spot_img

सैनामैमा सहिद नारायण पोखरेल स्मृति दिवसको अवसरमा ५२ जनाले गरे रक्तदान

सैनामैमा सहिद नारायण पोखरेल स्मृति दिवसको अवसरमा ५२ जनाले गरे रक्तदान

सहिद नारायण पोखरेल स्मृति दिवसको अवसरमा रुपन्देहीको सैनामैना ६ कलौनीमा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा आईतबार खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी सैनामैना दुधराक्ष उपशाखाको विशेष सहयोगमा आयोजित रक्तदान कार्यक्रमको समन्वय युवा रेडक्रस सर्कल सहिद नारायण पोखरेल रामापुर क्याम्पसले गरेको थियो ।
रक्तदान कार्यक्रमको शुभारम्भको अवसरमा बोल्दै सहिद नारायण पोखरेल रामापुर क्याम्पसका क्याम्पस प्रमुख हेमबहादुर थापाले नेपालका प्रथम बाचन शिरोमणि नारायण पोखरेलले नेपालको धर्म संस्कृति संरक्षणमा विशेष र अतुलनीय योगदान गर्नुभएको स्मरण गर्दै उहाँको स्मृतिमा स्थापना भएको क्याम्पस यस क्षेत्रकै शैक्षिक धरोहर बनेको बताउनु भयो । उहाँले सहिद नारायण पोखरेल रामापुर क्याम्पसबाट अहिलेसम्म हजारौं विद्यार्थीले उच्च शिक्षाको अवसर पाएको बताउँदै रक्तदान जस्ता कार्यक्रम गरेर उहाँको स्मरण अझै ब्यापक बनेको बताउनु भयो ।
रक्तदान कार्यक्रममा बोल्दै विद्यार्थीहरुले सहिद नारायण पोखरेलको स्मृतिमा स्थापना भएको क्याम्पसमा आफूहरुले पढ्न पाउनु शौभाग्य भएको स्मरण गर्दै उहाँको स्मृतिमा रक्तदान जस्तो पवित्र कार्यक्रम गरिनु र रक्तदान कार्यक्रममा भाग लिन पाउनु सौभाग्य भएको विचार ब्यक्त गरे ।

क्याम्पसको सभाहलमा विहान आयोजित रक्तदान कार्यक्रममा ५२ जना ले रक्तदान गरेका थिए ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर