रुपन्देहीको सैनामैना लागू औषध ब्राउन सुगर सहित सलग्न व्यक्ति पक्राउ
रुपन्देहीको सैनामैना वडा न ४मा गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रैन्यौरा बाट प्रहरी निरीक्षक आदित्य राज विष्ट्को कमाण्डमा खटीएको प्रहरी टोलीले जिल्ला रुपन्देही सैनामैना न.पा. वडा न -०४ निवासी , बर्ष २१ को राम मल्लाहको साथबाट ( ५६० मिलिग्राम ) ब्राउन सुगर सहित निजलाई रीत पुर्वक नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय, बुटवल पठाईएको बताईएको छ ।
रुपन्देही जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धानको कार्य भइरहेको प्रहरी को भनाइ रहेको छ ।
प्रहरी निरीक्षक आदित्य राज विस्ट यस इलाका प्रहरी कार्यालय रन्यौरामा कार्यालय प्रमुख भैइ आयदेखी ४ जना ब्यक्तिलाइ ब्राउन सुगरमा अनुसन्धानको लागि इप्रका बुटवल पठाएको बतायका छन भने प्रहरी निरीक्षक आदित्य राज विष्ट आफ्नो वडा यरियामा लागू औषध दुर्व्यसनी नियन्त्रण गर्नको लागि सामुदायिक प्रहरी साझेदारी कार्यक्रम मार्फत समेत सकृय रहेको पाइयको छ अहिले त्यो क्षेत्रमा शान्ती सुरक्षाको समेत राम्रो रहेको स्थानीय को भनाई रहेको छ ।
रुपन्देहीको सैनामैना लागू औषध ब्राउन सुगर सहित सलग्न व्यक्ति पक्राउ
प्रतिक्रिया



