spot_img

लायन्स क्लब अफ बुटवल सन्सारको छैटौं अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

लायन्स क्लब अफ बुटवल सन्सारको छैटौं अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

दिनेश घिमिरे बुटवल
Lions Club of Butwal Sansarको छैटौं अधिवेशनबाट लायन वर्ष २०२६/२७ का लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। अधिवेशनबाट अध्यक्ष पदमा लायन राजेश खत्री निर्वाचित हुनुभएको छ भने प्रथम उपाध्यक्षमा लायन पदम प्रसाद न्यौपाने, द्वितीय उपाध्यक्षमा लायन बिष्णु बस्ती र तृतीय उपाध्यक्षमा मित्र लायन उमेश श्रेष्ठ चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा लायन राजु घिमिरे, लायन कृष्ण बस्याल र लायन बिष्णु राना चयन हुनुभएको छ। सह-कोषाध्यक्षमा लायन गोबिन्द प्रसाद चापागाईं र जनसम्पर्क अधिकृत (PRO) मा लायन दीपक भुसाल चयन हुनुभएको छ।
कार्यक्रममा निवर्तमान अध्यक्ष लायन गोबिन्द पाण्डेले नेतृत्व परिवर्तन संस्थागत विकासको अपरिहार्य र निरन्तर प्रक्रिया भएको बताउनुभयो। उहाँले आफ्नो कार्यकालमा साथ, सहयोग र मार्गदर्शन गर्ने सम्पूर्ण सदस्यहरूप्रति आभार व्यक्त गर्दै संस्थालाई बलियो बनाउन सबैको भूमिका महत्त्वपूर्ण रहने उल्लेख गर्नुभयो। उहाँका अनुसार कुनै पनि संस्था व्यक्तिभन्दा ठूलो हुन्छ र यसको निरन्तरता नै सफलताको मुख्य आधार हो। उहाँले विगतमा सञ्चालन भएका सामाजिक, शैक्षिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमहरूले समुदायमा सकारात्मक प्रभाव पारेको स्मरण गर्दै आगामी दिनमा ती कार्यलाई अझ विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
पाण्डेले नयाँ कार्यसमिति सक्षम, ऊर्जावान र दूरदर्शी रहेको विश्वास व्यक्त गर्दै उहाँहरुबाट संस्थालाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा राख्नुभयो। उहाँले आफू सधैं संस्थाको हितमा रहने र आवश्यक परेका बेला अनुभव र सुझावमार्फत सहयोग गर्न तयार रहेको प्रतिबद्धता समेत जनाउनुभयो। साथै, उहाँले सबै सदस्यहरूलाई एकताबद्ध भई संस्थाको उद्देश्य प्राप्तिका लागि सक्रिय रहन आग्रह गर्नुभयो। उहाँको भनाइमा सहकार्य, पारदर्शिता र सेवाभाव नै लायन्स क्लबको मुख्य शक्ति हो, जसलाई जोगाउँदै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
त्यसैगरी नव-निर्वाचित अध्यक्ष राजेश खत्रीले आफूलाई विश्वास गरेर जिम्मेवारी दिएकोमा सम्पूर्ण सदस्यहरूप्रति आभार व्यक्त गर्नुभयो। उहाँले लायन्स क्लबको मर्म, मूल्य र नियमअनुसार पारदर्शी तथा प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता जनाउँदै अघिल्लो कार्यसमितिले अघि बढाएका अधुरा योजनाहरूलाई निरन्तरता दिने बताउनुभयो। साथै, शिक्षा र स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै समाजसेवाका कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउने योजना समेत सार्वजनिक गर्नुभयो।
लायन्स क्लब अफ बुटवल सन्सार बुटवल क्षेत्रमा एक उत्कृष्ट र सक्रिय सामाजिक संस्थाको रूपमा परिचित रहँदै आएको छ। यस संस्थाले विगतदेखि नै विभिन्न सामाजिक, शैक्षिक, स्वास्थ्य तथा मानवीय सेवाका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। विपन्न वर्गलाई सहयोग, रक्तदान कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण, विपद् व्यवस्थापनमा सहयोग लगायतका कार्यमार्फत संस्थाले समाजमा उल्लेखनीय योगदान पुर्‍याएको छ।
स्थानीय समुदायसँगको सहकार्यमा संस्थाले गरेका गतिविधिहरूले यसलाई बुटवल क्षेत्रकै एक विश्वसनीय र प्रभावशाली सामाजिक संस्था बनाएको छ। नयाँ नेतृत्व चयनसँगै आगामी दिनहरूमा अझ योजनाबद्ध, प्रभावकारी र दीर्घकालीन कार्यक्रमहरू सञ्चालन हुने अपेक्षा गरिएको छ। सामाजिक सेवामा समर्पित भावनाका साथ अघि बढ्दै आएको यस संस्थाले आगामी दिनमा अझ व्यापक रूपमा समाजसेवामा योगदान पुर्‍याउने विश्वास गरिएको छ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर