बुटवल । नेपालका सिमान्तकृत समुदायको मौलीक सिपमा आधारित उत्पादनलाई राज्यले निति नै बनाएर प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ । स्वच्छ व्यवसायी समूह नेपाल, नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी र जागरण मिडिया सेन्टरले मंगलबार रुपन्देहीको तिलोत्तमामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले नितिगत रुपमा साँस्कृतिक तथा रचनात्मक उत्पादनलाई बढावा दिने गरि काम गर्न जोड दिइएको हो ।
स्थानीय श्रोत र साधनमा आधारित उत्पादनले सिमान्तकृत समुदायका महिला तथा युवाहरुको आर्थिक तथा सामाजिक विकासको क्षेत्रमा टेवा पु¥याउने भएकाले प्रदेश सरकारले यतातर्फ ध्यान दिनुपर्नेमा सहभागीहरुको सुुझाव थियो । कार्यक्रममा लुम्बिनी प्रदेशसभाका सदस्य डा. कृष्ण न्यौपानेले स्थानीय स्तरमा उत्पादन हुने खानादेखि विभिन्न खालका उत्पादनलाई बढावा दिनुपर्ने बताए । उनले आफूहरुले यसका लागि आवश्यक परे छुट्टै कानूून निर्माण गर्न पनि तयार हुने बताए । नेपालले श्रमशक्ति मात्रै विक्रि गरेको भन्दै अब उत्पादन विक्रि गर्नुपर्ने उनको भनाई छ ।
कार्यक्रममा प्रदेशसभा सदस्य कमलादेवी विश्वकर्माले श्रमिक वर्गलाई इज्जत नगर्ने नेपाली प्रचलनलाई परिवर्तन गर्नुपर्ने बताईन । उनले स्थानीय स्तरमा सिमान्तकृत समुदायले उत्पादन गरेका हरेक खालका उत्पादनहरुको बजारीकरण गर्दै सम्मान र प्रोत्साहन गर्नुपर्ने बताईन ।
अर्का प्रदेशसभा सदस्य दीपक विश्वकर्माले नेपाली बस्तुको बजारीकरण हुन नसकेकाले यतातर्फ उद्योगी व्यवसायी सबै जिम्मेवार हुनुपर्ने बताईन । स्थानीय श्रोत र सामाग्रीका आधारमा उत्पादन भएका बस्तुहरुले बजारसँग प्रतिस्पर्धा गर्न नसक्ने बताउँदै यसका लागि आफूहरुले पनि सहयोग गर्न तयार रहेको उनले बताईन ।
सांस्कृतिक तथा रचनात्मक उद्योगको प्रवर्धन बिषयक अन्तरक्रियामा स्वच्छ व्यवसायी समूह नेपालका अध्यक्ष सुनिल चित्रकारले कार्यपत्र प्रस्तुत गर्दै स्थानीय सीप, श्रोत, कलालाई उद्योगको रुपमा विकास गरी स्वच्छ व्यवसाय, रोजगारी श्रृजनाको वातावरण बनाउनुपर्ने सुुझाव दिए । उनले लुम्बिनी प्रदेशमा लुम्बिनीसँग जोडेर पनि स्थानीय उत्पादनलाई बृद्धि गर्न सकिने बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका सदस्य विष्णुु माया थापाले साना लगानीमा उत्पादन भएकाहरुको प्रोत्साहनका लागि सरकारले बजेट तथा कार्यक्रममा समावेश गर्ने प्रतिबद्धता जनाईन । कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले सरकारी कार्यालयबाट नेपालमै बनेको कपडा र नेपालकै उत्पादनको प्रयोगलाई नितिगत रुपमा शुरुवात गर्नुपर्ने बताए ।
कार्यक्रममा कानूून महिला, वालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव राजेन्द्र कुमार थापा, श्रम रोजगार तथा यातायात मन्त्रालयका सचिव दीपकराज नेपाल, नेपाल घरेलुु तथा साना उद्योग महासंघका केन्द्रीय अध्यक्ष मोहन कटुुवाल, चेम्बर अफ कर्मश लुम्बिनीका अध्यक्ष टंक प्रसाद पोखरेल, नेपाल घरेलु तथा साना उद्योग महासंघ लुुम्बिनीका अध्यक्ष नेत्रप्रसाद पाठक, स्वच्छ व्यवसाय समूहका उपाध्यक्ष कमल नारायण श्रेष्ठ, रुपन्देही उद्योग संघका बरिष्ठ उपाध्यक्ष कृष्ण पराजुली, रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष गणेश घिमिरे, रामबहादु बुुढा, मनोज भट्टराई लगायले बोल्दै स्वदेशका घरेलु उद्योगहरुको प्रवद्र्धन गरेर आयात विस्थापन गर्नुपर्नेमा जोड दिएका थिए ।
उक्त कार्यक्रममा लुम्बिनीका विभिन्न क्षेत्रका महिला तथा युुवाहरुले उत्पादन गरेका हस्तकलाका सामाग्री तथा खाद्य उत्पादनहरुको प्रदर्शनी समेत गरिएको स्वच्छ व्यवासयी समूूहका निर्देशक श्रद्धा थापाले जानकारी दिईन ।