spot_img

बुटवल उपमहानगरपालिका विद्यालयमा जाडो बिदा

बुटवल उपमहानगरपालिका विद्यालयमा जाडो बिदा
अकस्मात बढेको चिसो मौषम र शीतलहरको कारण बुटवल उपमहानगरपालिकाले नगरभित्रका विद्यालयहरुलाई जाडो बिदा दिएको छ । बुटवल उपमहानगरपालिकाले आज एक सूचना प्रकाशित गरी केहि दिन देखि बाक्लो हुस्सु शीतलहर संगै अत्यधिक चिसो बढेकोले विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै वार्षिक बिदाबाट कट्टीहुने गरी यही पौष ११, १३ र १४ गते विद्यालय बन्द गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ भनि उल्लेख गरिएको छ । बुटवल उपमहानगरपालिकाले ३ दिन बिदा भने पनि भोलि पौष १० गते क्रिसमस बिदा, पौष १२ गते शनिवार र पौष १५ गते तमु ल्होसार बिदा रहेकोले पौष १० गतेदेखि १५ गतेसम्म विद्यालय बन्द रहने छन् ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर