सियारीमा सहकारीहरुका लागि COPOMIS तालिम सुरु
सियारी गाउँपालिकामा तीन दिने तालिम सुरु
रबि राना बुटवल
रुपन्देही, सियारी – सियारी गाउँपालिका, हर्नैया रुपन्देहीमा सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (COPOMIS) सम्बन्धी तीन दिने तालिम सुरु भएको छ। बैशाख ८ गते देखि १० गतेसम्म सञ्चालन हुने तालिमको उद्घाटन सियारी गाउँपालिकाको सभा हलमा भएको हो। सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेको अध्यक्षतामा सम्पन्न भएको समुद्घाटन कार्यक्रममा अतिथिका रुपमा गाउँपालिका उपाध्यक्ष तारा चौधरी, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत असर के.सी., सियारी सहकारी सञ्जालका अध्यक्ष सूर्यनारायण यादव तथा सहकारी तथा व्यवस्थापन सूचना प्रणाली कोपिमिसका प्रशिक्षक योगमणि पाण्डे को आतिथ्यता रहेकी थियो।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत जि.सी. ले सहकारी संस्था सशक्तिकरण र पारदर्शी सूचना व्यवस्थापन प्रणालीको महत्वबारे प्रकाश पारेका थिय।
उपाध्यक्ष तारा चौधरीले सहकारी संस्थाहरुले गरिबी निवारणमा खेलेको भूमिकाको प्रशंसा गर्दै तालिमबाट प्राप्त ज्ञान व्यवहारमा लागू गर्न आग्रह गरिन्।
प्रशिक्षक योगमणि पाण्डेले तीन दिनसम्म सहकारी व्यवस्थापन, सूचना प्रणालीको प्रयोग, डेटा संकलन, विश्लेषण र प्रतिवेदन निर्माणका विषयमा प्रशिक्षण दिने जानकारी गराए।
पालिका अध्यक्ष घिमिरेले सहकारीमा देखिएका विकृति र विसंगतिका कारण मानिसमा सहकारीको विश्वास हट्दै गएको बताउँदै यस्ता खाले तालिमले सहकारि लाई पारदर्शी र विश्वसनीय बनाउँदै लिएर जाने कुरामा आफू विश्वस्त रहेको बताएका थिए।
सियारी गाउँपालिका भरिका विभिन्न सहकारी संस्थाका पदाधिकारी तथा व्यवस्थापकहरूको सक्रिय सहभागिता रहेको कार्यक्रम संचालन पालिकाका सहकारी प्रमुख लक्ष्मी छेत्रीले गर्नु भएको थियो।



