spot_img

दिदी घरमा बस्दै आएकी १७ वर्षकि युवती महाकालीमा नदिमा हाम फालेर वेपत्ता

सुरक्षाकर्मीले जोगाउने प्रयास गर्दैगर्दा महाकालीमा हाम फालेर १७ वर्षीया किशोरी बेपत्ता महाकाली नदीमा हाम फालेर एक किशोरी बेपत्ता भएकी छन्। शनिबार बेलुका दार्चुलाको महाकाली नगरपालिका–४ रिङ्ने ताल क्षेत्रस्थित महाकाली नदीमा किशोरी हाम फालेकी हुन् ।जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार १७ वर्षीया धनिशा कुँवर महाकालीमा बेपत्तामा भएकी छन् । दिदीको घरमा बस्दै आएकी किशोरी महाकालीमा हाम फालेको भिडियो सार्वजनिक भएको छ । महाकालीको किनारको पिल्लर समातेर उभिरहेकी किशोरी आफु नजिक उद्धारको लागि सुरक्षाकर्मी पुगेपछि महाकालीमा हाम फलेको भिडियोमा देख्न सकिन्छ ।जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार किशोरीको खोजी जारी रहेपनि अहिलेसम्म अवस्था पत्ता लागेको छैन ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर