तिलोत्तमा । रूपन्देहीको तिलोत्तमा ८ मा संचालित पाण्डे भैसी फर्मको आयोजनामा सार्वजनिक सुनुवाई कार्यक्रम आज (मंगलबार) सम्पन्न भएको छ । फार्मले नेपाल सरकार कृषि तथा पशुक्षी विकाश मन्त्रालयसँग गरेको पूरक लगानीको सन्दर्भमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।
फार्मका अध्यक्ष विष्णु पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्रालयको लाइभस्टक सेक्टर इनोवेशनको उत्पादनमूलक गठबन्धनमा आधारित “स्वच्छ दुध उत्पादनका लागि व्यवसायिक भैसीपालन” उप–आयोजनाको प्रावधान बमोजिम सार्वजनिक सुनुवाई गरिएको आयोजकले जनाकारी दिएको छ । सो उप–आयोजनाको लगानीमध्ये ५० प्रतिशत सरकारी आयोजनाको एवम् बाँकी आधामध्ये २० प्रतिशत रकम फार्म स्वयंको र ३० प्रतिशत वित्तीय संस्थाबाट लगानी गर्नेगरी सम्झौता भएको सो अवसरमा जानकारी दिइएको थियो ।
उप–आयोजना अन्तर्गत भैसीगोठको थप विस्तार र भैसीको संख्या समेत वृद्धि गर्दै गुणस्तरीय दुध उत्पादन गरिने संस्थाले जनाएको छ ।
विपी गौतमको सञ्चालनमा भएको कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष कृष्ण प्रसाद पौडेलले सरकारी आयोजना सञ्चालन हुनु सुखद रहेको उल्लेख गर्नुभयो ।
सो अवरमा जनभावना माविका प्रअ शम्भु प्रसाद पौडेल, दीपज्योति टोल विकास संस्थाका अध्यक्ष केशव खरेल, जनकल्याण आमा समूहका सरिता भण्डारी लगायतले उप–आयोजनाका बारेमा जिज्ञासा राख्नुभएको थियो ।
पाण्डे भैसी फर्ममा सार्वजनिक सुनुवाई
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?