spot_img

लगातार वर्षाले दाउन्ने–सिद्धबाबा सडक अबरुद्ध , यात्रुलाई समस्या

लगातार वर्षाले दाउन्ने–सिद्धबाबा सडक ठप्प, यात्रु अलपत्र
बुटवल । अविरल वर्षाका कारण सिद्धबाबा क्षेत्रमा पहिरोसहित लेदो र ढुंगा खस्दा सडक अवरुद्ध भएको छ। सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने यस खण्डमा आज बिहानदेखि नै सवारी आवागमन पूर्ण रूपमा प्रभावित बनेको हो।
यस्तै दाउन्ने सडक खण्डमा पनि वर्षाका कारण सडक चिप्लो भई सवारी साधन उकालो चढ्न नसक्दा दुबै तर्फ लामो जाम लागेको छ। वैकल्पिक रूपमा प्रयोग गरिएको पाल्पा रुट समेत अवरुद्ध भएपछि यात्रुहरू थप समस्यामा परेका छन्।
सडक अवरुद्ध हुँदा सयौँ यात्रु बीच बाटोमै अलपत्र परेका छन् भने घाम लागेर सडक केही सुख्खा नभएसम्म यातायात सुचारु हुन कठिन हुने देखिएको छ।
यसअघि नै मौसम परिवर्तनका कारण दाउन्ने क्षेत्रमा रातिको समयमा ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको थियो। सडक विस्तारको काम भइरहेकाले वर्षायाममा यो क्षेत्र पटक–पटक अवरुद्ध हुने गरेको छ।
सम्बन्धित निकायले अत्यावश्यक बाहेक यात्रा नगर्न, यात्रा गर्नै परे सावधानी अपनाउन र ट्राफिक अपडेट लिएर मात्रै अघि बढ्न आग्रह गरेको छ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर