spot_img

सैनामैना सेवा समाज यूएइकाे सामाजिक काम : १ लाखकाे अक्षयकाेष ! नगरभित्रका ३ जनालाई अार्थिक सहयोग !

सैनामैना सेवा समाज यूएइकाे सामाजिक काम :
१ लाखकाे अक्षयकाेष ! नगरभित्रका ३ जनालाई अार्थिक सहयोग !

२१, कार्तिक , सैनामैना

सैनामैना सेवा समाज यूएईले शुक्रबार एक कार्यक्रमका बिच सैनामैना २ मा अबस्थित कालिका अाधारभुत बिधालयमा अक्षयकोष स्थापना गरेकाे छ।

समाजले, सैेनामैना नगरपालिका भित्रका बिधालयहरूमा बिपन्न एबं अशाहय बिधार्थिहरूकाे शैक्षिक बिकाशका लागि राहात मिलाेस् भन्ने उद्देश्यले अक्षयकोष स्थापना अभियान अन्तर्गत कालिका अाधारभुत बिधालयमा १ लाख बराबरकाे अक्षयकोष स्थापना गरेकाे हाे ।

कार्यक्रम समाजका अध्यक्ष बिष्नु प्रसाद पन्थीकाे अध्यक्षता, वडा नं २ का वडा अध्यक्ष अम्बर कडेलकाे प्रमुख अातिथ्यता तथा सैनामैना सेवा समाज युएईका प्रमुख संरक्षक केशव ढकालकाे बिशेष अातिथ्यतामा भएकाे हाे ।

साे अबशरमा बाेल्दै प्रमुख अतिथि कडेलले, समाजले शिक्षाकाे सहज पहुचमा पुग्न नसकेका बिधार्थिहरूकाे शैक्षिक बिकाशका लागि महत्त्वपूर्ण काम गरेकाे बताउनुभयो । उहाले समाजले गरेकाे सहयोगकाे उचित रूपमा सम्बन्धित बिधार्थिहरूलाइ लगानि गरिने उल्लेख गर्नुभयाे । साे अबशरमा बाेल्दै समाजका अध्यक्ष बिष्नु पन्थिले, सैनामैना नगरपालिका भित्रका बिधालयमा अक्षयकोष स्थापना अभियान अन्तरगत कार्यक्रम गरिएकाे बताउनुभयाे । उहाले यसअघि पनि ५ वटा बिधालयमा अक्षयकोष स्थापना गरिसकिएकाे उल्लेख गर्दै समाजले नगरका सबै वडामा अक्षयकोष स्थापना गर्ने बताउनुभयाे ।

कार्यक्रममा बाेल्दै संस्थाका प्रमुख संरक्षक केशव ढकालले, शिक्षाकाे पहुँचबाट बंचित बिधार्थीहरूकाे शैक्षिक बिकाशका लागि समाजले काम गरेकाे बताउनुभयाे । उहाले, अाफुहरूकाे सहयोगि अभियानले बिपन्न बिधार्थीहरूकाे बिकाशमा टेवा पुग्नेमा बिश्वास व्यक्त गर्नुभयाे ।

साे अबशरमा, संस्थाका पदाधिकारीहरूकाे संयुक्त उपस्थितिमा बिधालयलाइ १ लाख नगद हस्तान्तरण गरिएकाे हाे भने बिधालयमा अध्ययनरत सबै बिधार्थीहरूलाइ शैक्षिक सामाग्री समेत प्रदान गरिएकाे थियाे ।

साे कार्यक्रममा बिधालयका प्रधानाध्यापक सिता घिमिरे, बिधालय व्यबस्थापन समितिका अध्यक्ष दुर्गा केसि, बरिस्ठ पत्रकार डिअार पन्थि लगायतले बाेलेका थिए ।

कार्यक्रम संस्थाकि प्रथम उपाध्यक्ष सीता भण्डारीकाे स्वागत एबं महासचिव सुरेन्द्र परियारकाे संचालनमा सम्पन्न भएकाे हाे ।

यसैबिच समाजले, सैनामैना अन्य ३ जना बिरामिहरूलाइ समेत सहयाेग गरेकाे छ ।

समाजले शुक्रबार नै घरमै पुगेर सैेनामैनाकाे सालझन्डि क्षेत्रका ३ जनालाइ जनहि १० हजारका दरले सहयोग रकम हस्तान्तरण गरेकाे हाे ।

सैनामैना ११ उत्तरबराैली अाेखडा निवाशि ,प्यारालाइसिस पिडित ८३ बर्षिय सेर बहादुर रेग्मि, भवन बनाउने क्रममा छत बाट खसी दुर्घटनामा परि खुट्टा नचल्ने साेहि वडाकाे भाटाटाेल निवाशि ५३ बर्षिय वसन्त बहादुर पाण्डे र सैनामैना १० पानबारी निवाशि क्यान्सर पिडित ३७ बर्षिय पबित्रा परियारलाइ जनहि १० हजार सहयाेग गरिएकाे हाे ।
समाजले शनिबार भाेलि, एक कार्यक्रमका बिच सैनामैना ७ मा अबस्थित राष्ट्रिय माबिमा समेत अक्षयकोष स्थापना गर्दैछ।

सैनामैना सेवा समाज यूएइले यसअघि पनि नगरपालिका भित्र विभिन्न सामाजिक काम गर्दै अाएकाे छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर