रुपन्देहीमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदै छ । मंगलवार र बुधवार दुइ दिन ६ महिना देखि ५९ महिना उमेर समूहका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने भएको हो ।
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम तथा जुकाको औषधि खुवाउने कार्यक्रम अन्तरगत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
यसैविच लुम्बिनी प्रदेशका सबै पालिकाहरुमा मंगलवार र पहिलो दिन छुटेका हरुका लागि दोस्रो दिन अर्थात बुधवार भिटामिन ‘ए’ तथा जुकाको औषधी खुवाउने व्यवस्था मिलाइएको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।
६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५३ सालबाट भिटामिन ‘ए’ र २०५८ सालदेखि जुकाको औषधि वर्षमा दुई पटक बालबालिकालाई खुवाउने गरिएको छ ।