गुल्मीमा एकै परिवारका ५ जनाकाे पहिरोमा पुरिएर ज्यान गयाे
गुल्मी – गुल्मीमा एकै परिवारका पाँच जनाको पहिरोमा पुरिएर ज्यान गएको छ । पहिरोमा पुरिएकोमा सबैको शव भेटिएको छ ।

मालिका गाउँपालिका वडा नम्बर–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर पहिरोले पुर्दा ५६ का भेषबहादुरसहित उहाँकी श्रीमती ४७ वर्षीया सुन्तली विक, बुहारी ३० वर्षीया सिता विक, नातिनीहरु सात वर्षीया सपना विक र दुई वर्षीया विपना विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलले जानकारी दिनुभयो । यो समाचार उज्यालो अनलाइन काठमाडौ बाट लिएको ।



