spot_img

रुपन्देही–५ मा रास्वपाको फराकिलो अग्रता, तौफिक अहमद खान १८९३ मतसहित अघि दोस्रोमा नेकपा एमाले भट्टराई

रुपन्देही–५ मा रास्वपाको फराकिलो अग्रता, तौफिक अहमद खान १८९३ मतसहित अघि
रुपन्देही क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तौफिक अहमद खानले प्रारम्भिक मतगणनामा फराकिलो अग्रता लिएका छन्।
कञ्चन गाउँपालिका स्थित प्रगति माध्यमिक विद्यालयमाको   मतगणना अनुसार हालसम्म ३,३०० मत गणना हुँदा रास्वपाका उम्मेदवार खानले १,८९३ मत प्राप्त गरेका छन्।
त्यसैगरी नेकपा एमालेका उम्मेदवार खिमलाल भट्टराईले ५७६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार शाहले ३८५ मत पाएका छन्।
प्रारम्भिक परिणामअनुसार रास्वपाका उम्मेदवार खानले अन्य प्रतिस्पर्धी उम्मेदवारभन्दा उल्लेख्य अग्रता कायम गरेका छन्।
मतगणना कञ्चन गाउँपालिका–स्थित प्रगति माध्यमिक विद्यालयमा जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ। थप मत परिणाम आउँदै जाँदा परिणाममा परिवर्तन हुन सक्ने भए पनि हालसम्मको परिणामले रास्वपाको पक्षमा स्पष्ट अग्रता देखिएको छ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर