spot_img

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमटेड शाखा कार्यालय बुटवल द्वारा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमटेड शाखा कार्यालय बुटवल द्वारा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा न ३ एभि न्यु होटेलमा आरभ चौतारी लघुवित वित्तीय सस्था लिमिटेड बुटवल शाखा कार्यालयको आयोजनामा एक दिने सदस्यहरुलाई साक्षरता कार्यक्रम बुटवलमा सम्मपन्न भएको छ।

आरभ चौतारी लघुवित्त वितीय सस्था लिमिटेड बुटवल शाखा कार्यालयका स्टेसन म्यानेजर सन्तोष कुमार चन्दको अध्यक्षता र बुटवल उपमहानगरपालिकाका उप -प्रमुख सावित्रा देवि अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो।
साक्षरता कार्यक्रममा बोल्दै प्रमुख अतिथि अर्यालले
सस्थाबाट ऋण लगेर जुन प्रयोजनको लागि लगियको हो सोहि प्रयोजनमा लगानि गरि उत्पादन सिल क्षेत्रमा मेहनतका साथ उद्धमी बनेर स्वाबलम्भि बन्न सुझाव दिदै संस्थाले गरेका महत्त्वपूर्ण काम शाखा कार्यलय बुटवल देउरालीबाट डस्टबिन वितरण कार्यक्रम , शाखा कार्यालय शक्ति खोर बाट रक्तदान कार्यक्रम, शाखा कार्यालय हेकुलिबाट बिमा रकम हस्तान्तरण ,शाखा कार्यालय बाट सुलिचौरबाट व्यावसायिक पशुपालन तालिम शाखा कार्यलय ढोरफेरी बाट झोल सरफ बनाउने तालीम शाखा कार्यालय शिवपुर बाट वित्तीय साक्षरता कार्यक्रम गरेकोमा धन्यवाद दिदै बुटवल उपमहानगरपालिका ले आरम्भ चौतारी संग समन्वय र सहकार्य गरेर काम गर्ने बताउनु भयो।

अहिले को अबस्थामा प्रतिस्पर्धाको भएकोले आफु आफैमा आत्म निर्भर, स्वरोजगार हुने र कसै संग पनि माग्न नपर्ने गरि उद्धमी बन्न सुझाव दिनु भयो।
नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजत पत्र प्राप्त राष्ट्रिय स्तरको लघुवित्त वित्तीय सस्थाले देश भरका विभिन्न ५७ जिल्लामा सेवा प्रदान गरिहरेको बुटवल शाखाले बताएको छ । यस संस्थाले विपन्न तथा पिछडीएको दुरदराजमा रहेका लक्षित वर्गलाइ वित्तीय पहुँच विस्तार गर्दै सातै प्रदेशमा सेवा प्रवाह गरिरहेको छ। यस संस्थाले १४० वटा शाखा कार्यालय मार्फत सेवा प्रवाह गरिरहेको र १,०३,००० महिला तथा पुरुष सदस्यहरुलाइ कर्जा तथा बचत सेवा प्रदान गरिरहेको सन्तोष कुमार चन्दले जानकारि दिनु भयो।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष लोकनाथ न्यौपाने वडा नम्बर ३ का वडा अध्यक्ष विष्णु ढकाल भद्रकाली बहुउद्देश्यीय सहकारि सस्थाका सदस्य देवि कुमार श्रेष्ठ लगातले मन्तव्य आरम्भ चौतारीले सामाजिक क्षेत्रमा राम्रो काम गरेकोमा धन्यवाद दिदै आफुहरुले आवश्यक परेको बेला सहयोग गर्ने बताउनु भयो।
आरम्भ चौतारी लघुवितित्त सस्था लिमिटेडले साधारण कर्जा, व्यबसायिक कर्जा, मौसमी कर्जा, उर्जा कर्जा, कृषि कर्जा, उपभोग कर्जा, आकस्मिक कर्जा, लगाएतका कर्जा मा १४.७२ बार्षिक ब्याज दरमा रिण उपलब्ध गराउदै आएको छ।
सस्थाले दलित, हलिया, वादी, मुक्तकमैया, द्वन्द्वपिडित, एकल महिला, अपाङ तथा ज्येष्ठ नागरिकहरुलाई कर्जामा लिने व्याजदरमा १ प्रतिशत छूट दिदै आएको छ।
नेपालका दुर्गम ग्रामिण क्षेत्रमा रहेका पिछडिएका वर्गलाई अवसर प्रदान गरी आय-आर्जन बढाई आत्मनिर्भर बनाउने सस्थाको मुख्य उद्देश्य रहेको छ । कार्यक्रममा १ देखि १२२ केन्द्र समुहको सहभागिता रहेको थियो।
सदस्यता अभिवृद्धि र आधुनिक वित्तीय संयन्त्रद्वारा वित्तीय सक्षमता हासिल गर्दै
संस्थागत कुशल व्यवस्थापन र कर्मचारीको उच्च मनोबल कायम राख्दै
वित्तीय साक्षरता समाजिक सचेतना अभिबृद्धि, कर्जा सदुपयोगिता, भुक्तानी र नियमित बचतको माध्यमबाट महिलाहरुको “आत्मसम्मान” कायम गरी सहजै जिविकोपार्जनका लागि सहजीकरण गरेको छ

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको स्थापनाकाल देखिनै पुर्याउँदै आएको वित्तीय सेवा गरिबी निवाकरणको लागि महत्वपुर्ण साधन भएको प्रमाणित भई सेकेको र समाजको महत्वपुर्ण विकासको लागि थप सेवा विस्तारमा स्वास्थ्य, शिक्षा, जनचेतना, सीप तथा उद्यम विकास जस्ता कार्यक्रम पनि सञ्चालन भएको छिटो प्रगति हासिल गर्ने हुँदा यस्ता निम्नलिखित गैरवित्तीय कार्यक्रमहरुसँगसँगै वित्तीय कार्यक्रमहरु सञ्चालन गरिरहेको छ।
नेपालका दुर्गम ग्रामिण क्षेत्रमा रहेका पिछडिएका वर्गलाई स्वरोजगारका अवसर प्रदान गरी आय-आर्जन बढाई आत्मनिर्भर बनाउन र सक्षम समाज निर्माण गर्नु संस्थाको उद्देश्य संगै यसका लागि दुर्गम बस्तीका गरीब तथा निमुखा वर्गलाई दिगो वित्तीय सेवा उपलब्ध गराउनु र समाजमा चेतना अभिवृद्धि गर्नु संस्थाको अभियानमा संस्था रहेको छ

कार्यक्रमको स्वागत मन्तव्य बुटवल शाखाका कर्मचारी भुना पौडेल र सन्चालन बुटवल शाखाका प्रबन्धक पवि पान्डेय ले गर्नु भएको थियो।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर