spot_img

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड रुद्रपुर शाखा कार्यालयको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड रुद्रपुर शाखा कार्यालयको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड रुद्रपुर शाखा कार्यालय कन्चन-४ गरगरे रुपन्देहीले ग्लोबल मनी विक 2025,17-23 मार्च सप्ताहको सन्दर्भमा सञ्चालित वित्तीय साक्षरता कार्यक्रम आज मार्च 21मा कन्चन-३ शिवशक्ती आमा समुहको सभाहल धमिरे तालमा सम्पन्न भएको छ।
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड रुद्रपुर शाखा कार्यालयका शाखा प्रमुख कल्पना बन्जाडेको अध्यक्षता तथा कन्चन गाँउपालिकाका उपाध्यक्ष मौसमी थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रममा दिप प्रज्वलन गरि उत्घाटन गर्दै प्रमुख अतिथि थापाले वित्तीय भन्ने बित्तिकै पैसाको कुरा आउने भएर जुन पैसालाई मानिसले सहि व्यवस्थापन गर्न नसक्दा अफ्ठारो निम्टाउने भएकाले वित्तीय साक्षरता एकदमै आवस्यक रहेको बताउनु भयो। वित्तीय साक्षरता कन्चन गाउपालिकाले महिला दिदीबहिनीहरुलाई लक्षित गरेर धेरै कार्यक्रम गरेको र उधोगी तथा सिपमुलक तालिम समापन गरिसकेपछि पनि वित्तीय साक्षरता तालिमहरु दिएर मात्र महिला दिदीबहिनीहरुलाई आत्मानिर्भर गराउने कोशिश गरेको र महिला दिदीबहिनीहरु आत्मानिर्भर हुनु भयो भने घरेलु हिँसाहरु कम हुने कुरामा जोड दिनु भयो। वित्तीय साक्षरता कार्यक्रम महिला दिदीबहिनीहरुलाइ अझै सकारात्मक रुपमा परिबर्तन हुने जाहोस भन्दै शुभकामना दिनु भयो।
उक्त कार्यक्रममा बिशिस्ट अतिथी तथा कन्चन गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष टिकाराम सापकोटाले संस्थाले कार्यक्रम आफ्नो वडामा राखेको हुदा संस्था प्रति धन्यवाद दिदै जीवन परिबर्तन गर्नुछ भने पहिला आफ्नो सोच परिबर्तन गर्नुपर्छ यदि सोच परिबर्तन नभएमा जीवन परिबर्तन हुदैन र समाज परिबर्तन गर्नु छ भने पहिला आफुबाटै सुरुवात गर्ने कुरामा जोड दिनुभयो। वित्तीय संस्थामा लगानी सही ठाउँमा सदुप्रयोग आफ्नो जीवन आफ्नै राम्रो हुने र पहिलाको समयमा आफ्नो साथमा पैसा नहुदा ऋण लिनलाई कुनै वित्तीय संस्था नभएकाले ऋण लिनका लागि दुइ दिन साहुकोमा मजुरा गरेपछि मात्र ऋण पाउने कुरा बताउने भयो। समाजमा तिन किसिनको मानिस रहेका जस्तै एउटा गरिब, अर्को सरिब र त्यसपछिको हरिब रहेको बताउनु भयो। हरिबहरुले समाजमा ऋण खाएर ऋण तिर्न पर्दैन भन्दै हिडेको पनि बताउनु भयो। गरिबको घरमा हुने इज्जत हरिबको घरमा नहुने र गरिबलाई केहि कुरा भन्दा मन दुख्छ भने हरिबहरुलाई नदुखे त्यसैले त्यस्ता मानिसको पछि नलाग्न समेत आग्रह गर्नु भयो। हामीले पुरानी कुराहरु भुल्न नहुने र जब सम्म आफुले मेहेनत नगर्दा सम्म आफ्नो अवस्ता जिर्हन हुने त्यसैले मेहेनतमा निरन्तता दिनु पर्ने कुरामा जोड दिनु भयो।
त्यस्तै कार्यक्रममा लुम्बिनी प्रदेश कार्यालयको कार्यक्रम अधिकृत देबेन्द्र खड्काले लघुवित्त वित्तीय भनेको अरु बैंक जस्तै नेपाल रास्ट्र बैंकबाट घ बर्गको इजाजत प्राप्त वित्तीय संस्था रहेको र अरु बैंक जसरी नै नियमन निकाय हुन्छ त्यहि अन्तर्गत रहेको बताउनु भयो। यसले ग्रामिण क्षेत्रहरुमा जनसमुदाय रहेको छ त्यो समुदायलाई एकीकृत गरेर,समुह बनाएर वित्तीय साक्षरता गरेर आर्थिक रुपमा समित्त्व बनाउने खालको संस्थाको रुपमा लिनु पर्ने बताउनु भयो। लघुवित्त वित्तीयले बिन धितो लगानी गर्ने कर्जा प्रवाह गर्ने र लघुवित्त वित्तीयले नियमन निकाय भित्रै काम गर्ने भएकाले संस्थाको हरेक रिपोट प्रतेक महिना नेपाल रास्ट्रिय बैंकमा जाने हुदा उपभोक्ता नडराउने समेत आग्रह गर्नु भयो। बिभिन्न बैंकहरुले वार्षिक २ देखि ३ % कर्जामा ब्याज दिएपनि लघुवित्त वित्तीय संस्थाले वार्षिक १५%कर्जामा ब्याज दिने र सबैले सकेसम्म थोरै रकम भएनी बचत गर्ने बानीको बिकास गर्न समेत सुझाब दिनु भयो।
कार्यक्रममा इलाका प्रहरी कार्यालय थकाली चोकका प्रहरी निरीक्षक जगत सुनार , प्रहरी जवान गणेश श्रेष्ठ, सैनामैना शाखा प्रबन्ध संगीता भाट, संस्थाका कर्मचारी,बिभिन्न केन्द्र १ देखि ६८ सम्मका सदस्यहरु लगाएतको उपस्थिति रहेको थियो।
कार्यक्रमको समापन गर्दै आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड रुद्रपुर शाखा कार्यालयका शाखा प्रमुख कल्पना बन्जाडेले यस सोचेको भन्दा धेरै उपस्तिथी देख्दा आफु खुसि रहेको र कतिपयहरुले “लघुवित्त वित्तीय संस्था सहकारी हो पछि बचत लिएर भाक्छ कि?” भन्ने सुझाब आएको साथै कतिपयहरुले लगानी एउटा बैंक भन्दा दुइटा बैंकमा दिनु हुन्न अब हामि किन यस संस्थामा बस्ने निस्किन पाएपनि हुन्थ्यो भन्ने पनि रहेको बताउनु भयो। बचत भनेको एक संस्था एक सहकारी र स्थानीयहरु मिलेर खोलेको संस्था नरहेको र नेपाल रास्ट्र बैंकबाट इजाजत प्राप्त गरेर घ बर्गको बैंकमा रहेको साथै नेपाल रास्ट्र बैंकबाट अडीड गरेको हुदा कतैपनि कर्मचारी कही केही हिनामिना गरेको छ कि,कही बचत प्ररिचालन भएको छ कि भनेर संस्थाको पनि छेक हुन्छ साथै कतै पनि कर्मचारीलाई केही भयो,केही त्रुटी भेटिएमा आफुहरुलाई रास्ट्र बैंकले बन्किंग कसुर भित्र राख्ने समेत बताउनु भयो। आफ्नो लगानी छोडेर भाक्ने कुरा हल्ला रहेको हुदा दुक्क भएर बस्न समेत आग्रह गर्नु नेपाल रास्ट्र बैंकको नीति भन्दा बाहिर रहेर संस्थाले काम गर्न नसक्ने समेत दाबी गर्नु भयो।
कार्यक्रममा केन्द्र १९ का सदस्यहरुले संस्थागत गित गाउनु भएका थिए, स्वागत मन्तब्य संस्थाका सहायक सुनिता तामाङ्गले गर्नुभयो साथै कार्यक्रम संचालन लुम्बिनी प्रदेश कार्यालयको कार्यक्रम अधिकृत दिपा ज्ञवालीको गर्नुभएको थियो।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर