spot_img

आजदेखि बुटवलमा सडक खाना महोत्सव शुरु हुँदै

आजदेखि बुटवलमा सडक खाना महोत्सव शुरु हुँदै
“लुम्बिनी केबलकारको खानाको स्टलबाट टिकटमा २० प्रतिशत छुट हुने ”
बुटवल पौष –१५
होटेल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा बुटवलमा सडक खाना महोत्सव आजदेखि शुरु हुदैछ । बुटवलको कालिका सडक खण्ड अन्तरगत इट्टाभट्टी चोक देखि तिनकुने चोक सम्मको सडकमा “नेपाली मौलिक कला संस्कृति, स्वाद र पहिचानको सम्मान, आन्तरिक पर्यटन प्रवद्र्धन विकाश र रोजगारी सृजना हाम्रो अभियान सडकमा खाऔं, सडकमा नाचौं, सडकमा रमाऔ” भन्ने मूल नाराका साथ सडक महोत्सव ०८२ सञ्चालन हुन लागेको होटेल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष माधबकुमार खनालले बताउनु भयो ।

केबलकारबाट देखिने बुटवलको दृश्य

सडक खाना महोत्सवमा ७० भन्दा बढी खानाका स्टलहरु रहने छन् । नेपाली मौलिक खानाका परिकारहरुको साथसाथै आधुनिक खानाका परिकारहरु पनि स्टलबाट प्राप्त हुने आयोजक संस्थाले जनाएको छ ।
सडक खाना महोत्सवमा लुम्बिनी क्षेत्रको पर्यटन प्रर्वधन र विकाशमा उल्लेख्य भुमिका खेलिरहेको लुम्बिनी केबलकार लिमिटेड अन्तरगत केबलकारको टप स्टेशनमा रहेका रेष्टुरेन्टको पनि सहभागिता रहने छ । पर्यटन, प्रर्वधन विकाशको लागि पर्यटन व्यवशाय संग सम्बन्धित संघ संस्थाहरुसंग सहकार्य गर्ने लुम्बिनी केबलकार लिमिटेडको उद्देश्य रहेकोले खाना महोत्सवमा लुम्बिनी केबलकारको पनि सहभागिता रहेको लुम्बिनी केबलकारका अपरेशन म्यानेजर डिएन कायस्थले बताउनु भयो ।
होटेल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष माधबकुमार खनालले लुम्बिनी केबलकार यस क्षेत्रको पर्यटन विकाशको क्षेत्रमा एक ड्रिम प्रोजेक्टको रुपमा रहेका र केबलकारले बुटवल रुपन्देहीको मात्र नभई समग्र लुम्बिनी प्रदेशको पर्यटन विकाशमा महत्वपूर्ण भुमिका खेलिरहेकोले सडक खाना महोत्सवमा लुम्बिनी केबलकार लिमिटेडलाई आमन्त्रित गरी सहभागिता गराईएको बताउनु भयो ।

केबलकारको यात्रा गर्दै यात्रुहरु

लुम्बिनी केबलकारको हरेक खानाको आईटम संगै केबलकारको यात्रा टिकटमा २० प्रतिशत छुट हुने
सडक खाना महोत्सवमा लुम्बिनी केबलकार लिमिटेडले स्टल नं.४३ बाट खानाका विभिन्न परिकारहरुको साथसाथै केबलकार सेवाका बारेमा सूचना एवं जानकारी प्रदान गर्ने लुम्बिनी केबलकार लिमिटेडका म्यानेजर प्रज्वल घिमिरेले बताउनु भयो । सडक खाना महोत्सव अवधिभर लुम्बिनी केबलकार लिमिटेडको स्टल नं. ४३ बाट कुनै पनि खानाको परिकार खरिद गरेको बिल पेश गरेमा लुम्बिनी केबलकारको टिकटमा २० प्रतिशत छुट हुने र यो छुट योजना स्किम एक महिनासम्म कायम रहने (यही आउने माघ महिनाको १७ गते सम्म) म्यानेजर घिमिरेले बताउनु भयो ।
होटेल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीमा हाल १३ संय भन्दा बढी व्यवशायीहरु आवद्ध रहेका छन् भने विगत केही वर्षहरुदेखि हरेक वर्ष खाना महोत्सव हुदै आईरहेको छ । आजदेखि पौष १७ गते सम्म सञ्चालन हुने खाना महोत्सवमा झण्डै २ लाखको सहभागिता हुने र करिब डेढ करोड भन्दा बढीको कारोवार हुने आयोजक संस्थाले जनाएको छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर