spot_img

रुपन्देही–५ मा रास्वपाका तौफिक खान विजयी, एमालेका खिमलाल भट्टराईले खादा-माला लगाई सम्मान

रुपन्देही–५ मा रास्वपाका तौफिक खान विजयी, एमालेका खिमलाल भट्टराईले खादा-माला लगाई सम्मान
रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तौफिक अहमद खान ३८ हजार ८०६ मत प्राप्त गर्दै विजयी भएका छन्। उनले अन्य प्रतिस्पर्धी उम्मेदवारलाई पछि पार्दै उल्लेखनीय मतसहित जीत हासिल गरेका हुन्।
निर्वाचन परिणाम सार्वजनिक भएपछि नेकपा एमालेका उम्मेदवार खिमलाल भट्टराई स्वयं उपस्थित भई विजयी उम्मेदवार खानलाई खादा, माला तथा टीका लगाएर सम्मान गरेका छन्। भट्टराईले लोकतन्त्रमा जनताको मत नै सर्वोपरि हुने बताउँदै युवाले नेतृत्वमा पुग्नु सकारात्मक संकेत भएको प्रतिक्रिया दिएका छन्। उनले युवाको जितले रुपन्देहीको विकास र नयाँ सोचलाई अघि बढाउने विश्वास व्यक्त गरे।
विजयी उम्मेदवार तौफिक खानले पनि प्रतिद्वन्द्वी भए पनि भट्टराई जस्तो अनुभवी र असल नेता प्रतिस्पर्धीका रूपमा पाएकोमा आफूलाई गर्व लागेको बताए। उनले भट्टराईले दिएको सम्मानले आफूलाई अझ जिम्मेवार बन्न प्रेरणा दिएको उल्लेख गरे। साथै आगामी दिनमा रुपन्देही–५ को विकासका लागि सबै राजनीतिक दल र नेताहरूसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता जनाए।
खानले विशेषगरी एमालेका उम्मेदवार खिमलाल भट्टराईप्रति आभार व्यक्त गर्दै विकास र जनहितका काममा उहाँसँग समन्वय गरेर अघि बढ्ने बताए। कार्यक्रममा उपस्थित स्थानीयले पनि भट्टराईले उपविजेता भए पनि खेल भावना देखाउँदै विजयी उम्मेदवारलाई सम्मान गर्नु सकारात्मक राजनीतिक संस्कार भएको बताएका छन्।
मतदाताले दिएको जिम्मेवारीलाई इमानदारीपूर्वक पूरा गर्दै रुपन्देही–५ को समग्र विकास, सुशासन र जनताको अपेक्षा पूरा गर्न आफू प्रतिबद्ध रहने तौफिक खानले बताएका

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर