spot_img

रुपन्देहीको शुद्धोधन गाउँपालिकाको आयोजनामा ग्रामीण गर्भवती महिलाहरुको लागि निःशुल्क भिडियो एक्सरे

रुपन्देहीको शुद्धोधन गाउँपालिकाको आयोजनामा ग्रामीण गर्भवती महिलाहरुको लागि निःशुल्क भिडियो एक्सरे सेवा शुभारम्भ कार्यक्रम मानपकडी स्वास्थ्य चौकीमा एक समारोहबीच सम्पन्न भएको छ।उक्त कार्यक्रममा ग्रामीण क्षेत्रका गर्भवति महिलाको अवस्था र पेटभित्रको बच्चाको स्वास्थ्य अवस्था थाहा पाउनको लागि यो सेवा सञ्चालन गरिएको शुद्धोधन स्वास्थ्य शाखा प्रमुख समीर भण्डारीले जानकारी दिनुभयो । गर्भमा रहेको शिशुको अवस्था थाहा पाउन र जटिल अवस्था देखिए समयमै पहिचान गरी आमा र शिशुको स्वास्थ्य अवस्था समाधान गर्न यो सेवाले टेवा पुग्ने बताउदै शुभारम्भकै दिन २४ जना गर्भवति महिलाहरुले सेवा लिएको भण्डारीले बताउनुभयो । ग्रामीण गर्भवति महिलाका लागि निःशुल्क ग्रामिण भिडियो एक्सरे सेवाको एक कार्यक्रमकाबीच मानपकडी स्वास्थ्य चौकीमा शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले शुभारम्भ गर्नुभयो । उहाँले पालिकाबासीलाई सहज र सुलभ रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन गाउँपालिका लागिरहेको बताउनुभयो।गाउँपालिका भित्र भिडियो एक्सरे सेवा नहुँदा यहाँका गर्भवति महिलाहरु समय र पैसा खर्च गरेर बुटवल,भैरहवा र अन्य अस्पतालहरुमा जानुपर्ने बाध्यता रहेकोमा अब
स्थानीयस्तरमै सहज हुने अध्यक्ष बस्यालले बताउनुभयो।
शुद्धोधन ५ का वडा अध्यक्ष चन्द्रभान चौधरीको अध्यक्षतामा र शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको प्रमुख आतिथ्यतामा र शुद्धोधन ४का वडा अध्यक्ष तथा प्रब्क्ता केशव प्रसाद अधिकारीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा स्थानीय गर्भवति महिलाहरुको उपस्थितमा भएको कार्यक्रममा
शुद्धोधन स्वास्थ्य शाखा प्रमुख समीर भण्डारीको स्वागतमा र मानपकडी स्वास्थ्य चौकीका प्रमुख रमेश रिजालको सञ्चालनमा सो कार्यक्रम सम्पन्न भएको थियोे।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर