spot_img

नारी दिवसको अवसरमा गोदावरी महिला सहकारीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

नारी दिवसको अवसरमा गोदावरी महिला सहकारीद्वारा रक्तदान कार्यक्रम सम्पन्न
११६औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा श्री गोदावरी महिला बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममार्फत ४२ युनिट अमूल्य रगत संकलन भएको छ, जसले विभिन्न बिरामीहरूको जीवन बचाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ।
कार्यक्रमको संयोजन संस्थाको लेखा समितिको संयोजक चन्द्रिका गौतमले गर्नुभएको थियो। सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष रक्तदान लगायतका विभिन्न सामाजिक तथा जनहितका कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको जनाएको छ। कार्यक्रममा स्थानीय नागरिकहरूको उत्साहजनक सहभागिता रहेको थियो।
यस्ता कार्यक्रमले समाजमा सहयोग, मानवीयता र सेवाको भावना अझ मजबुत बनाउने विश्वास गरिएको छ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर