spot_img

बिष्णु पौडेलले पूरा गर्दै बाचा बुटवलको तिनाउ नदीमा आकर्षक सिग्नेचर पुल निर्माण हुँदै

बुटवलको तिनाउ नदीमा आकर्षक सिग्नेचर पुल निर्माणका लागि टेण्डर आव्हान भएको छ। सडक विभागको विकास सहयोग कार्यान्वयन महाशाखाले उक्त पुल निर्माणका लागि टेण्डर आव्हान गरेको हो।

तिनाउ नदी माथि पुल बनाउनका लागि चिनियाँ, भारतीय, स्विस र नेपालका पुल विज्ञहरूसँगको परामर्शमा सिग्नेचर पुलको आर्किटेक्ट र स्ट्रक्चर डिजाइन तयार भइसकेको छ। पूर्व पश्चिम महेन्द्र राजमार्ग निर्माण पछि २०३८ सालमा बनेको अहिलेको पुल पुरानो र साँघुरो भएपछि नेपाली र विदेशी इन्जिनियरहरूको टोलीले आधुनिक पुलको डिजाइन तयार पारेको छ।

तत्कालीन उपप्रधानमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेलको पहलमा उक्त पुल आकर्षक डिजाइनमा निर्माणको प्रक्रिया अगाडी बढाएका थिए। अहिलेको पुल समेत नभत्काई संगै बन्ने यो पुल ४२१ मिटर लम्वाई र ४ लेनको बन्ने छ। सिग्नेचर ब्रिजले करिब ३०० मिटर क्षेत्रलाई समेट्ने र सो क्षेत्रलाई सौन्दर्य अभिवृद्धि गर्ने तयारी छ।विश्व बैंकको ऋण सहयोगमा बुटवलसहित मुलुकका विभिन्न १० स्थानमा आकर्षक सिग्नेचर ब्रिज डिजाइनका लागि यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारका अर्थमन्त्री तथा रुपन्देहीका सांसद विष्णुप्रसाद पौडेलले बजेट विनियोजन गरेका थिए।

डिजाइन गर्दा पुलको वारिपारि चेक ड्याम बनाएर तलाउ बनाउने गरी तयार भएकोले नदी किनारमा सन्ध्या आरती गर्ने, रात्रिकालीन बजारमा रमाउने गरी झिली मिली बत्ती लगाउने तथा हरियाली बगैँचा, क्याफे र विश्राम स्थलहरु समेत बन्ने छ।

पुलको निर्माण पछि पूर्व पश्चिम महेन्द्र राजमार्गमा यात्रा सहज हुने मात्र होइन ऐतिहासिक र पुरातात्त्विक महत्वको जित गढी किल्ला, युद्ध सङ्ग्रहालय, बुटवलको पुरानो बस्ती, हिन्दु मन्दिर र मुस्लिम मस्जिदमा आउने पर्यटकहरूको लागि समेत आकर्षक र सहज गन्तव्य बन्ने अपेक्षा गरिएको छ।

विश्व बैङ्क दक्षिण एसिया सहरी विकास एकाइको सहयोगमा बन्ने सिग्नेचर पुलका लागि भारतको अन्तर्राष्ट्रिय कम्पनी टोटल सिनर्जी कन्सल्टिङले आर्किटेक्ट डिजाइन तयार पारेको हो। पुलको स्ट्रक्चर डिजाइन भने स्विस सरकारको स्विस डेभलपमेन्ट कोअपरेशनले गरेको हो।सिग्नेचर ब्रिज भनेको पुलको आधुनिक प्रकार हो, यो अन्य पुलको तुलनामा निकै आकर्षक हुन्छ। अधिकांश शहर नजिकैका नदीहरूमा इन्जिनियरहरूले सिग्नेचर ब्रिज डिजाइन गर्ने गर्छन्। इरासमस ब्रिज, रोटर्डाम ब्रिज, लण्डनको मिलेनियम ब्रिज, अल्मिलिया ब्रिज आदि सिग्नेचर ब्रिजका रूपमा परिचित छन्।

लागतको हिसाबले निकै महँगो मानिने सिग्नेचर ब्रिजको अवधारणा भारतबाट सुरु भएको मानिन्छ। महँगो पर्ने भएकोले ‘यो पुल जहाँ पायो त्यहीँ बन्दैन। निश्चित ठाउँमा मात्रै बनाइन्छ।

सिग्नेचर ब्रिज सिमेट्रिकल आकारमा निर्माण गरिन्छ। त्यसले पुलको सम्पूर्ण भार थाम्ने गर्छ। पछिल्लो समय एसिमेट्रिकल आकारमा पनि सिग्नेचर पुल निर्माण गर्ने प्रचलन छ। सिग्नेचर पुलको डिजाइन निकै जटिल हुने गर्छ। यो ब्रिजको बिचमा पिलर बनाएर पूरै भागलाई तारले धानेको हुन्छ।

अन्य देशहरूमा भने सिग्नेचर पुलको निर्माणमा उच्च गुणस्तरीय र बाक्लो स्टिल प्रयोग गर्ने गरेको पाइन्छ। आवश्यकता र पुलको डिजाइनअनुसार स्टिल प्रयोग हुन्छ। निर्माणका क्रममा स्टिलसँगै उच्चस्तरको कङ्क्रिट सामग्री प्रयोग गरिन्छ।

प्राविधिकहरूका अनुसार सिग्नेचर पुलमा पाइलोन र डेक सबैभन्दा महत्त्वपूर्ण कम्पोनेन्ट हुन्। सिग्नेचर पुलको सफलतापूर्ण निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन, माटो परीक्षण, भूगोल, पुल बन्ने स्थान आदि विषयको अध्ययन तथा अनुसन्धान जरुरी हुन्छ। सिग्नेचर पुल निर्माणमा ठुलो क्रेन आवश्यक पर्छ।

डिभिजन सडक कार्यालय बुटवलका प्रमुख जिवेन्द्र मिश्रका अनुसार हेर्दा आकर्षक, कलात्मक हुने हुँदा अन्य पुलभन्दा सिग्नेचर पुल फरक खालको हुन्छ। नेपालमा अहिलेसम्म पुरानै शैलीका परम्परागत पुलहरु मात्र बनाइरहेको अवस्थामा बन्ने सिग्नेचर पुलले पर्यटकहरू आकर्षित गर्नेछ।

बुटवलमा पुल बनाउने गरी टेण्डर प्रक्रिया अगाडी बढेकोमा खुसी लागेको पुर्व उपप्रधान तथा अर्थमन्त्री समेत रहेका एमाले उपाध्यक्ष बिष्णु पौडेलले बताए। हामीले बुटवलको बिकासको सपना देखेको हो हामीले देखेको सपना र योजना कार्यान्वयनको दिशातिर जांदैछ,यो खुसी सबैसंग साटन चाहन्छु। यो आयोजना रुपन्देहीका लागि मात्रै होईन सिंगो लुम्विनी र देशकै लागि गौरवको बिषय हो यसलाई गुणस्तरीय बनाउन सबैको भुमिका आवश्यक रहेको छ पौडेलले भने

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर