spot_img

बडिगाढ ताल घिमिरे वंशको एकता र परम्पराको प्रतीक : वैशाख १० गते कुल पूजा (देउली) आयोजना हुने

घिमिरे वंशको एकता र परम्पराको प्रतीक : वैशाख १० गते कुल पूजा (देउली) आयोजना हुने
मुल पुरुष कश्यप गोत्रीय श्रीकृष्णका सन्तति मानिने घिमिरे वंश नेपाली समाजमा आफ्नो धार्मिक परम्परा, संस्कार र एकताको लागि परिचित रहेको छ। घिमिरे समुदायले पुस्तौंदेखि कुलदेवताको पूजा गर्दै आफ्नो वंश, संस्कार र पहिचानलाई जोगाउँदै आएको छ। कुल पूजा (देउली) केवल धार्मिक कर्म मात्र नभई दाजुभाइबीचको आपसी सद्भाव, एकता र पुर्खाप्रति सम्मान प्रकट गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइन्छ।


यसै क्रममा पौदी क्षेत्र (साबिक ग्वालीचौर र पौदी अमराइ गाविस) मा बसोबास गर्ने घिमिरे दाजुभाइहरूको बैठक मिति २०८२ साल फागुन २४ गते मुल कुल घर ग्वालीचौर तालमा सम्पन्न भएको छ। उक्त बैठकले आगामी कुल पूजा (देउली) २०८३ साल वैशाख १० गते बिहीबारका दिन गर्ने सर्वसम्मत निर्णय गरेको छ।
घिमिरे वंशका सबै दाजुभाइ तथा परिवारजनलाई सोही निर्णयअनुसार समयमै तयारी गरी कुल पूजा सफल बनाउन हार्दिक अनुरोध गरिएको छ। यस्तो पूजाले पुर्खाप्रतिको आस्था बलियो बनाउनुका साथै भावी पुस्तालाई पनि आफ्नो संस्कार, परम्परा र इतिहासबारे सचेत गराउने विश्वास लिइएको छ।
यस कार्यक्रमलाई व्यवस्थित र भव्य बनाउन सबै घिमिरे परिवारको सक्रिय सहभागिता आवश्यक रहेको घिमिरे मुल कुल मन्दिर पूजा व्यवस्थापन समिति, बडिगाड–५ ताल, बाग्लुङले जनाएको छ।

Oplus_131072

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर