हाम्रो बारेमा

जनताको प्रजातन्त्रका लागि प्रकाशित तथा प्रशारित “लुम्बिनी पत्र” एक अनलाईन डिजिटल पत्रिका हो। यस पत्रिका मार्फत देश र जनताको पक्षमा वकालत गर्न उत्प्रेरित राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार, लेख, रचनाहरु प्रकाशित हुनेछन।

अहिलेसम्म प्रशारित तथा प्रकाशति हरेक समाचार, लेख तथा रचनाहरुले पुँजीवादी समाज, अर्थ ब्यबस्था, जिवन शैलीलाई महत्व दिदै आइरहेको छ। जसले देशको सार्वभौमिकता, सुशासन, देशभक्त नागरिक निर्माण र अनुशासित बनाउने तर्फ उद्धेलित नभएको सन्दर्भमा देश र जनतामा समर्पित विचारप्रधान संचार माध्यमको रुपमा “लुम्बिनी पत्र” प्रकाशन तथा र प्रसारणमा ल्याइएको हो।

समाजको आमुल परिवर्तनको लागि स्थापना गरिएको गैरनाफामुखी सञ्चारमाध्मको रुपमा यस “लुम्बिनी पत्र”लाई बि.सं. २०८० फागुन ३ गते ई.सं. २०२४ फेव्रुअरी १२ गते देखि निरन्तर प्रकाशन र प्रशारण हुदै आएको हो । 

साथै यस पत्रिकामा प्रकाशित हरेक समाचार, लेख, रचनाहरुले कामगरी खाने बहुमत जनता,देशभक्त कर्मचारी, शिक्षक, उद्योगी, ब्यबसायी, मजदुर किसान, बुद्धिजिवी, बिभिन्न पेशाकर्मी, खेलाडी, कलाकारहरुको पक्षमा र देशको भुगोल, हावा, पानी र माटो सुहाउदो वर्ग विहिन समाज निर्माणको पक्षमा वकालत गर्न उत्प्रेरित गर्न उद्धत हुने छ।