spot_img

सुनगाभा सैनामैना गोल्डकप : महाबीर क्लब सेमीफाईनल प्रवेश

सुनगाभा सैनामैना गोल्डकप : महाबीर क्लब सेमीफाईनल प्रवेश
फागुन २२ बिहीबार
सैनामैना। सुनगावा सैनामैना गोल्ड कप अन्तर्गत आज एक खेल सम्पन्न भएको छ। आजको खेलमा जित निकाल्दै महाबिर क्लब काठमाडौं रुपन्देहीको सैनामैनामा भैरहेको प्रथम सैनामैना गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाईनलमा प्रवेश गरेको छ । सैनामैना फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिता अन्तरगत विहिबार भएको खेलमा हनामी विएफसी चितवनलाई २-० गोल अन्तरले पराजित गर्दै महाबीर क्लब सेमीफाईनल प्रवेश गरेको हो ।

महाबिरका तर्फबाट पहिलो र दोश्रो हाफमा भएको दुई गोल महाबिरका जर्सी नंं १७ का खेलाडी सुरज चौधरीले गरेका थिए । उनी विहिवारको खेलको म्यान अफ दि म्याच घोषित भए । खेलको पहिलो र दोश्रो हाफमा सुरुदेखि नै खेललाई आफ्नो नियन्त्रणमा लिइ दबाबमा राखेको महाबिरले एक दर्जन बढी अवसरलाई गोल गर्नबाट चुक्यो । उता हनामी बिएफसीको तर्फबाट दुईवटा राम्रा अवसर खेलाडीको मिस पासको कारण गोल पोष्ट चुम्नबाट चुक्यो ।

प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगितामा भोली शुक्रबारको खेल आयोजक मुर्गिया फुटबल क्लब र भारतको सिक्किम क्लवबीच हुनेछ । प्रतियोगिताको विजेताले नगद ७ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेताले नगद ४ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाईनल फागुन २८ गते हुनेछ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर