सैनामैना माविले ISO प्राप्त गर्यो
रुपन्देहीको सैनामैना–१ मा अवस्थित सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालयले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह (आइएसओ सटिर्फिकेट) प्राप्त गरेको छ ।

विद्यालयले शिक्षाको गुणस्तर, उत्कृष्ट नतिजा, भौतिक संरचना, प्रशासनिक व्यवस्थापन, सरसफाइ तथा सुरक्षा प्रणाली लगायतका मापदण्ड पुरा गर्दै अन्तर्राष्ट्रिय मान्यताको आईएसओ लोगो अंकित प्रमाण–पत्र प्राप्त गरेको हो ।
उत्कृष्ट विद्यालयहरुलाई प्रदान गरिने आइएसओ प्रमाण–पत्र लोगो सोमबार एक समारोहबीच सैनामैना नगरपालिका प्रमुख फणेन्द्र प्रसाद शर्मा, आईएसओ नेपाल प्रतिनिधी सुदिप शर्माले विद्यालयका अध्यक्ष शिवलाल बस्याल, विद्यायलका प्रधानाध्यापक नेत्र पुरीलाई प्रदान गर्नुभएको हो ।
प्रमाण–पत्र प्रदान गर्दै सैनामैना नगरपालिका प्रमुख फणेन्द्र प्रसाद शर्माले सैनामैनाको शिक्षा प्राणाली सुधारमा सैनामैना नमुना माविले खेलेको भुमिका अतुलनीय रहेको बताउनुभयो । विद्यालयले शैक्षिक गुणस्तर चिन्ह आइएसओ लोगो प्राप्त गर्न विभिन्न चरण पार गर्दै अन्तर्राष्ट्रिय मापदण्डस्तर विधालय सरह मान्यता पाएकोमा बधाई शुभकामना दिनुभयो ।
सिमित स्रोतसाधनको अभाव, जनशक्ति व्यवस्थापन चुनौतीको बवजुत पनि निरन्तर विधालय शैक्षिक सुधार र नवीन अभ्यासमार्फत सक्षम र प्रतिष्पर्धी शैक्षिक विकासको रुपान्तरणमा विद्यायल अघि बढेकोमा खुशी व्यक्त गर्नुभयो ।
विद्यालयले ISO आईएसओ प्रमाण–पत्र प्राप्त गर्नु स्वयं गुणस्तर शिक्षा प्रमाणित हुनु उल्लेख गर्दै विधालयले गर्ने शिक्षण सिकाइमा गुणस्तर, व्यवस्थापनमा पारदर्शिता, र परिणाममुखी कार्यशैलीको मेयर शर्माले प्रसंसा गर्नुभयो।
उहाँले भन्नुभयो–पछिल्लो समय बढ्दो विद्यार्थी पलायन भयावह छ यसले देशलाई आवश्यक जनशक्ति संकट पर्ने डर छ । अबको बदालिदो समयमा विधार्थीको माग र परिवर्तित शिक्षा अनुसार शिक्षा प्रणालीलाई सुधार गर्नुपर्छ र स्वादेशमै विद्यार्थी टिकाउने खालको शैक्षिक कार्यक्रम ल्याउनुपर्छ ।
उहाँका अनुसार अबको आवश्यकता भनेकै व्यवहारिक र प्राविधिमैत्री सिपमुलक सिकाई हो । विद्यार्थीलाई विद्यालयमै पढाउ र कमाउ शिक्षातर्फ आकर्षित गर्ने अभियानमा नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो । साथै विद्यालयको समग्र शैक्षिक सुधार, विद्यार्थी संख्या वृद्धि, र आधुनिक शिक्षण प्रविधिको प्रयोगमा नगरपालिका विद्यालयसँग निरन्तर सहकार्य गर्दै अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
विद्यार्थी र अभिभावकको माग, चाहना र भावना अनुसार मनोवैज्ञानिक ढंगले अध्यापन हुने गरेको विधालयका प्रधानाध्यापक नेत्र पुरीले बताउनुभयो ।
विद्यार्थीको सिकाई उपलब्धी हासिल गर्न सृजनशिल र मनोबैज्ञानिक तरीकाले विधालयले अध्यापन गराउदै आएकोले आईएसओ ISO प्रमाण-पत्र पाएपछि समग्र शिक्षा प्रणालीमा पारदर्शिता, नियमितता र गुणस्तरमा उल्लेखनीय सुधार आएको जानकारी दिनुभयो ।
उहाँले विधालय अब अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप सञ्चालनमा छ यसले विद्यार्थी, अभिभावक र समुदायमा नयाँ विश्वासको वातावरण निर्माण गर्ने उल्लेख गर्नुभयो । साथै शैक्षिक गुणस्तर कायम राख्न विधालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, विधार्थीहरुको साथ, सहयोग र सहकार्य आवश्यकता रहेको बताउनुभयो ।
आइएसओ प्रतिनिधि सुदिप शर्माले ISO का ४५ वटै मापदण्डहरू पालना गर्दै विधालयको शैक्षिक तथा प्रशासनिक र व्यावस्थापकीय उत्कृष्टता लगायतको मुल्यांकन गरेर आइ.एस.ओ सर्टिफाइट प्रमाण–पत्र प्रदान गरिएको बताउनुभयो ।
आइएसओ मान्यता प्राप्त गरेसंगै यस विधालयका विद्यार्थी शिक्षक तथा कर्मचारीको स्तरसमेत विशिष्ट स्तरको हुने बताउदै सोही अनुसार विधार्थी अभिभावकले पनि बालबालिकाको शिक्षा र सरसफाई लगायतका कुरामा ध्यान दिएर विद्यालयको शैक्षिक गुणस्तर, व्यवस्थापन प्रणाली र सेवा सुधारमा उल्लेखनीय योगदान पुग्ने बताउनुभयो
आइ.एस.ओ सर्टिफाइट विद्यालय भैसकेपछि राष्ट्रिय र अन्तराष्ट्रिय प्रतिस्पर्धामा अर्को कोसे ढुंगा सावित भएकोमा शुभकामना दिदै शैक्षिक गुणस्तरमा अझै अब्वल बन्न सल्लाहकार खुशीराम चौधरीले सुझाव दिनुभयो ।
विद्यालल व्यवस्थापन समितिका अध्यक्ष शिवलाल बस्यालले शैक्षिक गुणस्तर चिन्ह प्राप्त गर्न सबैपक्षकाे उत्तिकै भुमिका रहेकाले आईएसओ प्रमाण-पत्र मान्यतालाई निरन्तरता कायम राख्न विधालयमा अझ सुधार गर्नुपर्ने पक्षमा लाग्नुपर्ने जोड दिनुभयो ।
सैनामैना नगरपालिका भित्र सामुदायिक विधालयतर्फ सैनामैना नमुना माध्यमिक विधालय पहिलो आईएसओ चिन्ह प्राप्त गर्ने विद्यालय हो ।
विधालयको सभाहल सम्पन्न कार्यक्रममा विद्यालयका आईएसओ प्रतिनिधि नारायण गौतमको स्वागत तथा शिक्षक हरिराम पौडेलको संचालन रहेको थियो ।
विद्यालयमा १ देखि १२ कक्षा सम्मको अध्यापन हुँदै आएको छ । ११ र १२ कक्षा शिक्षा, वाणिज्य र विज्ञान विषयमा पढाई हुँदै आएको छ । भने यस वर्षदेखि ११ कक्षाँमा कानुन विषय पनि संचालन हुँदैछ



