spot_img

अक्षयकोष स्थापनार्थ सैनामैना समाज युएईकाे सांस्कृतिक कार्यक्रम : राष्ट्रिय कलाकारकाे प्रस्तुति रहने

अक्षयकोष स्थापनार्थ सैनामैना समाज युएईकाे सांस्कृतिक कार्यक्रम : राष्ट्रिय कलाकारकाे प्रस्तुति रहने !

०४, जुन २०२५ युएई /

सैनामैना सेवा समाज युएईले बिपन्न एबं अशाहय बिधार्थिहरूकाे सहयोगार्थ अक्षयकोष स्थापनाका लागि बृहत् संास्कृतिक कार्यक्रम अायाेजना गर्ने भएकाे छ।

राेजगारीकाे शिलशिलामा सैनामैना नगरपालिका ( रूपन्देही ) बाट संयुक्त अरब इमिरेट्स युएई मा रहेका युवाहरूकाे संगठित समाजले बिपन्न बिधार्थिहरूकाे शैक्षिक बिकाशमा सहायता हाेस् भन्ने उदेश्य सहित हिन्दु नारिहरूकाे महान पर्व हरितालिका तिजकाे अबशर पारी अाउदाे अगस्ट ३ तारिक बृहत सांस्कृतिक कार्यक्रम २०२५ गर्न लागकाे हाे ।

समाजकाे उदेश्यलाई अात्म सात गर्दै सैनामैना नगरपालिका भित्र संचालित बिधालयहरूमा अध्ययन गर्न बिपन्न बालबालिकाहरूकाे शैक्षिक बिकाशका लागि अक्षयकाेष स्थापना गर्न कार्यक्रम अायाेजना गरिएकाे संस्थाका अध्यक्ष बिष्णु प्रसाद पन्थिले बताए !

`यसअघि, गत बर्षपनि पहिलाे चरणमा सैनामैना भित्रका ३ सामुदायिक बिधालयमा १/१ लाखमा दरले अक्षयकाेष स्थापना गरिसकिएकाे छ´- अध्यक्ष पन्थिले भने , ` याे बर्षपनि कार्यक्रमबाट संकलित सहयाेगबाट थप बिधालयमा अक्षयकोष स्थापना गर्छाै ´ !

युएईमा सैनामैना समाजकाे गरिमा र पहिचान बढेकाे उल्लेख गर्दै उनले मानबिय कार्यमा सहकार्य गर्न सबैलाई अाग्रह समेत गरे ।

युएईकाे दुबइ शहरकाे बरदुबइ स्थित क्लब एभरेस्ट याक एण्ड यतिमा अायाेजना गरिएकाे साे बृहत सांस्कृतिक कार्यक्रममा नेपालबाट चर्चित कलाकारहरू लाेक गायक खुमन अधिकारी र गायिका मंजु भट्टराईले प्रस्तुति दिने कार्यक्रम संयाेजक युबराज भट्टराईले बताए ।

कार्यक्रमकाे तयारी भइरहेकाे छ, सैनामैनाकाे कार्यक्रमका लागि सबैकाे साथ मिलिरहेकाे छ, संयाेजक भट्टराई ले भने, ` परदेशमा समेत अाफ्नाे देशकाे कला संस्कृतिकाे प्रबर्द्धन गर्नका लागि थप सहयोग पुग्नेछ।

समाजले, युएइमा रहेका नेपाली दाजुभाइ-दिदी बहिनिहरू , सबैलाई कार्यक्रममा सहभागी हुन अाग्रह समेत गरेकाे छ ।

सैनामैना सेवा समाजले यसअघि पनि बिधालयहरूमा अक्षयकोष स्थापना संगै अन्य बिबिध सामाजिक कामहरू गर्दै अाएकाे छ । २०१८ सालमा स्थापित संस्थामा हाल २०० बढि सदस्यहरू संगठित बनेका छन् ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर