spot_img

गौतम बुद्ध प्रेस क्लब गठन अध्यक्षमा घिमिरे

गौतम बुद्ध प्रेस क्लब गठन

सैनामैना ।
सैनामैना, कञ्चन र गैडहवा गाउँपालिका क्षेत्रलाई आफ्नो कर्मथलो बनाई पत्रकारिता गर्दै आएका सञ्चारकर्मीहरूको उपस्थितिमा बिहीबार गौतम बुद्ध प्रेस क्लब गठन गरिएको छ।

साझा टेलिभिजन एच डी का स्टेशन म्यानेजर थानेश्वर घिमिरे (नविन) को अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गरिएको हो । समितिको उपाध्यक्षमा कृष्ण भण्डारी, महासचिवमा अनिल पहाडी, सचिवमा अनिता चौधरी, कोषाध्यक्षमा नरेश चौधरी रहेका छन् । यस्तै सदस्यहरूमा दिनेश घिमिरे, गोबिन्द आचार्य, रमेश गैरे, रितु वौडेल चयन भएका छन् ।

क्लबको सल्लाहकारहरुमा वरिष्ठ पत्रकार छवि पाण्डे, वरिष्ठ पत्रकार डिआर पन्थी र पत्रकार भुवन जी.सी रहेका छन्।

क्लबले आवाज विहीनहरूको आवाज बुलन्द रूपमा उठाउने, सामाजिक सरोकारका विषयमा अन्तरक्रिया गर्ने, मिडिया हाउसहरूको प्रवर्द्धन गर्ने तथा पत्रकार, सञ्चारकर्मी र मिडिया उद्यमीहरूको हकहितमा काम गर्ने प्रतिबद्धता जनाएको छ।

त्यसैगरी क्लबले अग्रज पत्रकारलाई सम्मान गर्ने, नयाँ पत्रकारलाई अवसर र क्षमता अभिवृद्धिमा जोड दिने र व्यवसायिक तथा उत्तरदायी पत्रकारिताको सुदृढीकरणमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ।

कार्यक्रम वरिष्ठ पत्रकार छवि पाण्डेको अध्यक्षतामा सैनामैना २ स्थित बाबरी पार्टी प्यालेसमा सम्पन्न भएको हो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर