विश्व बैंकका निर्देशक एवं लगानी बोर्डका पदाधिकारीको लुम्बिनी केबलकारको अवलोकन भ्रमण
पछिल्लो समय लुम्बिनी प्रदेशको पर्यटन प्रवर्धन विकाशमा महत्वपूर्ण भूमिका खेलिरहेको लुम्बिनी केबलकारमा स्वेदेशी एवं विदेशी अतिथिहरुको आउने क्रम बढिरहेको पाईएको छ । विश्व बैंकका लागि नेपालका निर्देशक डेविड सिस्ले, लगानी बोर्डका कार्यकारी प्रमुख सुशिल ज्ञवाली लगायतले आज लुम्बिनी केबलकारको अवलोकन भ्रमण एवं माँ कामाख्या मन्दिरको दर्शन गर्नुभएको लुम्बिनी केबलकारका लिमिटेडका म्यानेजर प्रज्वल घिमिरेले बताउनु भयो ।
विश्व बैंकको लगानीमा सञ्चालित विभिन्न आयोजनाहरुको अवलोकन भ्रमणको क्रममा आउनु भएका विश्व बैंकका लागि नेपालका निर्देशक डेविड सिस्ले, लगानी बोर्डका कार्यकारी प्रमुख इ. सुशिल ज्ञवाली, अमेरिकाका लागि पूर्व नेपाली राजदुत अर्जुन कार्की, अर्थमन्त्रि बिष्णु प्रसाद पौडेलका स्वकीय सचिब यम पाण्डे लगायत अतिथिहरुलाई लुम्बिनी केबलकार लिमिटेडका अपरेशन म्यानेजर दिल्ली नारायण कायस्थले स्वागत गर्नुका साथै एवं लुम्बिनी केबलकारको बारेमा जानकारी गराउनु भएको थियो ।

विकाशका पुर्वाधार निर्माण गरी निजी क्षेत्रबाट सञ्चालित लुम्बिनी केबलकार लिमिटेड लुम्बिनी प्रदेशको बृहत परियोजनाको रुपमा रहेको र पर्यटन प्रर्वधन विकाशमा लुम्बिनी केबलकारले खेलिरहेको भूमिकाको बारेमा अवगत गराउने उद्देश्य सहित लुम्बिनी केबलकारको अवलोकन भ्रमणको व्यवस्था गरिएको अर्थमन्त्रिका स्वकीय सचिब यम पाण्डेले जानकारी गराउनु् भयो ।


लुम्बिनी केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकारको हो । युरोपेली प्रविधि अन्र्तगत अष्ट्रियाको विश्वविख्यात डोजलमायर कम्पनीबाट निर्मित यस केबलकारलाई प्रविधिमा अव्बल मानिन्छ । लुम्बिनी केबलकार कम्पनीबाट दैनिक ६ हजार भन्दा बढी यात्रुहरु दुईतर्फि यात्रा गर्न सक्दछन् भने केबलकार बिद्युतिय माध्यमबाट सञ्चालन हुने भएकोले वातावरण मैत्री एवं धुलो, धुवाँ र ध्वनी प्रदुषण रहित भएको लुम्बिनी केबलकार लिमिटेडले जनाएको छ ।



