spot_img

कामाख्या धाममा जन्मोत्सव मनाउदा केबलकारको टिकट निशुल्क

कामाख्या धाममा जन्मोत्सव मनाउदा केबलकारको टिकट निशुल्क

तिनाउ गाउँपालिका वडा नं.–३ बशन्तपुर पाल्पामा अवस्थित माँ कामाख्या धाममा जन्मोत्सव मनाउन जाने यात्रुहरुलाई लुम्बिनी केबलकार दुईतर्फि यात्रा टिकट निशुल्क हुने भएको छ । जन्म दिनको अवशर पारेर माँ कामाख्या मन्दिरमा दर्शन र पूजा गर्न जाने भक्तजनहरुको संख्यामा उल्लेख्य बृद्धि भए संगै यो अफर लागु गरिएको लुम्बिनी केबलकार लिमिटेडले जनाएको छ ।


जन्मोउत्सव मनाउनका लागि जाने यात्रुहरुले केबलकारको निशुल्क सेवा प्राप्त गर्नका लागि स्थानीय तहबाट जारी भएको जन्मदर्ता वा जन्ममिति खुल्ने कागजात पेश गर्नुपर्ने लुम्बिनी केबलकार लिमिटेडले जनाएको छ । साथै जन्मोत्सव विशेष आर्कषणको रुपमा जन्मदिन भएको व्यक्तिको माँ कामाख्या धाममा बैदिक बिधि पूर्वक अष्टनिरिञ्जिवीको पूजाको व्यवस्था रहेको माँ कामाख्या धामका मूल पुजरी सुरेस पौडेलले बताउनु भयो । अष्टनिरिञ्जिवीको पूजा जन्म दिनमा दिन गर्नु पर्ने पूजाको रुपमा रहेको र हाल अष्टनिरिञ्जिवी पूजाको महत्वबारे आम जनमानसमा जानकारी गराउनु पर्ने आवश्यकता भएको मूल पुजरी पौडेलले बताउनु भयो । अष्टनिरिञ्जिवीको पूजाबाट मानव जीवन निरोगी एवं दीर्गायु हुने धार्मिक विश्वास रहेको छ ।


परिवार एवं साथीहरुसंग जन्मोत्सव मनाउनको लागि लुम्बिनी केबलकारको टप स्टेशन परिषरमा रहेको रेष्टुरेन्टमा विभिन्न प्रकारका केक एवं स्वादिष्ट एवं सुपथ मूल्यका स्थानीय तथा अर्डर बमोजिमको खानाका परिकारहरुको व्यवस्था रहेको लुम्बिनी केबलकार लिमिटेडले जनाएको छ ।

 

 

 

 

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर