spot_img

रूपन्देहीको रोहिणी गाउँपालिका अध्यक्षको गाडीमा तोडफोड

रूपन्देहीको रोहिणी गाउँपालिका अध्यक्षको गाडीमा तोडफोड”
रूपन्देही जिल्लाको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव चढ्ने सरकारी गाडीमा तोडफोड भएको छ।

अज्ञात व्यक्तिहरूले बिहीबार राती करिब ११ः३० बजे अध्यक्ष यादवको निवासस्थित लक्ष्मीनगर, रोहिणी–३ मा पार्किङ गरेर राखिएको लु १ झ ३९५ नम्बरको गाडीमा ढुंगा प्रहार गरेका थिए। यसबाट गाडीको अगाडिको सिसा चर्किएको र दायाँ साइडको सिसा फुटेको छ।

अध्यक्ष यादवले घटनाबारे प्रहरीलाई जानकारी दिनुभएको छ । उहाँले सिसिटिभी क्यामेराबाट तोडफोड गर्ने व्यक्तिको पहिचान हुने विश्वास व्यक्त गर्नुभयो । यसअघि पनि, गत वर्ष अध्यक्षको गाडीमा धकधइ–परासी रोडमा केही व्यक्तिहरूले गाडी रोकेर तोडफोडको प्रयास गरेका थिए । त्यतिखेर समयमै प्रहरीको उपस्थिति कारण उनीहरू त्यहाँबाट भाग्न सफल भएका थिए।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर