spot_img

झापा–५ मा बालेन शाहको फराकिलो अग्रता, केपी शर्मा ओली दोस्रो स्थानमा

झापा–५ मा बालेन शाहको फराकिलो अग्रता, केपी शर्मा ओली दोस्रो स्थानमा
समाचार:
झापा निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन शाह ले फराकिलो अग्रता कायम राखेका छन्। पछिल्लो मतगणनाको विवरण अनुसार शाहले १६ हजार ९८० मत प्राप्त गर्दै शीर्ष स्थानमा रहेका छन्।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार के पि शर्मा दोस्रो स्थानमा रहेका छन्। ओलीले हालसम्म ३ हजार ९७३ मत प्राप्त गरेका छन्।
मतगणना जारी रहँदा झापा–५ मा बालेन शाहले उल्लेखनीय मतान्तरसहित अग्रता कायम राखेका छन्। प्रारम्भिक परिणामले रास्वपाको पक्षमा बलियो संकेत देखाएको स्थानीय विश्लेषकहरू बताउँछन्।
निर्वाचन अधिकृतका अनुसार मतगणना कार्य निरन्तर भइरहेको छ र अन्तिम परिणाम आउन अझै समय लाग्नेछ। मतगणनाको आगामी चरणले अन्तिम नतिजा कस्तो आउँछ भन्ने स्पष्ट पार्नेछ।
झापा–५ मा जारी मतगणनाले राष्ट्रिय राजनीति पनि चासोका साथ हेरिरहेको अवस्था देखिएको छ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर