थोरै आज उहाको बारे चर्चा गरौं । उहाँ हुनु हुन्छ विनोद पाण्डे । उहाँ रूपन्देही जिल्लाको सैनामैना नगरपालिका वार्ड नम्बर ६ मा वसोवास गर्दै आउनु भएको छ। उहाँ पेसा ले एक शिक्षक हुनु हुन्छ। धेरै विद्यार्थी भाइ बैनी हरुको मन् जित्न सफल विनोद पाण्डे शिक्षक मात्र नभई र्यापर पनि हुनु हुन्छ । विषय अचम्म लाग्दो छ तर पेसा ले एक शिक्षक तर र्याप क्षेत्र मा अर्थात् सांगीतिक क्षेत्रमा मा पनि धेरै को मन् जित्न सफल हुनु भएको छ । उहाँ स्टेज प्रोग्राम मा पनि गीत गाउँदै दर्सक हरुको मन् जित्दै आउनु भएको छ । त्यति मात्र नभई र्याप प्रतियोगिता मा पनि जर्ज को भुमिका निभाउदै आउनु भएको छ । उहाको गीत दसैं आयो गाउँघर मा , खाली दिमाग , के सुनाउँ खै , दाई को आवाज जस्ता टन्नै गीत हरु ले हजारौं को मन् जित्न सफल हुनु भएको छ । उहाको गीत मा न कुनै नराम्रो सब्द प्रयोग गरिएको हुन्छ न त कसैलाई गाली गलोच गरिएको हुन्छ। कहिले आमा लाई सम्झिएर कहिले देश को अवस्था बारे त कहिले बलत्कार जस्ता घटना को बारे सब्द समेटी गीत गाउने गर्नु हुन्छ ।
त्यसैले त बच्चा देखि वृद सम्म सबैले मन् पराउने पेसा ले शिक्षक र र्यापर विनोद पाण्डे बन्नु भयको छ । र्याप क्षेत्र मा उहालाई mr. Pandey भनी धेरै ले चिन्ने गर्छन् । र उहाँको भर्खर मात्र Untitled freeverse नया गीत सार्वजनिक गरिएको छ । र उक्त गीत मा र्यापर देखि शिक्षक भयको विनोद पाण्डे ले आफ्नो सांगीतीक क्षेत्र मा गरेको संघर्ष को बारे सँग सँगै जनचेतना दिने गीत गाउनु भयको छ । र सोही गीत को दृश्य मा रुपन्देही को विभिन्न ठाउँ हरुलाई नियाली गराइएको छ जस्तै : लुम्बिनी , सैनामैना ,मलमला अन्य ठाउँ हरु पनि रहेको पाइन्छ । धन्यबाद
विजय सुनार , पेसा ले एक शिक्षक भयका विनोद पाण्डे को नया गीत सार्वजनिक गरिएको छ ।
प्रतिक्रिया



