दोस्रो/तेस्रो अध्याय समाजवादी समाजबाट साम्यवादी समाजमा सङ्क्रमण

नारायणमान बिजुक्छेँ
जन–कम्युनको स्थापनाको सुरु सुरुमा चिनियाँ जन–कम्युनलाई हरेक व्यक्तिले हरेक किसिमको नाउँ दिएका थिए । जन–कम्युनलाई कसैले ‘ठुलो सहकारी संस्था’ कसैले ‘अगाडि बढेको सहकारी संस्था’ आदि भिन्नभिन्न किसिमका नाउँ दिए । तर, अध्यक्ष माओ त्सेतुङले त्यसलाई ‘जन–कम्युन’ को नाउँ दिनुभयो । उहाँको भनाइमा जन–कम्युन सहकारी संस्थाभन्दा आकारमा धेरै ठुलो र बढी समाजवादी स्वभावको छ ।
अध्यक्ष माओले साँच्चै ठीक भन्नुभएको थियो– उहाँको ‘ठुलो आकार’ भन्नुको अर्थ हो, “जन–कम्युनको खेती उत्पादक सहकारी संस्थाहरूको भन्दा बढी आकारमा ठुलो हुनु हो किनभने खेती सहकारी संस्थाहरूमा सालाखाला बढीभन्दा बढी १००–२०० घर हुन्छन् । तर जन–कम्युनमा २,००० देखि २०,००० घरसम्म सम्मिलित भएको हुन्छ । त्यो खेती सहकारी संस्थाभन्दा आकारमा मात्रै बढी होइन कि श्रमशक्ति, जग्गा, आर्थिक स्रोतहरू र साधनहरू आदि सबै कुरोमा धेरै गुणा शक्तिशाली छ ।”
माओको ‘आकारमा ठुलो’ भन्नुको दोस्रो अर्थ हो– खेती सहकारी संस्था खालि कृषिको चौतर्फी विकास, पशुपालन, वन–उद्योग, मत्स्यपालन, कुटीर व्यवसाय आदि साना विकासमा मात्रै सीमित हुन्थ्यो । तर, कम्युनले खेतीको चौतर्फी विकासको साथसाथै उद्योग, व्यापार, यातायात र सञ्चार, शिक्षा र संस्कृति, ठुलठुला योजना, प्रशासन सैनिक कार्यकलाप आदि विविध क्षेत्रहरूको पनि चौतर्फी विकास गर्छ ।
उत्पादन सहकारी संस्थाहरू उत्पादनको कार्यहरूमा मात्र सीमित थिए तर कम्युनमा उत्पादनको कार्यसँगै सहर र गाउँको सहकारी वा राज्यको प्रशासकीय अङ्गको साथै कम्युनको प्रबन्ध पनि गाभिएको हुन्छ । यस किसिमबाट कम्युनमा सहर र गाउँ उत्पादनको काम र सहकारी प्रशासन पनि एकै ठाउँमा सम्मिलित भएको हुँदा यी उत्पादक खेती सहकारीभन्दा आकारमा ठुलो भएको हो ।
अध्यक्ष माओको ‘बढी समाजवादी स्वभाव’ भन्नुको अर्थ हो– कम्युनमा व्यक्तिगत उत्पादनका साधनहरू बिस्तारै सामूहिक मालिकत्वमा परिणत भएर सामूहिक मालिकत्व, सबै जनताको स्वामित्वमा परिणत हुनसक्ने सबभन्दा सजिलो माध्यम हुनु हो ।
दोस्रो, कम्युनले आइमाईहरूलाई उत्पादनको काममा भाग लिन लगाउन प्रोत्साहन दिन घरेलु कार्यबाट मुक्त गर्न, सामूहिक भान्छाघर, शिशुशाला, बालोद्यान, लुगा सिउने दल आदिको स्थापना गरेर ‘हरेकलाई कामअनुसार’ को ज्याला र इनामको व्यवस्था गथ्र्यो । साथै कम्युनले कामदारहरूको ज्याला घरको संरक्षकलाई नदिएर सोझै कामदारहरूलाई नै दिएर पुरानो सामन्तवादी प्रिति प्रथालाई अन्त ग¥यो ।
यसबाहेक कम्युनले बिनापैसाले खाने, लाउने, बस्ने, पढ्ने, अन्तिम संस्कारको व्यवस्था, विवाह, सुत्केरी, मनोरञ्जन, स्वास्थ्य रक्षा आदि जीवनका तल्ला आवश्यकताहरूलाई पूर्ति गर्ने व्यवस्था ग¥यो । उपर्युक्त कुराहरूले अध्यक्ष माओको उक्तिले आकार र बढी समाजवादी स्वभावलाई स्पष्ट गर्छ ।
तर, कम्युनमा समाजवादी स्वभावमात्र भएको होइन बरु चाहिए जति खानाको निःशुल्क वितरण, सबै जनताको स्वामित्व (सामूहिक सम्पत्तिमा), एउटै संस्थामा खेती, उद्योग, व्यापार, शिक्षा र संस्कृति, जनसेना र प्रशासकीय कार्य आदिले गर्दा चिनियाँ समाज साम्यवादी समाजमा भित्रिन चाहिने परिस्थितिहरू पनि विद्यमान देखिए । चिनियाँ गाउँहरूमा प्राथमिक सहकारीबाट अगाडि बढेको सहकारी संस्थामा परिणत भएजस्तै चीनको खेती व्यवस्थामा पूर्ण यान्त्रिक र विद्युतीयकरण भई उत्पादनका साधनहरूमा गुणात्मक परिवर्तन भइसकेपछि जन–कम्युन अगाडि बढेको कम्युनमा बदलिनेछ, त्यसबेला चिनियाँ समाजमा ‘हरेकलाई कामअनुसार’ को सिद्धान्तबाट ‘आवश्यकताअनुसार’ को वितरणको सिद्धान्त लागू भएर साम्यवादी समाजमा भित्रिनेछ । त्यसबेला चीनमा सहर र गाउँको फरक, किसान र मजदुर, बौद्धिक काम र शारीरिक काममा भेद देखिने छैन । अनि चिनियाँ जनता साधनहरूको प्रचुरता भएको समाजमा भित्रिने छन् । त्यो आदर्श समाजको कल्पना, धेरै वर्ष अगाडि साम्यवादका चिन्तक, प्रवर्तक, श्रमिक जनताका महान् नेता कार्ल माक्र्स र फेडरिक एङ्गेल्सले गर्नुभएको थियो ।
तेस्रो अध्याय
पेचिङको एक सहरी कम्युन
चीनमा सबभन्दा पहिले जन–कम्युनको स्थापना गाउँ–गाउँमा भएको थियो । पछि गाउँ–गाउँको जन–कम्युनको सफलताले सहर सहरमा पनि जन– कम्युनको स्थापनाको आन्दोलन चल्यो । आन्दोलनको सुरु सुरुमा सहरका पुँजीपतिहरू, उच्च मध्यमवर्ग र पुँजीवादी बुद्धिजीवीहरू कम्युन स्थापना गर्ने पक्षमा थिएनन् । बहुमत जनता कम्युन बनाउने पक्षमा थिए । सन् १९५९ को अन्त र १९६० को सुरु सुरुमा सहरी कम्युनको स्थापनाको आन्दोलन तीव्रगतिले चलिसकेको थियो । तर, सहरी कम्युनले त्यतिबेलासम्म गाउँका कम्युनहरूले जस्तो विकास गरिसकेको थिएन ।
सन् १९६० जून ९ मा बिहान हामीले अन्तर्राष्ट्रिय युवक–विद्यार्थी स्वास्थ्य निवास छोड्यौँ र पेचिङको छिङच्याङ होटलमा बस्यौँ । हामी स्वास्थ्य निवास छाडेका साथीहरू करिब करिब २०–२५ जना थियौँ, जसमा नेपाली, भारतीय, मंगोलियाली, कोरियाली र भियतनामी मित्रहरू थिए ।
पेचिङ चीनको राजधानी हो, जहाँ सन् १९४९ मा अध्यक्ष माओ त्सेतुङले जनवादी चीनको स्थापनाको बिगुल फुक्नुभएको थियो । पेचिङ एउटा ठुलो सहर हो । त्यसको बृहत्ताकारले हामीलाई अन्योलमा पा¥यो । स्वास्थ्य निवासबाट बिदा लिनुभन्दा केही महिना अगाडिदेखि नै हामीलाई बरोबर पेचिङका दर्शनीय स्थानहरू हेर्न लगिन्थ्यो । हामीले धेरै लामा लामा चौडा सडकहरूमा गयौँ, धेरै पुराना ऐतिहासिक स्मारकहरू हे¥यौँ । हप्तैपिच्छे र महिनैपिच्छे गइरहेको सडक र ठाउँहरू सधैँ नौलोजस्तो लाग्थ्यो र आश्चर्य लाग्थ्यो ।
आखिर पेचिङ छ कत्रो ? त्यसो भए के ड्रात्र र गाइड (द्वेभाषी) को चलाकी हो त ? अहँ, अवश्य होइन ।
पेचिङ साँच्चिकै ठुलो सहर रहेछ । तर, यो कुरो साँचो हो कि पुरानो पेचिङ आजको नयाँ पेचिङजस्तो थिएन । यस हप्ता या महिनामा भत्काइरहेको पुरानो बजारमा अर्को हप्ता वा महिनामा माइलाँै माइल लामो नयाँ बजार बनिसक्थ्यो । कस्तो आश्चर्यजनक कार्य द्रुतता ¤ त्यस्तै कार्य दक्षता र कार्य द्रुतताले नै त्यत्रो गरिब चीनलाई साम्राज्यवाद, पुँजीवाद र सामन्तवादको बलियो सिक्रीलाई चुँडालेर अत्याचार, व्यभिचार र अनाचारको अखाडामा शान्ति, सुन्दर र आनन्द स्थल बनाउन सके । हामीले पेहाई पार्क, ग्रीम दरबार, स्वर्गको दरबार, चन्द्रमाको आमन्त्रण स्थलजस्ता प्राचीन कलाकृतिपूर्ण दर्शनीय स्थानहरू र कामदार स्टेडियम, पिपुल्स काङ्ग्रेस हल (जन प्रतिनिधिसभा भवन) जस्ता आश्चर्य पार्ने नयाँ भवनहरू हेरिसकेका थियौँ र चिडिया खाना, बायोलोजिकल जू सङ्ग्रहालय आदि ठाउँहरू पनि गइसकेका थियौँ । तर, पनि पेचिङमा हेर्ने थुप्रै स्थानहरू बाँकी नै थिए ।
९ तारिखमा हामी पेचिङ विश्वविद्यालय र ऐतिहासिक सङ्ग्रहालय, चिनियाँ सांस्कृतिक केन्द्र, थेन–आनमन चोक, पेचिङ पुस्तकालय, कपडा कारखाना आदि ठाउँहरूको कार्यक्रम १०, ११ र १२ तारिखतिर थियो । तर, हामी समयको अभावले धेरै हेर्नलायक ठाउँहरूमा जान सकेनौँ । पुरानो पेचिङ सहर त्यति ठुलो थिएन, जति नयाँ छ । पुरानो सहरको चारैतिर ठुल–ठुला पर्खालले पेचिङ घेरिएको थियो । क्रान्तिपछि कति ठाउँका पर्खालहरू भत्काउँदै पुरानो साँगुरो पेचिङलाई फराकिलो बनाउँदै थिए । तर, हामीले सबैजसो ठाउँमा एउटा चीज राम्रो देख्याँै, त्यो हो – पुरानो स्मारकको राम्रो संरक्षण ।
पेचिङको प्रशंसा गर्नलायक चीजहरूमध्ये प्राचीन कला, अति राम्रो प्रतिनिधिसभा भवन, उपनगरहरू र सडकहरू हुन् ।
साँच्चै नयाँनयाँ उपनगरहरू, पेचिङ हवाई अड्डा र थेनआनमेन चोकको सडक र संसद् भवनजस्ता आश्चर्यजनक भवनले पेचिङको स्मृतिलाई सदा ताजा राख्नेछ ।
१० जूनको बिहानको खानापछि हामी होटेलबाट पेचिङको पुरानो सहरतिर गइरहेका थियौँ । सडकका दुवै पेटीहरूमा आ–आफ्ना काममा जान लागेका हट्टाकट्टा र हँसिला मुहारका चिनियाँहरू समूह समूहमा गइरहेका थिए । ठाउँ–ठाउँमा पुराना एकतले घरहरू भत्काउँदै ठुलठुला घरहरूको निर्माण खूब जोडतोडले भइरहेको थियो । क्रान्तिपछि बनेका नयाँ पेचिङका भवनहरू नयाँ प्रकारका थिए र पुरानो पेचिङ सहरका घरहरू आफ्नै चिनियाँ कलायुक्त थियो । नयाँ पेचिङको ट्रक र मोटर हिँड्ने सडकमा पार्कजस्ता बिचबिचमा फूलबारी बनाइएका र बगैँचाजस्तो र लहरै मिलेका नयाँ शैलीका घरहरू हेर्दा सा¥है नौलो लाग्थ्यो । बस पुरानो सहर हुँदै एक गल्लीमा गएर अड्यो । मोटरबाट ओर्लेर हामी अलि पर पुग्नासाथ दुई तीन जना युवा युवतीहरूले हात मिलाएर स्वागत गरे । पुरानो चिनियाँ कलाले युक्त एकतले घरमा सँगै गयौँ । ढोकाको दायाँबायाँ चित्रहरू लेखिएको थियो, काठमाडौँ उपत्यकाका नेवारहरूको पुराना घरहरूको ढोकामा लेखेजस्तै ।
एक दुई चोक हुँदै एउटा ल%

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित खबर