राजनीतिक संस्कार नभएकालाई भोट दिँदा मुलुक संकटमा पर्छ : गृहमन्त्री अर्याल
– महेश घिमिरे
काठमाडौँ । गृहमन्त्री ओम प्रकाश अर्यालले राजनीतिक संस्कार, नैतिकता र जिम्मेवारीबोध नभएका व्यक्तिलाई मत दिँदा देश थप संकटतर्फ धकेलिन सक्ने बताएका छन्। उनले लोकतन्त्र केवल मत हाल्ने प्रक्रियामात्र नभई सही नेतृत्व छनोट गर्ने जिम्मेवारी पनि भएको उल्लेख गरे।
एक अन्तर्वार्तामा मन्त्री अर्यालले भने, “राजनीति सेवा र समर्पणको क्षेत्र हो। राजनीतिक संस्कार नभएका, व्यक्तिगत स्वार्थमा केन्द्रित व्यक्तिलाई भोट दिँदा शासन प्रणाली कमजोर बन्छ र मुलुक अस्थिरतामा फस्न सक्छ।”

उनले मतदातालाई सचेत, विवेकी र तथ्यमा आधारित निर्णय गर्न आग्रह गर्दै विकास, सुशासन र विधिको शासनलाई प्राथमिकतामा राख्ने नेतृत्व चयन गर्नुपर्ने बताए। साथै उनले राजनीतिक दलहरूलाई पनि आन्तरिक अनुशासन, पारदर्शिता र उत्तरदायित्व मजबुत बनाउन सुझाव दिए।
गृहमन्त्री अर्यालको भनाइलाई चुनावी सन्दर्भमा अर्थपूर्ण रूपमा हेरिएको छ। आगामी निर्वाचन नजिकिँदै गर्दा उनको यो अभिव्यक्ति राजनीतिक वृत्तमा चर्चा र बहसको विषय बनेको छ।



