spot_img

गैडहवा तालमा महिलाहरुका लागि होमस्टे सञ्चालनको लागि कुक तालिम

बुटवल । रुपन्देहीको गैडहवामा मुख्यमन्त्री नव प्रवर्तन साझेदारी कार्यक्रम अन्तर्गत महिलाहरुका लागि होमस्टे सञ्चालन, व्यवस्थापन तथा कुक तालिम सम्पन्न भएको छ । गैडहवा–४ मा अवस्थित गैडहवा ताललाई आन्तरिक तथा बाह्य पर्यटक लक्षित होमस्टे (घरबास) कार्यक्रम सञ्चालन गर्ने उद्देश्श्यसहित स्थानीय उत्पादन र परम्परागत परिकारहरुलाई प्रवर्द्धन गर्नेगरी तालिम सञ्चालन गरिएको हो ।

तालिममा सिकेका सीपलाई प्रयोग गरी महिलाहरुले तयार पारेका विभिन्न परिकारहरुको स्वादसहित बुधबार विवित साँस्कृतिक कार्यक्रमगरी तालिम समापन गरिएको थियो । सो अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले महिलाहरुलाई सीप र रोजगारसँग जोड्दै दीर्घकालिन आर्थिक गतिविधिमा जोड्ने प्रयास गरिएको बताउनु भयो । पर्यटन बिकास र रोजगारका माध्यमबाट आर्थिक रुपमा आत्मनिर्भर बनाउनका लागि तालिमले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै । भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँग जोडिएको गैडहवालाई पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्नका लागि गाउँपालिकाले विभिन्न स्वरोजगारमुलक कार्यक्रमलाई प्राथमिकता दिएको उनले बताउनु भयो । लुम्बिनी आएका पर्यटकलाई गैडहवा ताल तथा यहाँका अन्य पर्यटकीय स्थलहरुमा समेत ल्याउन सकेमा यहाँका जनताले ठूलो आर्थिक लाभ उठाउन सक्ने बताउँदै उहाँल! सोही अनुसार योजना बनाएर अघि बढिएको जानकारी दिनु भयो ।

वडा नम्बर ९ अध्यक्ष मिना क्षेत्री, वडा नम्बर ७ का लालबहादुर केवट, वडा नम्बर १ का प्रदिपप चौधरी तथा वडा नम्बर ४ का अध्यक्ष सुरेन्द्र सिंह कुर्मी लगायतले बोल्दै गैडहवा ताल र यहाँको सिमसार क्षेत्रको संरक्षण र प्रचारप्रसारमा जोड दिए । होमस्टे सञ्चालन गरी रोजगारीको अवसरलाई दिगोपन र स्थानीय जनतालाई आत्मनिर्भर बनाउन सकिने उहाहरुको बिचार थियो । यसैगरी गाउँपालिका योजना शाखा प्रमुख रचना गौतम, लुम्बिनी होटल एसोसिएशनका महासचिव पुरुषोत्तम अर्यालल लगायतले बोल्दै तालिममा सिकेका सीपलाई व्यवहारमा प्रयोग गर्न जोड जोड दिदै । लुम्बिनी घुम्न आउने पर्यटकलाई गैहवासम्म आउने वातावरण निर्माणका लागि सरकारसँगै स्थानीयको समेत भूमिका महत्वपूर्ण रहने हुँदा पर्यटन सँस्कृतिको बिकासमा जोड दिनु भयो ।

गैडहवा गाउँपालिकाको आर्थिक सहयोग तथा सशक्तिकरण बिकास नेपाल पाल्पाको आयोजनामा सञ्चालन गरिएको तालिममा गैडहवाका ३० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । स्थानीय परिकार र परम्परालाई प्रवर्द्धन गरी पर्यटक भित्र्याउन सकिने बताउँदै सशक्तिकरण बिकास नेपालकी अध्यक्ष एलिजा खनालले आर्थिक गतिविधिमा जोडिन आग्रह गरिन् ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर