spot_img

सैनामैना र कञ्चन बिच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता : सैनामैनाको जित

सैनामैना र कञ्चन बिच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता : सैनामैनाको जित

सैनामैना क्रिकेट क्लबको आयोजनामा सैनामैना र कञ्चन गाउँपालिकाबीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ। ३५ वर्ष माथिका युवाहरुलाई पुनः खेलमा जोडीनका निमित्त सैनामैनामा पछिल्लो समय सक्रिय रहेको सैनामैना क्रिकेट क्लबको आयोजनामा क्रिकेट प्रतियोगिता आयोजना भएको हो । मैत्रीपूर्ण प्रतियोगितामा सैनामैना नगरपालिकाले जित निकालेको छ। टस जितेर ब्याटिङ रोजेको सैनामैनाले १६ ओभरको खेलमा कञ्चन गाउपालिकालाई १३४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको कन्चनले निर्धारित ओभरमा जम्मा १२२ रनमा सिमित बनेको हो ।
कोरोना कहर यता सुस्ताउन लागेको सैनामैना लगायत यस क्षेत्रको क्रिकेट खेललाई चलायमान बनाउनका निमित्त क्रिकेट प्रतियोगिता आयोजना गरिएको सैनामैना क्रिकेट क्लबका अध्यक्ष कृष्ण ज्ञवालीले बताउनुभयो।
खेलले दुई पालिकाका बीचमा मित्रतापूर्ण भावना अझ प्रगाड हुँदै जाने विश्वास लिएको अध्यक्ष कृष्ण ज्ञवालीले बताउनुभयो। मैत्रीपूर्ण एक दिने खेलमा सैनामैना र कञ्चनका एकएक टिमको सहभागिता रहेको थियो ।
खेल गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला सैनामैना -७ लम्टीयामा भएको हो । खेल सैनामैना क्रिकेट क्लवका अध्यक्ष कृष्ण ज्ञवालीको अध्यक्षता , सैनामैना ७ का वडा अध्यक्ष राजकुमार चौधरीको आतिथ्यता एवं सञ्चारकर्मी प्रदिप ज्ञवालीका सञ्चालनमा सम्पन्न भएको । पछिल्लाे समय कृष्ण ज्ञवालीकाे नेतृत्व आइसके पछि सैनामैना क्रिकेट चलायमान देखिएको छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर