गर्ने उद्देश्य राख्नुपर्छ । क्रान्ति गर्नु देश र जनताको सबभन्दा ठूलो सेवा हो । शोषणमा आधारित सरकार र समाजलाई उल्टाउनु र त्यसको ठाउँमा मजदुर-किसानको शोषण नहुने क्रान्तिकारी वर्गको सरकार र समाज निर्माण गर्नु नै क्रान्ति हो । आज हाम्रो देशमा बर्सेनि हजारौं जनता भोकै र औषधी गर्न नपाउँदै मर्छन् । औषधी गर्न सक्ने रोगीहरू समेत देशमा अस्पताल र उपचारको राम्रो प्रबन्ध नभएको हुँदा विदेशमा जान बाध्य छन् । त्यहाँ राम्रा डाक्टर-वैद्यबाट उपचार गर्ने विचारले गएका कति रोगीहरू पैसामुखी विदेशी डाक्टरहरूको पन्जामा पर्छन् र पानीजस्तै पैसा बगाउँदा पनि रोग बिसेक हुन्न ।
नेपालका विभिन्न भाग र सीमामा रोगी लैजाने दलालहरू विदेशका खराब डाक्टरको पैसा खाएर नेपाली रोगीको ‘सिकार गर्न दुकिबस्छन् । अनि, पैसाजति विदेशलाई, रोग आफ्नै देशलाई भन्ने उखान चरितार्थ हुन्छ । देशको स्वास्थ्य क्षेत्रलाई धमिलो पार्नमा ‘मेडिकल काउन्सिल तथा राम्रा र गतिला औषधी देशमा ल्याउन नदिने सरकारी संस्था ‘औषधी व्यवस्थापन आयोग’ को हात हुने बुकिँदै छ । त्यस आयोगको प्रमुख सिधै प्रधानमन्त्रीबाट नियुक्त हुन्छ । भनिन्छ, त्यो पनि अर्को भन्सार अड्डा हो ।
कतिपय नेपालीहरू उपचारका लागि विदेश जान्छन् । स्वदेशमा उपचारको राम्रो प्रबन्ध भए हाम्रो पैसा विदेश पुग्ने थिएन, रोगीले अनावश्यक यात्राको कष्ट भोग्नुपर्ने थिएन र विदेशी जनताको निम्ति बनाइएको ठाउँ नेपालीहरूले ओगटेर अरूलाई अप्ठ्यारो र असजिलो पार्नुपर्ने थिएन । क्रान्तिले बाहेक आजको सरकार र व्यवस्थापनले जनताको स्वास्थ्यको राम्रो प्रबन्ध गर्न सक्दैन । क्रान्तिलाई विजयसम्म लैजान बलिदानको आवश्यकता छ र त्यो बलिदान देशमा २-४ वर्षभित्र भोक र उपचारविना मरेका जनताको सङ्ख्याभन्दा कम हुनेछ । क्रान्तिपछि जनताले भोक र उपचारविना अकालमा मर्नुपर्ने छैन । सबै जनताले काम-माम पाउनेछन् र सबै जिल्ला अनि गाउँमा अस्पताल, हेल्थसेन्टर र हेल्थपोस्ट खुल्नेछन् । गरिबका छोराछोरीले पनि स्वदेशमा डाक्टर, कम्पाउन्डर अनि नर्स पढ्न पाउनेछन् र अरू स्वास्थ्य स्वयंसेवकहरूले तालिम पाउनेछन् । अध्ययन र तालिमपछि काम पाउनेछन्; बेकार बस्नुपर्ने छैन । बिरामी जनताले उपचार गर्नेहरूबाट राम्रो सेवा पाउनेछन् र स्वास्थ्यलाभ गरेर फेरि देशको उत्पादन कार्यमा भाग लिन पाउनेछन् ।
देशमा यस्ता सबै बन्दोवस्त गर्न क्रान्ति नै पहिलो सर्त हो । क्रान्ति गर्न सारा जनतालाई एकगठ गर्नुपर्छ । क्रान्ति गर्न जनतालाई एकगठ गर्नु नै जनताको राजनीति हो। विनाभेदभाव सबै जनताका छोराछोरीले विज्ञान र डाक्टरी पढ्ने अवसर पाउन विज्ञान र डाक्टरी पढ्ने विद्यार्थीहरूले पहिले राजनीतिमा भाग लिनुपर्ने हुन्छ । तिमी साँच्चै जनताको डाक्टर बन्न चाहन्छ्यौ भने सबभन्दा पहिले तिमीले आफूलाई क्रान्तिकारी पार्टीको एक कार्यकर्ता सम्झनुपर्छ । यस हिसाबले तिमीले विज्ञान र डाक्टर पढ्यौ भने लाखौं-लाख जनताको सेवा गरेर आफ्नो कर्तव्य पालन गर्न सक्नेछ्यौ । क्रान्तिभन्दा पहिले डाक्टरको सेवा एक बाल्टिन पानी सफा गर्नु जस्तै हो भने क्रान्तिपछि एक डाक्टरको सेवा समुद्रको सबै पानी सफा गर्नुजत्तिकै हुनेछ । बहिनी, अब तिमी नै भन ! एक बाल्टिन पानी सफा गर्ने डाक्टर बन्न चाहन्छ्यौ वा समुद्र सफा गर्ने महान् डाक्टर बन्छ्यौ ?
खराब र स्वार्थी डाक्टरको आलोचना गरेकोमा तिमीले रिसाएर सोध्नेछ्यौ, ‘के त्यसो भए क्रान्तिलाई डाक्टर चाहिन्न, दाजु ?” बहिनी, क्रान्तिलाई डाक्टर चाहिन्छ; हामीसँग क्रान्तिकारी डाक्टरहरू पनि छन् तर साहै कम छन् । क्रान्तिकारी डाक्टरहरूले पार्टीको निर्देशनमा पैसा नलिई गरिब जनतालाई जाँच्छन्; बडो मिहिनेती र नम्र भएर रोगीहरूको सेवा गर्छन् । तिनीहरू नमुनाको निम्ति आएका औषधीहरू गरिब जनतालाई दिन्छन् । पर्चा छर्न, किताब र पत्रपत्रिका छाप्न चन्दा दिन्छन् । पार्टी कार्यकर्ता बिरामी पर्दा आफ्नै परिवारका सदस्यलाई जस्तै उपचार र हेरचाह गर्छन् । असल डाक्टरहरूलाई थाहा हुन्छ पार्टी कार्यकर्ताहरू क्रान्तिका अग्रदूत हुन्, पार्टी कार्यकर्ताहरू नभए पार्टी हुन्न, पार्टी भएन भने क्रान्ति पनि हुन्न । नेपालमा साँचो क्रान्ति वा आमूल परिवर्तन गर्नेहरू तयार नहोऊन् भनेर सरकारले विद्यार्थीलाई भारत र अन्य देशमा पढ्न पठाउँदै छ । वीर अस्पताल, शिक्षण अस्पताल र पाटन अस्पतालले बर्सेनि १२ समयभन्दा बढी डाक्टर र नर्सहरू उत्पादन गर्न सक्छन् । तर, नेपाली कांग्रेस, एमाले र एमाओवादीजस्ता राजनीतिक दलका सरकारको खोटो नीतिका कारण अर्थात् नेपालमा विदेशी कलेज खोल्ने अनुमति दिँदा र डलर दिएर विदेशमा पढाउने नीतिले गर्दा हजारौं छात्रछात्रा विदेश जाँदै छन् र नेपालका ५०० भन्दा बढी कलेज बन्द हुने संघारमा छन् ।
पार्टी कार्यकर्ता देश र जनताका आँखा र कान हुन्; सबभन्दा मूल्यवान् सम्पत्ति हुन् । तिनीहरूको अपमान गर्नु देश र जनताकै अपमान गर्नु हो । क्रान्ति भनेको गृहयुद्ध पनि हो; युद्धको बेलामा कार्यकर्ता र क्रान्तिकारीहरू बिरामी वा घाइते हुनेछन् । त्यसबेला पनि डाक्टरको सेवा आवश्यक हुन्छ । हामी विज्ञान र डाक्टरविरोधी होइनौं; हामी त विज्ञान र डाक्टरका साथी हौं तर कुरा के हो भने संसारमा डाक्टर नै सबथोक होइनन् । हाम्रो देशमा हजारौं-हजार डाक्टर र उपचार गर्ने कामदारहरू आवश्यक छँदाछँदै पनि क्रान्ति सबभन्दा पहिलो कुरो हो । क्रान्तिले मात्रै हजारौं-हजार डाक्टर, इन्जिनियर, वैज्ञानिक जन्माउन सक्नेछ । आज क्रान्तिकारीहरूकै सबभन्दा बढी खाँचो छ । यसकारण, युवा, विद्यार्थी, डाक्टर, कम्पाउन्डर, स्वास्थ्यकर्मी र अरू बुद्धिजीवीहरूले पनि क्रान्तिकारी भई क्रान्तिमा भाग लिनुपर्छ । बहिनी, तिम्रो चिठीको उत्तर लामो भएजस्तो छ । इन्जिनियर बन्ने माहिलो भाइ अनि रसायनशास्त्री र वैज्ञानिक बन्ने साहिँलो र काइँलो भाइको उत्तर अर्को पत्रमा लेख्नेछु ।
माया गर्ने दाजु किरण नेपाली
मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी