spot_img

प्रहरीले बरामद गरेर भन्सारलाई चिनी बुझायो, लिलाम नहुँदा गोदाममै सड्यो एक करोडको चिनी

प्रहरीले बरामद गरेर भन्सारलाई चिनी बुझायो, लिलाम नहुँदा गोदाममै सड्यो एक करोडको चिनी

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका-१ मा रहेको महेशपुर भन्सार कार्यालयको गोदाममा एक हजार आठ सय बोरा चिनी सडेको छ। प्रहरीले बरामद गरेर बुझाएको चिनी लामो समयसम्म गोदाममा थन्किँदा चिनी खान नमिल्ने भएको हो।

भारतबाट अवैधरुपमा भित्र्याएको चिनी गुण नियन्त्रण कार्यालय भैरहवाले खान अयोग्य रहेको भने पछि लिलाम गर्न नमिल्दा एक करोड बराबरको चिनी भन्सारको गोदाममै सडेको हो।

भन्सार कार्यालयका सुचना अधिकारी मोहराज जैसीका अनुसार प्रहरीले अवैध रुपमा भित्र्याइएको कपडा, मोबाइलका पार्टस, हार्डवेयर, विभिन्न प्रकारका मोबाइल कभरसमेत भन्सार कार्यालयमा बुझाएको छ। उक्त सामान लिलाम गर्ने प्रक्रिया लामो हुँदा लिलाम गर्न ढिला भएको छ।
‘समान लिलामका लागि सूचना सार्वजनिक गर्दा व्यापारीहरुले सामानको मूल्य बढी भयो भन्दै लिलाम सकार गर्न नमानेपछि एक करोड मूल्य बराबरको समान गोदामभित्र सडिरहेको छ,’ जैसीले भने।

उद्योग वाणिज्य संघ र भन्सार कार्यालयले समानको बजार मूल्य तोकेका आधारमा बरामद गरिएका सामानहरुको मूल्य तोकेर सामानसहित कारबाहीका लागि प्रहरीले भन्सार कार्यालयमा बुझाउने गरेको जिल्ला प्रहरीका सूचना अधिकारी रेशम बोहराले जानकारी दिए।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर