spot_img

भैरहवा विमानस्थल चिप्लिएको जहाज हटान नसक्दा अवरुद्ध

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा चिप्लिएर धावनमार्गको किनारमा पुगेको बुद्धएयरको जहाज हटाउन नसक्दा बिमानस्थलबाट आज बिहान हुने कुनैपनि उडान हुन सकेको छैन । जहाज चिप्लिँदा जहाज रनवेको छेउमा रोकिँदा बिमानस्थलबाट उठान हुन नसकेको हो ।

काठमाडौँबाट गएराति ९ः३० बजे उडान भरेको ८०५ नम्बरको सो जहाजले विमानस्थलको पूर्वबाट पश्चिमतर्फ अवतरण गर्नेक्रममा चिप्लिएर रनवेबाट ५ मिटर बाहिर माटोमा पुगेको थियो ।
काठमाडौँबाट गएराति ९ः३० बजे उडान भरेको ८०५ नम्बरको सो जहाजले विमानस्थलको पूर्वबाट पश्चिमतर्फ अवतरण गर्नेक्रममा चिप्लिएर रनवेबाट ५ मिटर बाहिर माटोमा पुगेको थियो ।गएराती नै बुद्ध एयरको १५ जनाको प्रापिबधिक टोली आएर जहाज हटाएर मरमत गर्ने प्रयास गरेपनि सफल हुन सकेका थिएनन् । आज बिहानै देखि रनवेबाट जहाज हटाउने प्रयास भइरहेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी मनोहर भट्टले जानकारी दिए ।अहिले काठमाडौंबाट बुद्धएयरको थप प्राविधिक टोली भैरहवातर्फ आउने क्रम रहेको उहाँले बताए ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर