सैनामैनामा स्काउट मास्टर क्षमता अभिवृद्धि तालिम सफलतापूर्वक सम्पन्न

नेपाल स्काउट लुम्बिनी प्रदेश स्काउट र स्थानीय स्काउट कार्यालय, सैनामैना नगरपालिकाको आयोजनामा सिद्धार्थ मेमोरियल एकेडेमी, सैनामैना–८, रामापुरमा क्षमता अभिवृद्धि तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

उक्त तालिममा सामुदायिक तथा संस्थागत गरी १४ वटा विद्यालयका स्काउट मास्टर तथा स्काउट प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूलाई स्काउटको उद्देश्य, नेतृत्व विकास, टोली व्यवस्थापन तथा व्यवहारिक सीपसम्बन्धी विविध विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।
तालिममा प्रशिक्षकका रूपमा नेपाल स्काउट लुम्बिनी प्रदेशकी कार्यकारी समिति सदस्य श्रीमती चन्द्रिका भट्टराई, भगवती न्यौपाने, लुम्बिनी प्रदेश स्काउटका प्रदेश अधिकृत श्री तारा पुरी, स्थानीय स्काउट कार्यालय सैनामैना नगरपालिकाका प्रमुख आयुक्त श्री विष्णु प्रसाद घिमिरे, साथै स्काउट मास्टरद्वय श्री अमृत वि.क. र श्री विशाल पाण्डेले प्रशिक्षण प्रदान गर्नुभएको थियो।
कार्यक्रमका क्रममा सहभागीहरूबीच अनुभव आदानप्रदानसमेत गरिएको थियो। सहभागीहरूले तालिमलाई उपयोगी, प्रभावकारी र व्यवहारिक भएको प्रतिक्रिया दिएका थिए।
आयोजकका अनुसार यस तालिमले स्काउट मास्टरहरूमा नेतृत्व क्षमता, अनुशासन, सेवा भावना तथा सामूहिक कार्यप्रतिको प्रतिबद्धता थप सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्याएको छ।
, लुम्बिनी प्रदेश र स्थानीय स्काउट कार्यालयको समन्वयमा सम्पन्न यो कार्यक्रमलाई स्काउट विकास र सुदृढीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा लिइएको छ।



