spot_img

नेपालका सम्पूर्ण पालिकाको विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा
काठमाडौँ महानगरपलिकाका प्रमुख बालेन शाहले जुनसुकै पालिकाका गरिव तथा असहायको उपचार काठमाडौँ महानगरले गर्ने बताएका छन् । सम्बन्धित वडाको सिफारिस लिएर आएमा निःशुल्क उपचार गरिने उनको भनाइ छ । आज सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– ‘नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आउनुहोला । हामीसँग ४३ अस्पतालका ३२३ बेड आबद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुनेछ । ‘

साथै प्रमुख शाहले निःशुल्क उपचारबारे थप जानकारी चाहिएमा, काठमाडौँ महानगर स्वास्थ्य विभागमा सम्पर्क गर्न पनि आग्रह गरेका छन् ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर