spot_img

सैनामैनामामा नगरपालिका स्तरीय अन्तर विद्यालय कविता प्रतियोगितामा सम्पन्न

सैनामैनामामा नगरपालिका स्तरीय अन्तर विद्यालय कविता प्रतियोगितामा सम्पन्नसैनामैना ।

साहित्य, सिर्जनशीलता र वातावरणीय चेतनाको सशक्त सन्देश सहित सैनामैनामा पहिलोपटक नगरपालिका स्तरीय अन्तर विद्यालय खुला कविता प्रतियोगिता सम्पन्न भएको छ ।

बुधबार राष्ट्रिय युवा क्लब, सैनामैना–४, मुर्गियाको आयोजनामा उक्त प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा नगरभित्रका विभिन्न विद्यालयबाट १५ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

सहभागी विद्यार्थीहरूले जलवायु परिवर्तन जस्तो समसामयिक र संवेदनशील विषयलाई कवितामार्फत सशक्त रूपमा प्रस्तुत गर्दै वातावरण संरक्षणप्रति समाजलाई सचेत गराएका थिए ।

प्रतिस्पर्धात्मक प्रस्तुतिबीच मलमला माध्यमिक विद्यालयका भुवन जैसीले उत्कृष्ट कविता वाचन गर्दै प्रथम स्थान हासिल गर्न सफल भए । त्यसैगरी पशुपति माध्यमिक विद्यालयकी विपिका पौडेलले द्वितीय तथा नवप्रभात इङ्लिस बोर्डिङ स्कुलकी अविशा पाण्डेले तृतीय स्थान प्राप्त गरेकी छन् ।

विजयी प्रतियोगीहरूलाई नगद पुरस्कारसहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा प्रथम हुनेलाई रु. ५,५५५, द्वितीय रु. ३,३३३ र तृतीय हुने प्रतियोगीलाई रु.२,२२२ प्रतियोगीहरूलाई नगद पुरस्कारसहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रम राष्ट्रिय युवा क्लब, सैनामैना नगरपालिका वडा नं. ४ का अध्यक्ष विष्णु ढकालको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा सैनामैना नगरपालिकाका प्रमुख फणीन्द्र शर्माको प्रमुख आतिथ्यता, वडा नं. ४ का वडा अध्यक्ष रामप्रसाद अधिकारी र मुर्गिया खानेपानी संस्थाका अध्यक्ष प्रेमबहादुर बानियाँको विशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख फणीन्द्र शर्माले युवाहरूलाई सिर्जनात्मक गतिविधिमा जोड्दै साहित्यमार्फत समाज रूपान्तरण गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । उहाँले भन्नुभयो,

“जलवायु परिवर्तनजस्तो संवेदनशील विषयलाई विद्यार्थीहरूले कवितामार्फत उठाउनु सकारात्मक संकेत हो । यसले भावी पुस्तालाई सचेत र जिम्मेवार बनाउँछ ।”

वडा अध्यक्ष रामप्रसाद अधिकारीले यस्ता प्रतियोगिताले विद्यार्थीको प्रतिभा पहिचान तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै आगामी दिनमा वडा तहबाट निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतियोगितामा लक्ष्मी पौडेल र यज्ञलाल सुवेदी निर्णायकको भूमिकामा रहनुभएको थियो । क्लबका उपाध्यक्ष विधान भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन क्लबकी सचिव मनिषा खत्रीले गर्नुभएको थियो ।

मुर्गिया खानेपानी संस्थाको सभाहलमा सम्पन्न कार्यक्रममा नगरभित्रका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक तथा वडा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रम संयोजक सुमित ढकाल रहनुभएको थियो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर