spot_img

झापामा गोलि प्रहारबाट परिक्षा दिएर घरमा आउदै गरेकी विद्यार्थी घाइते

झापामा नचिनेका मान्छेको गोली प्रहारबाट विद्यार्थघाइते

झापाको दमकमा नचिनेका मान्छेको गोली प्रहारबाट उदयपुर घर भई दमकमा बस्दै आएकी १८ वर्षीया विद्यार्थी एनिका अधिकारी घाइते हुनुभएको छ ।

स्थानीय हिमालय माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट कक्षा १२ को परीक्षा दिएर घर फर्किँदै गर्दा अधिकारीमाथि मोटरसाइकलमा आएका व्यक्तिले गोली हानेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

गोली हानेर भागेका ती व्यक्तिको पहिचान खुलेको छैन । घाइते अधिकारीको दमकमा रहेको लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ । घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर