सैनामैनाका ४० बढी जेष्ठ नागरिक सम्मानित, उपहारस्वरूप च्यवनप्रास बितरण
रूपन्देहीको सैनामैनाका सामाजिक अभियान्ता डाेलराज भण्डारीकाे सहयोगमा सैनामैनाका जेष्ठ नागरिकहरूलाई सम्मान गर्नुका साथै पाैष्टिक आहार बितरण गरिएको छ ।

बिहीबार एक कार्यक्रमकाबीच सैनामैना नगरपालिका वडा नं ९ का ४४ जना जेष्ठ नागरिकहरूलाई सम्मान गर्नुका साथै पाैष्टिक आहारकाे रूपमा च्यवनप्रास बितरण गरिएको हो ।
बैदेशीक राेजगारीका क्रममा बिदेशमा दु:ख पाएका नेपालीहरूकाे उद्वार गर्दै आएका पुर्व जनप्रतिनिधि समेत रहेका भण्डारीले आफ्नो वडाका जेष्ठ नागरिकहरूलाई सम्मान गर्दै उपहार स्वरूप च्यवनप्रास बितरण गरेका हुन् ।
सामाजिक सेवामा क्रियाशील अभियन्ताहरूकाे सहयोगमा बिगतमा बिभिन्न ठाउँमा अन्य खालका सहयोग गर्दै आएकोमा अहिले आफ्नै वडाका जेष्ठ नागरिकहरूलाई सम्मान गर्नुका साथै सम्झना स्वरूप च्यवनप्रास बितरण गरेको अभियान्ता भण्डारीले बताए ।
बैदेशीक राेजगारीका क्रममा बिदेशमा समस्यामा परेका १२० नेपालीहरूकाे उद्वार गर्न सफल भएको जानकारी गराउदै अभियान्ता भण्डारीले आफ्नै वडाका जेष्ठ नागरिकलाई सम्मान गर्न पाउदा सुखानुभुती भएको उल्लेख गरे ।
कार्यक्रममा सैनामैना नगरपालिका वडा नं ९ का वडा अध्यक्ष भानुभक्त पाण्डेले सामाजिक अभियान्ताकाे सहयोगमा जेष्ठ नागरिकहरूलाई सम्मान तथा च्ववनप्रास बितरण गर्न पाउदा खुसी लागेको भन्दै यसले अन्य समाजसेवीहरूलाई पनि यस्तै खाले सामाजिक कार्य गर्न प्रेरित गर्ने विश्वास ब्यक्त गरे ।
अभियान्ता भण्डारीकाे सभापतित्व र वडा अध्यक्ष पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जनचेतना माविका विद्यालय ब्धयवस्थापन समिति अध्यक्ष धर्मराज आत्रेय, आधारभूत स्वास्थ्य सेवा केन्द्र सैनामैना ९ का प्रमुख हरी ढकाल,अर्का अभियान्ता नेत्र लामिछानेलगायतले निस्वार्थ रूपमा समाजसेवा गर्नु आफैमा राम्रो कार्य भएको बताए ।
वडाका ८० बर्ष माथिका ५५ जना जेष्ठ नागरिकलाई सम्मान गर्ने योजना रहेपनि ४४ जना जेष्ठ नागरिक कार्यक्रममा सहभागी भएको र बाँकीलाई घरमै पुगेर सम्मान गर्ने अभियान्ता भण्डारीले बताए ।
साे अवसरमा ८० बर्षदेखि १०२ बर्षिय जेष्ठ नागरिक समेतको सहभागीता रहेको थियो ।



