spot_img

बुटवल उपमहानगरपालिका को सार्वजनिक सुनुवाई सप्पन्न

बुटवल उपमहानगरपालिकासहित मातहतका कार्यालयबाट भए गरेका सेवा प्रवाहबारेको सार्वजनिक सुनुवाइ कार्यक्रम शुक्रबार बुटवलको नयाँगाउँमासम्पन्न भएको छ । बुटवल उपमहानगरपालिकाको आयोजना र बुद्व सामुदायिक टेलिभिजन बुटवलको सहजिकरणमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी सेवाग्राहीहरूले केही युवाहरूले रातिको समयमा चर्को आवाजमामोटरसाईकल कुदाउदा निदाउन नपाएकोदेखि सडकबत्तिको महशुलको भार उपभोक्तालाईपारेको गुनासोसम्म गरेका थिए ।

सडकमा परेका खाल्डाखुल्डी नपुर्दा दुर्घटनाको जोखिमरहेको गुनासो गर्दै सेवाग्राहीहरूले समयमैखाल्डाखुल्डी पुर्नुपर्ने, बजारका मुख्य मुख्य चोक र सुरक्षा चुनौती देखिएका ठाउँमा हाइमास्ड लाइट र सिसिटिभि क्यामेरा जडानगर्नुपर्ने तथा विद्यालय क्षेत्र वरपर सुर्तीजन्य पदार्थको बिक्रीवितरण गर्न नपाउने ब्यवस्था कडाइका साथ लागू गर्नुपर्ने,पालिका र वडामा ईन्टरनेट सुविधा दिनुपर्ने लगायतका मुद्धामा जोड दिएका थिए ।

कार्यक्रममा सेवाग्राहीहरूलेउठाएका जिज्ञासा मेटाउने क्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयलेसिमित स्रोत साधनका बाबजुद आफुहरू नगरवासीलाई अधिकतम सेवा सुविधा प्रदान गर्नलागिपरेको बताउँदै जनस्तरबाट आएका गुनासा र सुझावलाई मार्गदर्शकको रूपमा लिएरअगाडि बढ्ने बताए ।भौतिक पुर्वाधारसँगै मानवीय संसाधनको क्षेत्रमा बुटवललाई देशकैनमुना शहर बनाउने आफुहरूको योजना रहेको बताउदै नगर प्रमुख पाण्डेयले त्यसका लागिसबैको सहयोग जरुरी रहेको उल्लेख गरे ।

बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले एक दुई जना जनप्रतिनिधिको पहलले मात्रै बुटवलको मुहार फेर्न सम्भवनहुने भन्दै विकासका लागि सबै एक ठाउँमा उभिनुपर्नेमा जोड दिइन् ।कार्यक्रममा बुद्व सामुदायिक टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत कपिल ज्ञवालीले बुटवल उपमहानगरपालिका तथामातहतका कार्यालयबाट भए गरेका सेवा प्रवाह बारेको सर्वेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।कल्पना डुम्रेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा करिब २०० जनाको सहभागिता रहेको थियो । बुटवल वडा न १२,१३ र १४ लाइ लक्षित गरेर बुटवल१२ नयाँगाउमा सार्वजनिक सुनुवाइ गरिएको उपमहानगरपालिकाका अनुगमन तथा मुल्यांकन शाखाप्रमुख लक्ष्मी अर्यालले जानकारी दिईन् ।कार्यक्रममा करिब २०० जना स्थानीयको सहभागिता रहेको थियो ।
यस्तै बुटवल उपमहानगरपालिकाले हिजो बिहीबार आर्थिकबर्ष २०८१-०८२ को सामाजिक परीक्षण सम्बन्धि प्रारम्भिक प्रतिवेदन प्रस्तुतिकरण कार्यक्रम सम्पन्न गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत तुल्सा अर्यालले बताईन् ।

 

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर