तिलोत्तमा लगानी सम्मेलन ः विकासमा नयाँ आयाम

भगवती पाण्डे
नेपाल सरकारले समेत नियमित रूपमा लगानी सम्मेलन गर्न नसकेको अवस्थामा रूपन्देहीको तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलनको अवधारणा अगाडि सार्दा धेरैले लगानी सम्मेलन हुन सक्छ भनेर विश्वास गरेका थिएनन् । नगरपालिकाले महत्वाकांक्षी अवधारणा अगाडि सारेको भन्दै टिका–टिप्पणी समेत हुने गरेका थिए । रूपन्देहीको मध्यभागको रहेको तिलोत्तमा बसोबासको हिसाबले मात्र होईन व्यापारिक तथा व्यवसायिक हिसाबले पनि निकै सम्भावना बोकेको नगरपालिका हो । २०७१ सालमा साविकका सातवटा गाविस मिलेर बनेको तिलोत्तमा नगरपालिकामा तीव्र शहरीकरण भैरहेको छ । यहाँ दिनहुँ नयाँ उद्योग, व्यापार, व्यवसाय, होटल, रिसोर्ट खुल्ने क्रम पनि तीव्र छ । बेलहिया– बुटवल ६ लेन सडकले सबैभन्दा बढि भाग ओगटेको तिलोत्तमाले आफूलाई आर्थिक केन्द्रको रूपमा अगाडि बढाउँदै लगेको छ । यसैको एउटा गतिलो प्रमाण हो–तिलोत्तमा लगानी सम्मेलन । तिलोत्तमामा यातायातको सुगमता, प्रशस्त खाली जग्गा तथा पूर्वाधार विकासमा नगरपालिकाले दिएको चासोका कारण यहाँ लगानीकर्ताहरूको आकर्षण छ भन्ने जनप्रतिनिधिले बुझेका थिए । बुटवल र
भैरहवाको ब ी च म ा रहेको तिलोत्तमा नगरपालिका मुलुकमा स्थानीय तहको अभ्यास सुरू भएपछि नै सबैभन्दा बढी चर्चामा रह्यो । स्थानीय सरकारको असल अभ्यासका रूपमा पनि तिलोत्तमा नगरपालिकालाई चिन्ने गरिन्छ । जनप्रतिनिधि निर्वाचित भएर आएको छोटो समयमै स्थानीय तहको कानून आफैं निर्माण गर्ने, नगरपालिकालाई पूर्णसरसफाई उन्मुख नगरपालिका घोषणा गर्ने, सफा र हरियाली सहरको अवधारणा अनुरूप ‘ग्रीन तिलोत्तमाः क्लिन तिलोत्तमा’ कार्यक्रम अगाडि सारेर तिलोत्तमाले प्रशंसा बटुलिरह्यो । २०७६ साल असोज ९ गते अत्यन्त महत्वाकांक्षी काम लगानी सम्मेलन आयोजना गरेपछि त तिलोत्तमाको चर्चा देशभरी भएको हो । नगरपालिकाले लगानी सम्मेलनबाट १५ अर्ब रूपैयाँको लगानी भित्राउने अपेक्षा गरेको थियो । कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य लगायतका १९ वटा परियोजनाबाट मात्रै २ अर्ब बढी लगानी भित्राउने गरी लगानी सम्मेलन सम्पन्न गरेको नगरपालिकाले त्यसको प्रभाव सकारात्मक देखिएको बताएको छ । नगरपालिकाका प्रमुख बासुदेव घिमिरे पहिलो प्रयासमै निजी क्षेत्रबाट आएको लगानी प्रतिबद्धताले आफूहरू निकै उत्साहित भएको बताउँछन् । ‘जनप्रतिनिधि निर्वाचित भएको छोटो अवधिमै आयोजना गरिएको लगानी सम्मेलनमार्फत् तिलोत्तमा लगानीका लागि उपर्युक्त थलो रहेछ भन्ने लगानीकर्तामा छाप छाड्न सफल भएका छौं ।’ घिमिरेले भने । कृषि, पर्यटन, फोहोरमैला व्यवस्थापन, उद्योग, शिक्षा, स्वास्थ्य लगायतका परियोजनालाई नगरपालिकाले प्राथमिकता दिएको थियो । तिलोत्तमा कृषि उपज संकलन तथा प्रशोधन केन्द्र, ढाक्रेबास पर्यटकीय स्थल, तिलोत्तमा मासु प्रशोधन केन्द्र, सिटी कलेज, प्रादेशिक बसपार्क, तिलोत्तमा औद्योगिक क्षेत्र, चीन र भारतलाई समेत व्यापारमा जोड्ने गरी बिजनेश हव, रेल वे रिङरोड जस्ता परियोजनालाई लगानी सम्मेलनमा विशेष प्राथमिकता दिइएको थियो ।
त्यस्तै नगरका ३ स्थानमा स्मार्ट हाटबजार, स्मार्ट पार्किङ स्थल, बाल उद्यान, रोहिणी एकीकृत बहुउद्देश्यीय पर्यटकीय स्थल, तिलोत्तमा मिनी नेपाल, महिला तथा बाल अस्पताल र एकीकृत दुध संकलन तथा प्रशोधन केन्द्र जस्ता परियोजनालाई नगरपालिकाले लगानी सम्मेलनमै समावेश गरेको थियो । भारत, चीन, बंगलादेश र नेपालका गरि करिब ५ सय बढि लगानीकर्ताहरूको सहभागितामा सम्पन्न भएको लगानी सम्मेलनले सरकार, स्वदेशी तथा विदेशी निजी क्षेत्रबीच नेटवर्किङ स्थापित गर्न सफल भएको नगर प्रमुख घिमिरेको बुझाइ छ ।
लगानी सम्मेलनका फोकल पर्सन माधवप्रसाद पोखरेलका अनुसार उद्योग व्यवसाय सञ्चालनको लागि आवश्यक विद्युत्, खानेपानी, सडक जस्ता भौतिक पूर्वाधारमा नगरपालिकाले सहयोग गर्ने छ । साथै यहाँ स्थापना गर्ने उद्योगहरूलाई कर छुटदेखि दर्ता र नक्सा पासमा समेत छुट दिइएको छ । जसले उद्योगीहरूलाई आकर्षित गर्ने अपेक्षा नगरपालिकाको छ । तिलोत्तमा नगरपालिकाको पश्चिम तर्फ तिनाउ नदीको उकास क्षेत्रसँगै पूर्व तर्फको रोहिणी नदी आसपासमा सयौं बिगाहा खाली जग्गा छ । ती क्षेत्रमा विभिन्न योजनाहरू सञ्चालन गर्न सके तिलोत्तमा मात्र होइन मुलुकलाई नै समृद्ध बनाउने आधार तयार हुने छ ।
लगानी सम्मेलनबाट लगानी भित्रिने निश्चित भए पनि कतिपय सरकारी नीतिकै कारण सोंचेजस्तो लगानी भित्राउन कठिन भएको फोकल पर्सन पोखरेलको भनाइ छ । तर पनि तिलोत्तमा नगरपालिका उद्योगी व्यवसायीलाई प्रोत्साहन र प्रवद्र्धन गर्न सधै अग्रसर छ र नागरिक पनि लगानीका लागि उत्साहित छन् भन्ने बुझाउन लगानी सम्मेलन सफल भएको पोखरेलले बताए । पोखरेलले समुन्नत, सुरक्षित, वातावरणमैत्री र पर्यटनयुक्त सहरको रूपमा विकास गर्ने नगरपालिकाको लक्ष्य पूरा गर्ने लगानी सम्मेलनले एक खुड्किलो माथि चढ्ने काम गरेको बताए । ‘लगानी गर्न ईच्छुक लगानीकर्ताहरूलाई स्थानीय तहबाट गर्न सक्ने कर छुट, नक्सा पास, उद्योग तथा परियोजनासम्म जाने सडक, पानी बिजुली जस्ता पूर्वाधार निर्माणमा सहजीकरण गरिरहेको छ । लगानीकर्ताहरू पनि सन्तुष्ट रहेको पाएका छौं ।’ उनले भने । अहिलेसम्म दुग्ध प्रशोधन केन्द्र, रेलवे परियोजना र स्मार्ट एएसी नेपाल व्लक उद्योगले काम अगाडि बढाएका छन् ।
लुम्बिनी प्रदेशका विभिन्न सहकारी संस्थाहरू सदस्य रहेको विशिष्टीकृत सहकारी संघले अगाडि बढाएको परियोजनामा संघीय सरकार, लुम्बिनी प्रदेश सरकार र तिलोत्तमा नगरपालिकाले चासो दिएको प ा े ख र े ल ल े बताए । विशिष्टीकृत स ह क ा र ी संघका अध्यक्ष डा. खगराज शर्माले दुग्ध प्रशोधन परियोजनाको डिपीआर तयार गरि टेण्डर प्रकृयामा जाने तयारी गरिएको बताए । तिनै तहका सरकारले परियोजनाको लागि बजेट छुट्याएको भए पनि संघ र प्रदेश सरकारले कार्यविधि तयार गरि नसकेकोले रकम प्राप्त भैनसकेको उनको भनाइ छ । ‘तिलोत्तमा नगरपालिकाले विशिष्टीकृत सहकारी संघकै नाम उल्लेख गरेकोले छुट्याएको २० लाख रूपैयाँ प्राप्त भईसकेको छ, तर लुम्बिनी प्रदेश सरकारको २ करोड र संघीय सरकारले ८९ लाख ९४ हजार रूपैयाँ रूपन्देहीमा दुग्ध प्रशोधन परियोजनाको लागि भनेर छुट्याएपनि संस्थाको नाम उल्लेख नगरिएकोले कार्यविधि तयार गरेर मात्र बजेट उपलब्ध गराउने भन्ने तयारी छ।’ शर्माले भने ।
सरकारले छुट्याएको रकम उपलब्ध हुने भएपछि १२÷१३ करोड लागतको औद्योगिक भवन निर्माणको तयारी समेत गरिएको शर्माले बताए । परियोजनाको लागि नगरपालिकाले वडा नं. ६ पश्चिम पहुनीमा साढे २ बिघा जग्गा उपलब्ध गराएको छ । संस्थाले जग्गाबापत वार्षिक १ लाख ५० हजार रूपैंयाँ नगरपालिकालाई विशिष्टीकृत सहकारी संघका अध्यक्ष डा. खगराज शर्माले दुग्ध प्रशोधन परियोजनाको डिपीआर तयार गरि टेण्डर प्रकृयामा जाने तयारी गरिएको बताए । तिनै तहका सरकारले परियोजनाको लागि बजेट छुट्याएको भए पनि संघ र प्रदेश सरकारले कार्यविधि तयार गरि नसकेकोले रकम प्राप्त भैनसकेको उनको भनाइ छ । भाडावापत बुझाउने गरी सम्झौता गरेको छ ।
संघ आफैले पनि ९ कठ्ठा ७ धुर जग्गा खरिद गरेकोले तिन बिगाह क्षेत्रमा स्थापना हुने परियोजना मुलुककैं उत्कृष्ट परियोजना बन्ने शर्माको दाबी छ । शर्मा सहकारीमा आबद्ध किसानको उत्पादन बिक्रीको सुनिश्चितता र मूल्य अभिवृद्धि गर्ने, उपभोक्ताका लागि उचित मूल्यमा वस्तु उपलब्ध गराउने र देशमै रोजगारीको वातावरण सिर्जना गर्ने उद्देश्यले दुग्ध उद्योग संचालनको परिकल्पना अघि बढेको बताउँछन् ।
उच्च प्रविधियुक्त बृहत स्तरको यूएचटी दुग्ध प्रशोधन परियोजना अन्तर्गत स्थापना हुने उद्योगबाट प्रशोधित दूध, पनिर, घिउ, बटर, नौनी, कुराउनी, आइसक्रिम, लस्सी, चकलेट, चिज, छुर्पी, मोही, पाउडर दूध आदि दुग्ध परिकार उत्पादन हुने छन् । डिपीआर अनुसार करिब ७२ करोड लागतमा निर्माण हुन लागेको परियोजनामा लुम्बिनी प्रदेशका १ सय १० वटा सहकारी संस्था सदस्य भैसकेका छन् भने ती सहकारीमा आबद्ध २ लाख भन्दा बढी सदस्यहरू अप्रत्यक्ष रूपमा सदस्य बनेका छन् । ती मध्ये २५ वटा दुग्ध सहकारी, २० वटा कृषि सहकारी र बाँकी बचत तथा बहुउद्देश्यीय सहकारी रहेका छन् ।
शर्माले सहकारी अभियान्ताहरूले दुग्ध, रासायनिक मल, सपिङ कम्प्लेक्स जस्तो कुनै एउटा परियोजना गर्ने भनेर गृहकार्य गरिएको भएपनि तिलोत्तमा लगानी सम्मेलनबाटै दुग्ध प्रशोधन परियोजनाको अवधारणा अगाडि सारिएको बताए । ‘हामीले सहकारी अभियानबाट दुग्ध, रासायनिक मल, सपिङ कम्प्लेक्स जस्तो कुनै एउटा ठूलो परियोजना संचालन गर्नुपर्छ भनेर गृहकार्य गरिरहेका थियौं, तिलोत्तमा लगानी सम्मेलनमा दुग्ध परियोजनाको अवधारणालाई अगाडि सारिएकोले यो परियोजना लगानी सम्मेलनकै उपज हो ।’ उनले भने । उक्त परियोजना सम्पन्न भएपछि दैनिक ५० हजार लिटर दूध संकलन हुने अपेक्षा गरिएको छ । यो क्षेत्रमा हाल वार्षिक करिव ४० लाख लिटर दुध उत्पादन हुँदै आएकोमा त्यसैलाई सदुपयोग गरी चकलेट, क्रिम सम्मको उत्पादन गर्ने लक्ष्य सहित लगानी सम्मेलनमै आयोजनाको सम्झौता गरिएको नगर प्रमुख घिमिरेले बताए । त्यस्तै स्मार्ट एएसी नेपाल व्लक उद्योग र तिलोत्तमा रेल वे कम्पनीले पनि लगानी सम्मेलनपछि आफ्ना योजना अगाडि बढाएका छन् । स्मार्ट एएसी नेपाल व्लक उद्योगले रूपन्देहीबाटै उत्पादन सुरू गर्ने तयारी गरिरहँदा तिलोत्तमा रेल वे कम्पनीले तिलोत्तमा रिङरोड भित्र पब्लिक रेल वे संचालनको प्रकृया अगाडि बढाएको छ ।
रेल वे कम्पनीका संचालक डिल्लीनारायण पाण्डेयका अनुसार कम्पनीमा करिब ८ सय सदस्य आवद्ध भइसकेका छन् । ‘कम्पनीमा आवद्ध सदस्यहरूबाट एक÷एक लाख रूपैयाँ संकलन गरि संचालन गरिने ट्राम रेल वे परियोजना ४ वर्षमा निर्माण सम्पन्न गर्ने भनिएपनि कोभिडका कारण केहि पछाडी धकेलिएको हो, अब भने अगाडि बढ्छ ।’ पाण्डेयले भने । रेल वे कम्पनीका प्रबन्ध निर्देशक भोला शर्माले तिलोत्तमा नगरपालिकालाई बीचमा पारेर ५० किलोमिटरमा रेल वे संचालन हुने जानकारी दिए । ‘रेल वे को लागि डिपीआर बनाउने काम अन्तिम चरणमा पुगेको छ, पब्लिक कम्पनी मार्फत संचालन हुने परियोजनामा तिनैतहका सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिसकेका छन् ।’ शर्माले भने ।
बुटवल र तिलोत्तमाको संगमस्थल योगिकुटीबाट सुरू हुने रेल वे शंकरनगर बनबाटिका, प्रदिपनगर, भुल्काचोक, रामनगर, रोहिणी ड्याम, कान्छीबजार, जमुनिया, ठटेरिया, विपीग्राम, कोटिहवा, टाईगर प्यालेस, रेहरा, चिल्हिया, बनकट्टी, पश्चिम पहुनी, डिंगरनगर र १० नम्बर चोक हुँदै शान्तिचोकसम्म जोडिने छ । शर्माका अनुसार यी सबै स्थानमा रेलमा चढ्ने र झर्ने स्टेशन समेत निर्माण गरिने छन् । उनी ट्राम रेल संचालनपछि तिलोत्तमा क्षेत्रको पर्यटन र कृषिको विकासमा टेवा पुग्ने बताउँछन् । ल ग ा न ी सम्मेलनका फोकल पर्सन पोखरेल रेल वे परियोजना लगानी सम्मेलनको महत्वपूर्ण उपलब्धी भएकोले नगरपालिकाले सहजिकरण गरिरहेको बताए । पोखरेलका अनुसार ठूला परियोजनासँगै उद्योगी व्यवसायीले आफैले जग्गाको व्यवस्थापन गर्न सक्ने साना उद्योग व्यवसायहरू संचालन हुने क्रम बढिरहेको छ । पोखरेलले ठूला परियोजनालाई धेरै जग्गा चाहिने भएकोले तिलोत्तमामा प्रशस्त सरकारी जग्गा भएपनि जग्गा दिने अधिकार स्थानीय सरकारलाई नभएकोले लगानी गर्न चाहने लगानीकर्ताहरू आउन नसकेको बताए । ‘नगरपालिकामा सरकारी जग्गा प्रशस्त रहे पनि जग्गा दिने अधिकार स्थानीय सरकारलाई छैन, त्यसले पनि लगानी गर्न चाहने लगानीकर्ता आउन सकेका छैनन् ।’ उनले भने । जग्गाको मूल्य अधिक भएकोले तिलोत्तमामा उद्योगीले जग्गा किनेर उद्योग सञ्चालन गर्न सक्ने अवस्था छैन । सरकारले जग्गा लिजमा भएपनि दिन सक्ने हो भने विदेशी लगानीकर्ता समेत यहाँ आउन ईच्छुक छन् ।
नगरको बीचबाट बनेको बुटवल–बेलहिया व्यापारिक मार्ग, बौद्ध परिक्रमा पथ, निर्माणको अन्तिम चरणमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र भारतीय सीमा नाकाबाट नजिक रहेको र पर्याप्त खुला क्षेत्र, सडक, विद्युत्, पानीको पर्याप्तता जस्ता कारणले साना ठूला उद्योग व्यवसायमा तिलोत्तमामा लगानी गर्ने क्रम तीव्र रूपमा बढिरहेको छ । नगरपालिकाले न्यूनतम ५० जना सम्मलाई रोजगारी दिने परियोजनालाई स्थापनाको ५ वर्षसम्म व्यवसाय करमा ५० प्रतिशत छुट दिने घोषणा गरिसकेको छ ।
न्यूनतम ३ सय जनासम्मलाई रोजगारी दिने परियोजनालाई स्थापनाको १० वर्षसम्म व्यवसाय करमा ७५ प्रतिशत छुट दिइने तथा ३ सय जना भन्दा माथि ५ सय जना सम्मलाई रोजगारी दिने परियोजनालाई स्थापनाको १२ वर्षसम्म व्यवसाय करमा ९० प्रतिशत छुट दिने र ५ सय जना भन्दामाथि रोजगारी दिने परियोजनालाई स्थापनाको १५ वर्षसम्म व्यवसायिक करमा शतप्रतिशत छुट दिने नगरपालिकाले घोषणा गरिसकेको छ ।
यसैगरी परियोजनाको भवन, टहरा तथा संरचना निर्माणको लागि नगरपालिकाबाट नक्सा पास गर्दा ५० देखि ३ सय जना सम्मलाई रोजगारी दिने परियोजनालाई ५० प्रतिशत नक्सा पास दस्तुरमा छुट दिने नीति नगरपालिकाले लिएको छ । कृषिमा आधारित दुग्ध उद्योग, मत्स्यपालन, माछाभुरा उत्पादन, प्रशोधन एवं लगानी सम्मेलनमा सम्झौता भएका परियोजनामा जाने र आउने बाटोको पहुँच सुविधा समेत नगरपालिकाले उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।
नगरपालिकाले कृषिमा आधारित दुग्ध उद्योग, मत्स्यपालन, माछाभुरा उत्पादन, प्रशोधन एवं प्याकेजिङ, कोल्ड स्टोरेज, आदिलाई परियोजना स्थापनाको ७ वर्ष सम्म नगरपालिकाले लिने व्यवसायिक कर र नक्सा पास दस्तुरमा ५० प्रतिशत छुट दिएको छ । सोही अनुसार तिलोत्तमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रलाई परियोजना स्थापनाको ७ वर्षसम्म नगरपालिकाले लिने व्यवसाय करमा लाग्ने रकम तथा नक्सा पास दस्तुरमा ६० प्रतिशत छुट दिएको नगरप्रमुख घिमिरेको भनाइ छ । पर्यटन तथा मनोरञ्जनसँग सम्बन्धित होटल तथा मनोरञ्जनसँग सम्बन्धित परियोजनालाई पनि स्थापनाको ५ वर्षसम्म नगरपालिकाले लिने व्यवसाय करमा लाग्ने रकम तथा नक्सा पास दस्तुरमा ५० प्रतिशत छुट दिएको छ । लगानी सम्मेलनकै उपलब्धि स्वरूप युकेएड र नगरपालिकाबीचको साझेदारीमा प्राविधिक जनशक्ति उत्पादन गर्ने गरी सीप परियोजना सञ्चालन गर्ने प्रतिबद्धतामा प्रारम्भिक सम्झौता भएको छ ।
यस्तै नेपाल बैंक लिमिटेडले नगरभित्रका वैदेशिक रोजगारबाट फर्किएर स्वदेशमै आत्मनिर्भर हुन व्यवसाय सञ्चालन गर्न चाहने, द्वन्द्वपीडित र विपन्न परिवारका जनतालाई नगरपालिकाको सिफारिसमा सहुलियत कर्जा उपलब्ध गराउन एक करोड लगानी गर्ने प्रतिबद्धता आएकोमा त्यो हाल कार्यान्वयन मा छ । लगानी सम्मेलनमै रिडी हाइड्रोले ८० करोडको लगानीमा सौर्य ऊर्जा स्थापना गर्ने, एकअर्ब ६० करोडको लगानीमा भाटा रिसोर्ट प्रालि सञ्चालन गर्ने र मिनि नेपाल प्रालिले पर्यटनको क्षेत्रमा स्मार्ट पार्क स्थापना गर्न एक अर्ब ५० करोड लगानीको प्रतिबद्धतामा सम्झौता गरेका छन् ।
यसका साथै संघीय सरकारको लगानीमा यसअघिनै घोषणा भएको फोहरमैला प्रशोधन केन्द्र र कृषिउपज संकलन केन्द्रको परियोजनाको कामसमेत अघि बढाउने घोषणा गरिएको थियो । लगानी सम्मेलनमा आएका लगानीका प्रस्तावबाहेक निजी क्षेत्रबाट करीब दुई दर्जन उद्योग तथा व्यावसायिक क्षेत्रका लगानीको समेत प्रतिबद्धता जाहेर गरिएको छ । यसका लागि डेरी, मिठाई, कमर्सियल फार्मिङ, स्मार्ट टनेल खेतीजस्ता निजी क्षेत्रबाट लगानीको प्रतिबद्धता आएको नगरप्रमुख घिमिरेले बताए ।
(तिलोत्तमा दर्पणबाट साभार)

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

सम्बन्धित खबर