spot_img

सरकारको निर्णयएक सय रुपैयाँको नोटमा नयाँ नक्शा छाप्ने

  • एक सय रुपैयाँको नोटमा नयाँ नक्शा छाप्ने सरकारको निर्णय
    सरकारले नेपालमा हाल चलन चल्तीमा रहेको एक सय रुपैयाँ दरको बैंक नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्शाको सट्टा नेपालको नयाँ नक्शा राखि रुपैयाँ सय दरको बैंक नोटको डिजाइन परिमार्जन गर्न स्वीकृति दिएको छ ।

वैशाख २० गते बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । यस भन्दा पहिला पुरानो नक्शा भएको नोट रहेको थियो ।

त्यस्तै सरकारले वैशाख २८ गते शुक्रवारका दिन २ बजे संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर