spot_img

बाणगङ्गाबाट एक महिला हराइन, खोजीमा सघाउन परिवारको आग्रह

बाणगङ्गाबाट एक महिला हराइन, खोजीमा सघाउन परिवारको आग्रह
कपिलवस्तु, वैशाख १७ । कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा नम्बर ८ बण्डौलीकी एक महिला हराएकी छन् ।स्वभाविक रुपमा घरमा रहेको अवस्थामा यही वैशाख १६ गते आइतबारदेखि रीमा पुन ‘थापा ‘मगर’ नाम गरेकी २४ वर्षकी महिला हराएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

पारिवारिक श्रोतले दिएको जानकारीअनुसार रीमा घरबाट निस्कँदा पहेँलो सर्ट, रातो सुरुवाल र रातो चप्पलमै निस्किएकी छन् । आफू जाने ठाउँबारे जानकारी नदिई निस्केको हुनाले साँझसम्म प्रतीक्षामा बसेको र साँझसम्म नआएपछि खोजी कार्यमा लागेको उहाँकी आमाजु उषा कुमाल बिकले बताइन् ।उनका अनुसार परिवारमा श्रीमानसँग सानो मतभेद भएको थियो । रिमाको अवस्थाबारे इलाका प्रहरी कार्यालय पिपरा र सरोकारवालालाई जानकारी गराइएको कुमालले बताइन् ।

रीमा हराएपछि आफू, परिवार र आफन्त तनावमा रहेकाले चाँडै फर्कन रिमालाई कुमालको आग्रह छ । उनको गत असोजमा बिहे भएको कुमालले जानकारी दिइन् ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर